भर्खरै :

समाजवादी महिला नेतृ क्लारा जेटकिनको १६८ औँ जन्म जयन्ती मनाइयो

समाजवादी महिला नेतृ क्लारा जेटकिनको १६८ औँ जन्म जयन्ती मनाइयो

भक्तपुर, १६ असार । भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा सोमबार समाजवादी महिला नेतृ क्लारा जेटकिनको १६८ औँ जन्म जयन्तीको अवसरमा प्रवचन कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साम्राज्यवादविरोधी आन्दोलनका अगुवा र समाजवादी महिला नेतृ क्लारा जेटकिन महिला मुक्तिका निम्ति महिलाहरूलाई सङ्गठित गर्ने व्यक्तित्व भएको बताउनुभयो ।
पुँजीवादको ध्वंसबिना समाजवादको उदय सम्भव छैन भनी जनतालाई राजनैतिकरूपमा सचेत पार्दै अघि बढेका क्रान्तिकारी नेतृ क्लारा जेटकिनले महिलाहरूलाई दोस्रो दर्जाको रूपमा हेरिने त्यो समाजमा समानताको आवाज उठाउने कार्य गरेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले विदेश पलायनले देशको श्रमशक्ति बाहिरिने गरेको र देशको कृषि भूमि बाँझो भएको उल्लेख गर्दै सरकारमा बसेका नेताहरूले राम्रोसँग काम नगर्दा जनताले दुःख पाएको बताउनुभयो ।
देशको नेतृत्व राम्रो भए मात्र सबै क्षेत्र राम्रो हुने बताउँदै उहाँले साथ र सङ्गत राम्रो भए आफ्नो जीवन सफल हुने, खराब र नकारात्मक सोच भएकाहरूको सङ्गतले आफूमा पनि त्यो प्रभाव पर्ने हुँदा सचेत हुनुपर्ने बताउनुभयो ।
धोका र विश्वासघात गर्ने मानिसहरूदेखि सधैँ टाढा बस्नु नै फेरि धोका पाउनबाट सुरक्षित हुने उपाय भएको उहाँले प्रस्ट पार्नुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले महिलाहरू राजनैतिक तथा सामाजिकरूपमा सक्रिय हुन सके देश र समाजमा त्यसबाट सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
कार्यक्रममा स्थानीय कृष्णबहादुर दुगुजु, भक्तपुर नपा वडा नं. १ का वडा सदस्य कल्पना शिल्पकारलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *