भर्खरै :

बाँझो खेत खनेर हेर

बाँझो खेत खनेर हेर
सम बनाए,
पानीको आसमा किसानले
हेर घाँसपात उखेले ।

आकाशको कालो बादलदेखि
किसान दङ्ग छन्
यसपालि त रोपाइँ
छिटै सकिन्छ भन्दै छन् ।

समयमै पानी परेको
वर्ष उत्पादन बढ्छ
सबैको पेट भर्नु छ
भनी सपना बुन्दछ ।

छुपुमा छुपु रोपेर धान
असारे भाकामा
फर्सीका पातमा असारको
खाजा आनन्द मनमा ।

माना रोपी मुरी
फलाउने यही हो बेला
साँझसम्म पनि रोपिन्छ
धानबिना कुनै थकान ।
असारको हिलो यता र उता
दादेले मिलाउँदै
रोपारहरू हातमा बीउ
मिलाउँदै समाउँदै ।

दही र चिउरा
असार १५ निकै नै रमाइलो
आलीका डिलमा बसेर
खादा मन हुन्छ फुरुङ ।

परम्परा हाम्रा निकै नै हेर
वैज्ञानिक तथ्य छन्
पौष्टिकताले भरिपूर्ण दही
चिउरा खानु पर्दछ भन्दछन् ।

बिदेसिने सपना हेर
कहिले नि नबुनाँै
यहीको माटो
मलिलो पारी आत्मनिर्भर बनौँ ।

बाँझो खेत खनेर हेर
सम बनाए,
पानीको आसमा किसानले
हेर घाँसपात उखेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *