एउटा मौकाको खोजीमा
- जेष्ठ ८, २०८३
कहिले कता कहिले कता
वनमाराले वनै खाए
खानेपानीको मूल सबै
सुकाइ विजोग पारे ।
जताततै चलखेल छन्
भू–माफियाहरूको खेल
सार्वजनिक जग्गा देख्नै हुँदैन
उतै आँखा लाउँछन् ।
वन क्षेत्र, सम्पदा क्षेत्र
पानीका मूलहरू
कति पनि परवाह छैन
तिनै पापीहरूलाई ।
अपराधीहरू भने यहाँ
छाती फर्काइ हिँड्छन्
सत्य बोल्नेहरू
सधैँ मारमा पर्छन् ।
वन–जङ्गल, सम्पदा क्षेत्र
पानीका मूलहरू
संरक्षण गर्ने निकाय
के हेर्दै बसे होलान् ।
देशको ऐन, कानुन
देखाउने दाँत होइन
अपराधीहरूलाई अब
ल्याउनुप¥यो ठाउँमा ।
Leave a Reply