क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
(१५–१६ औँ शताब्दीताका युरोपेली देशहरूमा नयाँ–नयाँ देश र महादेशहरू पत्ता लगाउने हानथाप नै चलेको थियो । पत्ता लगाइएका नयाँ–नयाँ भूमि र देशहरू कब्जा गर्ने र उपनिवेश पनि बनाउँदै गए । साहस, युद्ध, लुटपाट र फाइदाको होड एकातिर चलिरहेको थियो भने अर्कोतिर कमजोर, निमुखा र साझा–सिधा मानिसहरू पिल्सिँदै गइरहेका थिए । राजनैतिकरूपले युरोपमा निरङ्कुश राजतन्त्रको बिगबिगी थियो, आर्थिक रूपले पुँजीवादको विकास हुँदै थियो ।
राजनैतिक, आर्थिक र सामाजिक स्थितिको प्रभाव साहित्यमा पर्नु पनि स्वाभाविक थियो । यात्रा वर्णनका साहित्य नै त्यसबेला युरोपको साहित्य थियो । राजा र सामन्तवर्ग हुकुमी शासन वा ऐन–कानुन बनाएर जनतालाई चुस्थे । सामन्तवर्गले आफ्नै हितको लागि नै कानुन बनाउँथ्यो । त्यसकारण, त्यस प्रकारको लुटपाटलाई ‘कानुनी डकैती’ पनि भनिन्थ्यो ।
साधारण जनताको निम्ति कहालीलाग्दो स्थितिलाई बदल्न, उदार विचारकहरूले तत्कालीन समाजलाई सुधार्न अनेक आदर्श समाजहरूको कल्पना गरे । तिनीहरूले अनेक साहित्यिक विधामार्फत तत्कालीन राजनैतिक, सामाजिक, आर्थिक एवम् कानुनी बन्दोबस्तको उद्देश्य र कमी–कमजोरीहरूलाई उदाङ्ग्याए । अनेक साहित्यिक शैलीले नयाँ नयाँ आदर्श वा काल्पनिक समाजहरूलाई प्रस्तुत गरे । त्यसको एउटा उदाहरण थोमस मोरको ‘कल्पनालोक’ (UTOPIA) हो ।
सुनलाई कसीमा घोटेर हेरेजस्तै यस्तै अनेक सुधारवादी र कल्पनावादी दृष्टिकोणहरूलाई भौतिकवादी दृष्टिकोणमा घोटेर माक्र्स र एङ्गेल्सले वैज्ञानिक समाजवादसम्म पु¥याउनुभएको थियो । वैज्ञानिक समाजवादमा पुग्न थोमस मोरकाजस्ता अनेकौँ साहित्यले घच्घच्याएको विषयलाई अस्वीकार गर्न मिल्दैन ।
थोमस मोर (Thomos More – 6 Feb. 1478 – 6 July, 1535) र उनको ‘कल्पनालोक’ (UTOPIA) बारे छोटो जानकारी ११ साउन २०६२ को ‘मजदुर’ मा प्रकाशित भइसकेको छ । थोमस मोरको युटोपिया एक काल्पनिक देशको वृत्तान्त हो । विश्वमा कहीं पनि नभएको देश, त्यहाँको सामाजिक, राजनीतिक र कानुनी व्यवस्थाको वर्णन गरेर मोरले तत्कालीन युरोपका व्याप्त रहेको सामाजिक, राजनीतिक र कानुनी व्यवस्था तथा त्यसका कमी–कमजोरीहरूलाई प्रस्ट पारेका छन् । मोरको कल्पनालोक (Utopia) एक काल्पनिक देशको वृत्तान्त भए पनि त्यसमा रहेका सबै पात्रहरू काल्पनिक होइनन् । मोर आफै पनि ‘कल्पनालोक’ का एक पात्र हुन् तथा वृत्तान्तमा उल्लेखित ठाउँ र व्यक्तिहरूमध्ये कोही कोही वास्तविक हुन् ।
