लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएलगत्तै विद्यार्थी र अभिभावकहरूबिच के विषय पढ्ने, कहाँ पढ्ने भन्ने खुल्दुली हुन्छ† छलफल हुन्छ† यो स्वाभाविक हो । यही बेला विद्यालयले उत्तीर्ण विद्यार्थीलाई मार्गनिर्देशन गर्ने, बधाईसहित सम्मान गर्ने काम गरिरहेको छ । कलेजमा भर्ना हुनुअघि नै विद्यार्थीहरूलाई मार्ग निर्देशन भयो भने पछि पछुताउनुपर्ने छैन । कलेजमा पढ्नुभन्दा अघि आफ्नो क्षमता, योग्यता, रूचिअनुसार विषय छान्नुपर्ने हुन्छ । घरको आर्थिक अवस्था पनि हेर्नुपर्ने हुन्छ । यसैको लागि मार्ग निर्देशन कार्यक्रम आवश्यकता हुने हो । राम्रो अङ्क ल्याउँदैमा विज्ञान पढ्नुपर्छ भन्ने पनि होइन । हरेक विषयको आ–आफ्नो महत्व हुन्छ । देशको लागि आवश्यक जनशक्ति तयार गर्न सबै विषय उत्तिकै महत्वपूर्ण हुन्छ ।
कमजोर विद्यार्थीले मानविकी पढ्ने, मध्यमस्तरको विद्यार्थीले व्यवस्थापन र राम्रो विद्यार्थीले विज्ञान पढ्नुपर्छ भन्ने मान्यता विद्यार्थीमा बसेको छ । तर, देशको निम्ति विज्ञान र गणित जति महत्व हुन्छ त्यतिकै व्यवस्थापन र मानविकीको पनि महत्व छ । त्यस्तै पत्रकारिता, कानुन र प्राविधिक क्षेत्र पनि महत्वपूर्ण छ । राजनीतिशास्त्र, भूगोल, इतिहास विषय पनि देशको लागि आवश्यक छ । यसकारण, आफ्नो रूचि, क्षमता र आर्थिक स्थितिअनुसार विषय छान्नुपर्छ । कति विद्यार्थीहरू कसैको लहलहैमा विषय छान्छन्; आफ्नो साथीले छानेको विषय नै छान्ने विद्यार्थीहरू छन् । आफ्नो रूचिअनुसारको विषय नछान्दा कलेजमा सफलता नपाएको विगतको अनुभव छ । हरेक विद्यार्थीले कुन कुन विषय कहाँ कहाँ पढाइ हुन्छ भन्नेबारे खोजीनीति गर्नुपर्छ । विद्यार्थी र अभिभावकहरू कुनै कलेजको आकर्षक विज्ञापनको पछि दगुर्नु हुँदैन । लोभलाग्दो विज्ञापन र सेवा सुविधामा भुलेर जिल्ला बाहिर पढेका विद्यार्थीहरूले पछुताउ गरेका छन् । पढाइमा समयको ठुलो महत्व हुन्छ । समय नपाउँदा या आवतजावत र थकाइमा लाग्ने समयको कारण पढ्न नपाएको विगतका विद्यार्थीहरूको दुखेसो छ ।
अहिले भक्तपुरमै पनि सबैजसो विषय पढ्न पाउने कलेज या क्याम्पस रहेका छन् । आफ्नै स्थानमा रूचिअनुसारको विषय पढ्न पाउने व्यवस्था छ । कति विद्यार्थी र अभिभावकहरू सङ्कीर्ण विचारका छन् । आफ्नो जन्मभूमिभन्दा विदेशी भूमि कसरी प्रिय हुन्छ ? विदेशी भूमिको विकास भयो भनेर नेपाल र नेपाली जनताको प्रगति र विकास कसरी हुन्छ ? हरेक माविले बधाई र सम्मान कार्यक्रममात्र होइन मार्ग निर्देशन कार्यक्रम गर्नुपर्छ । मार्ग निर्देशनले बाटो देखाउँछ; सत्मार्गमा जाने अवसर पाउँछ । सबै विद्यार्थी र सबै अभिभावकलाई सबै कुुरा थाहा हुँदैन । मार्गनिर्देशन कार्यक्रम विद्यार्थी कलेज या क्याम्पसमा भर्ना हुनुअघि नै गर्नु जाती हुन्छ ।
