के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
कमलविनायक मन्दिर तथा कमलविनायक पोखरी परिसर दिनैभरि आन्तरिक पर्यटक घुम्ने स्थल हो । पोखरी वरिपरिको हरियालीले जेठको चर्को गर्मीमा पनि शीतलता प्रदान गरिरहेको हुन्छ । पोखरीको पश्चिम र दक्षिणतर्फको बगैँचाले पर्यटकको मन लोभ्याउने गरी पोखरी परिसरलाई सुन्दर बनाएको छ । त्यहाँ मानिसहरूले स्वच्छ हावा लिन समय बिताउने गर्छन् । त्यसमा म एक जना पनि पर्छु ।
आजकल सहर बजारमा हरियाली पाउन गा¥हो भइरहेको छ । यस्तो अवस्थामा कमलविनायक मन्दिर परिसरले केही राहत दिएको महसुस हुन्छ । यसको निम्ति भक्तपुर नगरपालिकालाई धन्यवाद दिनैपर्छ । थरीथरीका फूलहरू मगमगाउनु बगैँचाको विशेषता हो । तर, अहिले कमलपोखरीको बगैँचा घाँसले ढाकिएको देखिन्छ । बगैँचा वरपर पानीका बोतल, प्लास्टिक, कागजका टुक्राहरू छरपस्ट देखिन्छन् । ठाउँ ठाउँमा फोहर राख्ने डस्टविन भइदिएको भए यस्तो हुने थिएन ।
भक्तपुर नगरपालिका सफाइमा नमुना नगरपालिका हो । भक्तपुर नगरका भित्री क्षेत्रहरू सफा र चिटिक्क छन् । तर, कमलविनायक मन्दिर परिसरमा यो अभाव कसरी खट्कियो ? सरसफाइ स्थानीय तहको जिम्मेवारीमा पर्दछ । भक्तपुर नगरपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षासहित तपाईँको लोकप्रिय पत्रिकामार्फत कमलविनायक मन्दिर तथा पोखरी परिसर सुधारको निम्ति ध्यानाकर्षण गराउँदछु ।
Leave a Reply