मोरको ‘कल्पनालोक’ (Utopia) को पृष्ठभूमि समुद्री यात्रा, यात्राको क्रममा विभिन्न देशलगायत कल्पनालोकमा बस्दा त्यहाँ देखेको सामाजिक र राजनीतिक व्यवस्थाको वर्णन हो । कल्पनालोकका मुख्य पात्रहरू मोर र राफेल हुन् । पूरा पुस्तकमा ती दुईबिचको वार्तालाप, मुख्यगरी राफेलले मोरलाई सुनाएको वृत्तान्तले भरिएको छ । राफेल एक काल्पनिक पात्र हुन् । उनी समुद्री यात्राका अनुभवी र यात्राको क्रममा धेरै नयाँ नयाँ देशको भ्रमण गरेका व्यक्तिको रूपमा चित्रण गरिएको छ ।
कथाअनुसार मोर एक कूटनीतिक कामको सिलसिलामा आफ्नो देश बाहिर जान्छन् । आफ्नो कामलाई बिचैमा छाडेर मोर आफ्नो व्यक्तिगत कामको लागि अन्यत्र जान्छन्, जहाँ उनको भेट पिटर गील्ससँग हुन्छ । पिटर गील्सले नै मोरको परिचय राफेलसँग गराउँछन् । राफेलले आफ्नो समुद्री यात्राको क्रममा धेरै नयाँ देशहरूको भ्रमण गरेको कुरा पीटरमार्फत थाहा पाएपछि र मोर उक्त यात्री राफेलको अनुभव सुन्न उत्सुक हुन्छन् । राफेलले मोरलाई सुनाएको वृत्तान्तबाटै ‘कल्पनालोक’ (Utopia) अगाडि बढ्छ ।
त्यस पुस्तकमा चुम्बक वा कम्पासको आविष्कारले समुद्री यात्रामा सहयोग पुगेको, त्यसबेलाका जहाज र पत्ता लगाएका देशहरूको मिश्रित बयान, यात्रा वर्णन, राजा–महाराजा, दरबारी सल्लाहकारहरू र दरबारको चाटुकारी, चिप्लो घस्नेहरूको घेरामा राजा रहने बन्दोबस्तको बयान छ ।
त्यस्तै, विदेशी ज्ञान–विज्ञान र जानकारीबारे बुद्धिजीवीहरूमा चासो र जिज्ञासा, साहित्यप्रतिको अनुराग, इच्छा मृत्यु, लोग्नेमानिस २२ वर्ष र स्वास्नीमानिस १८ वर्ष भएपछि मात्रै विवाह योग्य हुने, दरबारमा दर्शनको मूल्य नहुनेजस्ता विषय पनि उक्त पुस्तकमा उल्लेख छ । तर, त्यसबेला कल्पना गरिएका वा आदर्श समाजका कति विषयहरू आज युरोपमा लागु भएको छैन ।
थोमस मोरको कल्पना

को उचाइ आश्चर्यजनक मान्दामान्दै पनि आदर्श वा कल्पनालोकमा स्वतन्त्र मानिस र दास एवं अर्धदास (Bondrom) बाट मुक्त समाजको उनले कल्पना गर्न सकेनन् ।
नगरलाई सफा राख्न उनले फोहर खोलामा बगाउने कुरा पुस्तकमा उल्लेख गरे तर ‘उपचार पोखरी’ को कल्पना उनले गर्न सकेनन् । त्यस्तै, उनले ‘पशुवधशाला’ को पनि कल्पना गरेका थिएनन् ।
‘कल्पनालोक’ मा उनले लोक कल्याण, आर्थिक विषमता हटाउने, उत्पादनको प्रचुरताले समान वितरणमा सहयोग पुग्ने, त्यसबेला सिपाही र डाकूमा फरक नभएको र चोरलाई मृत्युदण्ड दिएर चोरी नघट्ने, चोरभन्दा चोरी गर्नुपर्ने परिस्थिति दोषी भएको उनले तर्कहरू प्रस्तुत गरे । आफ्नो दृष्टिकोणलाई उनले वार्तालापको रूपमा प्रस्तुत गरेका छन् । सं.)
युटोपिया (कल्पनालोक) एक आदर्श राज्यबारे राफेल हाइथ्लोडे (Raphael Hythloday)
बेलायतको विजयी राजा, शाही गुणहरूको युक्त, योग्य राजकुमार हेनरी आठौँको कास्टिले (Castile) को शक्तिशाली राजा चाल्र्स (Charles) सँग तनावपूर्ण सम्बन्ध थियो । सो तनावपूर्ण
सम्बन्ध सुधार्न राजाले मलाई र कथवर्ट टन्स्टल (Cuthbert Tunstall) लाई राजदूत बनाएर फ्ल्यान्डर्स (Flanders) पठाए । कथवर्ट टन्स्टल एक अतुलनीय व्यक्ति थिए र जनताको मनमा खुसीको लहर फैलाउँदै राजाले उनलाई एक महत्वपूर्ण जिम्मेवारी (Master of the Rolls) को कार्यभार सुम्पे ।
तर, यो व्यक्तिको तारीफबारे म केही पनि भन्दिनँ किनभने आफ्नै साथीबारे एउटा साथीको मुखबाट हुने प्रशंसालाई थोरैले विश्वास गर्छ, उनको गुण र शिक्षाको स्तर मैले प्रशंसा गर्नसक्ने क्षमताभन्दा पनि धेरै माथि छ । सबैतिर उनी धेरै प्रसिद्ध छन् तसर्थ मैले उनको प्रशंसा गर्नु आवश्यक छैन; गरे पनि सूर्यलाई बत्ती देखाउनुसरह हुनेछ ।
ब्रुग्स (Bruges) मा हाम्रो भेट कारिक्लेका राजकुमारले पठाएका आयुक्तहरूसँग भयो; तिनीहरू सबै असल थिए । तिनीहरूका प्रमुख ब्रुग्सका माग्र्रेभ (Margrave) थिए; उनी एक सम्मानीय व्यक्ति थि
ए तर तिनीहरूमध्ये सबभन्दा बुद्धिमान र स्पष्ट वक्ता सहरको प्रमुख म्याजिस्ट्रेट (अर्थात् क्यासलका प्रोभोस्ट, (Provost of Cassel जार्ज टेमसाइस (George Temsice) थिए । उनी स्पष्ट वक्ता थिए । कुनै पनि विषयमा छलफल र तर्क गर्ने काममा उनको स्वाभाविक बुद्धि र दैनिक अभ्यासको कारण उनका थोरैमात्र मित्रहरू थिए । एक दुईपटकको भेट र केही विषयमा असहमतिपछि तिनीहरूले केही समयको लागि उनी हामीबाट बिदा मागे र ब्रसेल्स गए ।
त्यसपछि म पनि आफ्नो केही व्यक्तिगत कामको लागि एन्टवर्प (Antwerp) गएँ । म त्यहाँ रहँदा मैले धेरै व्यक्तिहरूलाई भेटेँ । तर, तीमध्ये पिटर गाइल्स (Peter Giles) सँगको भेट मेरो लागि धेरै सुखद रह्यो । आफ्नो देशमा पिटर एक सम्मानित नागरिक थिए । उनले धेरै बढुवा पाएका थिए । उनी ती सबै सम्मान पाउन योग्य थिए किनभने उनी सिक्नमा अगाडि थिए र इमानदारी थिए । उनी असल थिए । उनमा यी दुवै गुण थिए । सबै प्रकारका व्यक्तिहरूसँग उनको व्यवहार असल थियो तर आफ्ना साथीहरूप्रति उनी धेरै नै दयालु, मायालु, विश्वासिलो र स्नेही थिए । मित्रताका यी गुणहरूमा उनीसँग तुलना गर्न योग्य अर्को कुनै व्यक्ति भेटाउनु गा¥हो थियो । उनी जस्तै सम्मानित र मृदु व्यक्ति अरु कोही हुन सक्दैनन् । उनमा