विज्ञान र प्रविधिको क्षेत्र होस् या मानविकी या व्यवस्थापनको विषय नै किन नहोस्, सबै विषयमा विशेषज्ञता हासिल गर्नुपर्छ । देशमा राम्रा राम्रा चिन्तक, साहित्यकार, कानुनविज्ञ, समालोचक, राजनीतिज्ञको अभावमा समाजको मूल्य र मान्यता खस्कँदै गएको अनुभव राजनीतिक विश्लेषकहरूको रहेको छ । राजनीतिशास्त्रको अध्ययन नगर्नेहरू राजनीतिमा लाग्दा, सरकारको नेतृत्व गर्दा देशमा भाँडभैलो मच्चिएको, सही दिशा निर्देशन गर्न नसकेको र राजनीतिलाई गन्तव्यमा पु¥याउन नसकेको तीतो यथार्थ पनि नेपाल र नेपालीले भोगेका छन् । नयाँ पुस्तालाई देशको परिस्थितिबारे बुझाउन नसक्दा या समयमै मार्ग निर्देशन गर्न नसक्दा पढ्नु भनेकै पैसा कमाउन हो; ऐøयासी जीवन बिताउन पाउन विदेशमा पढ्न जानु हो भन्ने धारणा पनि व्यक्त नभएको होइन । यसको कारण कति नयाँ पुस्ताका युवा र विद्यार्थीहरू विदेशमुखी बनेका छन्† आफ्नै देशमा बसेर आफ्नो श्रम, समय र सीप आफ्नै भूमिमा खर्चिनुपर्छ भन्ने भावना नहुँदा देश एकपछि अर्को परनिर्भर हुँदै छ । यो शुभ सङ्केत होइन ।
हरेक विद्यार्थी, युवा र अभिभावकमा व्यापक दृष्टिकोण हुनुपर्छ । पढाइ विदेश पस्न र जसरी भए पनि जागिर खानको लागि मात्र होइन; देश र जनताको सेवा गर्न पनि हो भन्ने कुरा बुझ्नुपर्छ । सस्तो लोकप्रियता कमाउने, धेरैभन्दा धेरै धन थुपार्ने, असल, इमानदार, दूरदर्शी, देशभक्तभन्दा ठुलो मान्छे बन्ने, पदमा पुगेर अकुत सम्पत्ति कमाउने विचारका व्यक्तिले समाज बनाउँदैन; देशको प्रगतिमा ध्यान दिँदैन । त्यही कारण आफ्नो पढाइ देश र समाजको आवश्यकता हेरी पढ्नुपर्छ भनिएको हो । किनभने, देशको चौतर्फी विकासको लागि सबै विषयको उत्तिकै महत्वपूर्ण छ । सबै क्षेत्रका देशभक्त जानकार, विज्ञ, कार्यकुशल तथा दक्ष युवा पुस्ता जन्माउने देशमात्र स्वाभिमान र आत्मनिर्भरताका साथ शिर उँचो पारी उभिन सक्छ । आफ्नो व्यक्तित्व विकाससँगै देशको आवश्यकता पूर्तितर्फ लाग्ने, पढ्ने विद्यार्थी नै सफल विद्यार्थी मानिन्छ । हरेक विद्यार्थीले कम्तीमा एउटा न एउटा विषयमा विशेषज्ञता हासिल गर्नुपर्छ । त्यस्तो विद्यार्थी परिवार, समाजको लागि मात्र होइन देशकै लागि आवश्यक हुन्छ । तर, विद्यार्थी विदेशी कलेज या विदेशीद्वारा सञ्चालित कलेजमा आकर्षित हुनुहुँदैन । विदेशी कलेजमा पढ्ने विद्यार्थीमा देशभक्तिको भावना हुँदैन; देश जोगाउने र बनाउने भावना हुँदैन । आफ्नो रगतको मूल्य र महत्व थाहा हुँदैन । विदेशीको झिलिमिलीमा फसेपछि स्वदेशप्रति माया हुँदैन । यही कारण विद्यार्थीलाई मार्गनिर्देशन कार्यक्रम गर्नु जरूरी छ ।
Leave a Reply