भर्खरै :

शिक्षासेवी शोभा प्रधानको स्मृतिमा

  • असार १३, २०८२
  • न्हुछेरत्न वुद्धाचार्य
  • साहित्य
शिक्षासेवी शोभा प्रधानको स्मृतिमा

प्राचीन ऐतिहासिक नगर भक्तपुरका
एक चेतनशील शिक्षिका
अपार महिमाले भरिपूर्ण योगदान दिने
कर्तव्यनिष्ठ र मिलनसार व्यक्तित्वका ¤

जीवनको हरेक मोडमा रतिभर नथाकी
ज्ञानको ज्योति छर्न जीवन अर्पण गर्ने
नारी जागरणको लागि निरन्तर पाइला चाल्ने
प्रतिभाशाली, स्वाभिमानी, शिक्षासेवी, शोभा प्रधान ।

तिमीले दिएको ज्ञानको सुवास फैलिरहेछ
फूलबारीरूपी जनजनको बस्तीमा
तिम्रो शिक्षा सेवा तिम्रो समाज सेवा
मातृभूमिको लागि दियो बनेको छ ।

तिम्रो लगनशीलता तिम्रो इमानदारी
नवयुग आह्वानको प्रगति सूचक हो
जीवनभर ज्ञानको प्रज्ञा प्रज्ज्वलन
निःस्वार्थ सामाजिक सेवाको लागि

तिम्रो न्यायपूर्ण आवाजका शब्दहरू
जनमानसमा सधैँ सम्झिरहने छन्
तिम्रा हरेक जनसेवाका कार्यकलापहरू
अमर दीप भएर चम्किरहने छन्

तिम्रो महान् सेवा हामी सम्झिरहेका छौँ
जनमानसले तिम्रो गुणगान सधैँ गरिरहने छ
जगतलाई सुन्दर शान्त पार्ने तिम्रो पथमा
भविष्य कर्णधारहरू अघि बढिरहने छन् ।
(शिक्षासेवी शोभा प्रधानको तेस्रो वार्षिक पुण्यतिथिमा रचित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *