भजन गायन प्रदर्शनी
- जेष्ठ १५, २०८३
सिंहदरबार गाउँ बस्तीमा
भन्दै फुक्दै हिँडे
कृषि भूमि, आवास क्षेत्र
घोषणा गरी छाडे ।
असारको रोपाइँमा किसानले
मल पाउन छाडे
कृषि क्षेत्र नहुँदा
दुःख पाउन थाले ।
मल, बीउ, सिँचाइको
जताततै अभाव
स्वाभिमानी जनता अब
विदेशीको भर ।
कृषिप्रधान देश नेपाल
नाउँमात्रको भयो
लोभीपापी नेताहरूको
बुद्धि कस्तो भयो !
Leave a Reply