एउटा मौकाको खोजीमा
- जेष्ठ ८, २०८३
साँझ खाजा सकाएर बुबा सञ्जय कोठामा पत्रिका पढ्दै थिए । त्यतिकैमा स्कूलको पढाइ सकाएर घर फर्केका ६ कक्षामा पढ्ने छोरा सिम्रिक दौडेर बुबा सञ्जय कहाँ आए । विद्यालय पोसाक र पुस्तक बोकेको झोला नै नबिसाइकन पत्रिका पढ्दै गरेका बुबासँग पछाडिबाट दुबै हातले छेक्दै सोधे, “बुबा ! बुबा !! आज कक्षामा गङ्गा मिसले भन्नुभएको कुरा सुन्दा त म भोलि नै बन्दुक बोकेर अमेरिका र इजरायल भन्ने देशको विरुद्ध लड्न जाउँ जाउँ जस्तो लाग्यो । कति अत्याचार ¤ कति अन्याय ! उनीहरू भनेका चील, बाजजस्ता साम्राज्यवादी र फासीवादी हुन् रे ! हो बुबा ?
छोराको जिज्ञासा मेटाउँदै बुबा सञ्जयले छोरा सिम्रिकलाई भने, ‘हो छोरा । तिम्रो गङगा मिसले भन्नुभएको कुरा सो¥है आना ठीक हो । साम्राज्यवादी देशले हैकम मात्र फैलाउँदैन, विकास, सहयोग, प्रजातन्त्र, स्वतन्त्रता आदिको नाममा कमजोर देशहरूको प्राकृतिक सम्पदा लुट्ने, त्यसो गर्न नदिएमा आक्रमण गरी नेताको हत्या गर्ने गर्छ । अमेरिकाले इराक, लिविया, चिल्ली, सिरिया, पनामा, कैयौँ अफिकी देशमाथि आक्रमण गरिसकेको छ । उसले आज इरानमा आक्रमण गर्दै छ । इजरायल भन्ने देशले ५५ हजारभन्दा बढी प्यालेस्टिनी जनताको बम हानेर जातीय नरसंहार गरिसकेको छ । तिमीजस्ता बीसौँ हजारभन्दा बढी प्यालेस्टिनी बालबालिकाको समेत मिसाइल आक्रमण गरेर हत्या गरिसकेको छ । उनीहरूले विश्वका जनताको आवाज सुनेका छैनन् । इजरायल भन्ने देश फासीवादी देश हो । आज विश्वका प्रमुख सहरहरूमा ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद !
इजरायली फासीवाद मुर्दावाद ! प्यालेस्टिनी जनताको जातीय नरसंहार तुरुन्त बन्द गर भन्दै विरोध जुलुसहरू भइरहेका छन् । यहाँ पनि यसको विरोधमा नेपाल मजदुर किसान पार्टीले तिमीजस्ता विद्यार्थी भाइबहिनीहरूले भक्तपुरको टौमढीमा ठुलो विरोध जुलुस र सभा गरेको छ छोरा ।
म पनि भोलिदेखि ती पीडित प्यालेस्टिनी बालबालिका अनि देशको पक्षमा अमेरिकी साम्राज्यवाद र इजरायली फासीवादको विरोधमा कार्यक्रममा जान्छुु है बुबा भन्दै छोरा सिम्रिक खाजा खान कोठातिर गए ।
Leave a Reply