ऐना
- असार २६, २०८३
क्लारा जेटकिनको जन्मजयन्ती, मनाउँदै छौँ हामी ।
क्रान्तिलाई अघि बढाई, उनकै विचार मानी ।।
अन्तर्राष्ट्रिय श्रमिक महिला, क्लारा र जेनी ।
समाजवादलाई अघि बढाऔँ, सबै होऔँ ज्ञानी ।।
पुँजीवादी व्यवस्थाले, विश्वमा फेल खायो ।
सर्वहारा गरिब जनले, धेरै दुःख पायो ।।
जनताले मुक्ति पाउन, समाजवाद चाहिनेछ ।
जनता सचेत नभइकन, सुख कहाँ पाइनेछ ?
साम्राज्यवाद, विस्तारवादले देश हाम्रो खाइदियो ।
उही विदेशी दलाल गुलाम, सरकारमा आइदियो ।।
अमेरिका–इरानको फेला, बल्ल अहिले परी ।
तेरो कल्याण हुन्न अब, पछाडि नसरी ।।
विश्वलाई आतङ्कित बनाई, साधन स्रोत लगी ।
कहाँ टिक्ला ट्रम्पको सत्ता, सारा विश्व ठगी ।।
Leave a Reply