शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
भक्तपुर, २० असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सरस्वती विद्यागृहमा एसईई २०८१ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम शुक्रबार एक कार्यक्रमबिच सम्पन्न भयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई बधाई र मायाको चिनो वितरण गर्नुभएको थियो ।
कार्यक्रममा उहाँले शिक्षकहरूको मेहनत र स्वयम्सेवी भावनाले विद्यालयको प्रगति र विकासमा सघाउ पु¥याउने बताउँदै सरस्वती विद्यागृहलाई प्रतिष्ठित विद्यालयको रूपमा स्थापित गर्न नेतृत्वमा बस्नेहरू क्रियाशील हुन जरुरी रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपामा यस वर्षको एसईईमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको र यसलाई शत प्रतिशत बनाउन घच्घच्याइरहेको बताउँदै सामुदायिक विद्यालयप्रति अभिभावक र स्थानीय जनताको विश्वास कायम गर्ने ढङ्गले शिक्षकहरूले मेहनत गर्नुपर्ने बताउनुभयो ।
राज्यको धेरै लगानी भएको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई राम्रो बनाउने प्रयास गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरूलाई व्यवहारिक र नैतिक शिक्षा प्रदान गर्नेतर्फ विद्यालयले जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले गरिब तथा जेहेनदार विद्यार्थीहरूको लागि छात्रवृत्ति र शैक्षिक ऋणजस्ता विद्यार्थीकेन्द्रित कार्यक्रम अगाडि सारेको बताउँदै उहाँले सामुदायिक र निजी विद्यालयबिच शैक्षिक भेद अन्त्य गर्ने किसिमले शिक्षा क्षेत्रलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।
सबै क्षेत्रमा कानुन विषयको महत्वमाथि प्रकाश पार्दै उहाँले भक्तपुर नपाले भक्तपुरमै शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान, कानुन, नर्सिङ, इन्जिनियरियरिङलगायतका विषय अध्ययन अध्यापन गराउने शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
संस्थाको दिगो विकासका लागि व्यवस्थापक, शिक्षक र विद्यार्थी, अभिभावकहरूको संयुक्त पहल र समन्वय आवश्यक भएको उहाँले सोही क्रममा बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सरस्वती विद्यागृहको प्रगतिमा शिक्षक शिक्षिकाहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यलाई बलियो बनाउन सामुदायिक विद्यालयहरूको शैक्षिक स्तरोन्नतिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विद्यालयमा हाल ४९४ जना विद्यार्थी अध्ययनरत रहेको बताउँदै यो सङ्ख्यालाई अझ बढाउन सबैको मेहनत आवश्यक भएको बताउँदै संस्था सञ्चालनको लागि शिक्षक, व्यवस्थापक, विद्यार्थी, अभिभावक र स्थानीय जनताको बराबर भूमिका रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक गनुराज राईले विद्यालयको एसईई नतिजा सन्तोषजनक रहेको बताउँदै विद्यार्थीहरूले परीक्षामा जीपीए धेरै ल्याएरमात्र सफल हुने होइन, व्यवहारिक जीवनमा सफल हुन जरुरी रहेको बताउनुभयो ।
सामुदायिक विद्यालय समन्वय समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षा, मानविकी, व्यवस्थापनजस्ता विषयको महत्वबारे विद्यार्थीहरूलाई मार्गनिर्देश गर्न जरुरी रहेको बताउँदै सबै विषयहरूको आ–आफ्नो महत्व छ भन्नुभयो ।
कमजोर विद्यालयहरूलाई गाभ्ने सरकारको नीति खोटपूर्ण रहेको बताउँदै उहाँले विद्यार्थीहरूले आज गरेको मेहनतले भोलिको भविष्य उज्यालो हुने बताउनुभयो ।
सरस्वती विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष माधवनारायण कोण्डाले एसईईमा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु गौरवको विषय भएको बताउँदै एसईई उत्तीर्ण विद्यार्थीलाई अब के विषय, कहाँ अध्ययन गर्ने भन्नेबारे परामर्श गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तपेन्द्र बुढाले विद्यालयले विद्यार्थीको उद्देश्य पूरा गर्न यहाँका अनुभवी शिक्षकहरूको धेरै ठुलो योगदान पु¥याएको स्मरण गर्नुभयो ।
कार्यक्रममा सरस्वती विद्यागृह कक्षा १० मा अध्यापनरत शिक्षकहरूलाई उहाँहरूको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
Leave a Reply