भजन गायन प्रदर्शनी
- जेष्ठ १५, २०८३
किन होला विकासले
पनि असार कुरेको,
हिउँदभरि खै के पो हुन्छ
निकास रोकेको !
आकाशमा कालो बादल
देखि बाटो है खनिन्छ ।
भेलको बिचमा सडक
भरि पिच पनि भरिन्छ ।
असार पन्ध्र किसानलाई
हैन ठेकेदारलाई लाग्दछ
बचेको बजेट सकाउनलाई
जता नि खनिन्छ ।
बाटाका खाल्डा खुल्डीले
हेर मानिसलाई गिज्याउँछ ।
परेका पानी जमेर हेर
धनजन क्षति है गराउँछ ।
असारको समय हिलो र धुलो
हिड्नलाई गा¥हो भो
स्कूल जाने केटाकेटी सबैलाई
असर पार्ने भो ।
हिँड्दा हिँड्दै सडकमा
हेर एक्कासि भ्वाङ पनि पर्दछ
सवारी साधन चुटकीकै
भरमा गायब बन्छन् ।
स्थानीयहरू सडकको बिजोग
देखेर दिक्क छन्
हातमा धानको बीउ
बोकी बाटोमै रोप्दैछन् ।
आरूना वरपरका साना
खाडल पुर्ने गराँै ।
सरकारको काममा स्थानीयहरूले
चासो दिने सधैँ गरौँ
किन होला विकासले
पनि असार कुरेको,
हिउँदभरि खै के पो हुन्छ
निकास रोकेको ?
Leave a Reply