कृत्रिम वा लुकाउनुपर्ने केही कुरा थिएन† उनीजस्तो बुद्धिमान र सरल अरु कोही छैनन् । यसबाहेक उनी कुरा गर्नमा एकदम रमाइला र मिजासिला छन् । उनको रमाइलो वार्तालाप र मनोरञ्जनले मेरो देश, मेरी श्रीमती र साना केटाकेटीहरूलाई भेट्ने मेरो ठुलो चाहनालाई साम्य पा¥यो । म तिनीहरूलाई भेट्न इच्छुक थिएँ किनभने त्यसबेलासम्म म तिनीहरूबाट छुटिएको ४ महिना भइसकेको थियो ।
एन्टवर्प (Antwerp) मा रहँदा एक दिन मैले त्यहाँको महिला गिर्जाघर (Lady’s Church) मा एउटा धार्मिक समारोह हुने खबर सुनेँ । त्यो गिर्जाघर सहरकै सबभन्दा राम्रो र पवित्र गिर्जाघर थियो । त्यहाँ धेरै व्यक्तिहरू आवतजावत गर्थे । समारोह सकेपछि म आफ्नो वासस्थानमा जानलाग्दा पिटर (Peter) एक जना नौलो व्यक्तिसँग कुरा गरिरहेको देखेँ । वयस्क उमेरको, घामले डढेको अनुहार, लामो दाह्री र उनले लुगा लगाएको शैलीबाट उनी जहाजी भएको अनुमान गरेँ । पिटरले मलाई देखेपछि म नजिक आएँ र अभिवादन गरेँ । मैले उनको अभिवादन फर्काउन लाग्दा पिटरले ती व्यक्तितर्फ औँल्याउँदै मेरो घरमा ल्याउने निर्णय गरेको बताएँ ।
“तपाईँमार्फत मेरो वासस्थानमा उहाँको स्वागत छ”– मैले जवाफ फर्काएँ । “तिमीले उनलाई चिने राम्रो हुनेछ” – पिटरले भने । यो सहरमा उनले जतिको अनौठो, जनता र देशको विषयमा बताउन सक्ने अर्को कुनै मानिस छैन । मलाई थाहा छ, यस्तो कुरा सुन्नु तिम्रो चाहना हो । मेरो अनुमान सही थियो, पहिलो नजरमै मैले उनी जहाजी भएको अनुमान गरेको थिएँ ।
तिमी एकदम गलत छौ । उनले समुद्री यात्रा गरेका छन् तर जहाजी पालिनुरस (Palinurus) ले झैँ होइन, दक्ष र बुद्धिमान राजकुमार युलीसेस (Uly Ses) ले जस्तै, प्राचीन महात्मा दार्शनिक प्लेटोले जस्तै । यी जहाजी राफेल हाइथ्लोडे (Raphael Hythlody) ल्याटिन भाषा राम्ररी बुझ्छन् तर ग्रीसेली भाषामा बढी दक्ष छन् । उनले ल्याटिन भाषामा भन्दा बढी अध्ययन ग्रीसेली भाषामा गरेका छन् । उनले दर्शनशास्त्रको धेरै अध्ययन गरेका छन् तथा सेनेका (Seneca) र सीसेरो (Cicero) का केही कृतिहरूबाहेक ल्याटिनमा उनको लागि पढ्न बाँकी कुनै कृति छैन । आफ्नो पैतृक सम्पत्ति उनले आफ्नो भाइहरूको लागि छाडे तथा विश्वका सुदूर भागहरूमा रहेका देशहरूलाई हेर्ने र जाने आफ्नो चाहनाको कारण उनी अमेरिगो, भेस्पुसी (Amerigo Vespucei) कम्पनीमा सामेल भए । हरेक मानिसको हातमा पुग्न लागेको अमेरिगो भेस्पुसीको ४ वटा सामुद्रिक यात्रामध्ये ३ वटा उनको साथमा थिए । अन्तिम सामुद्रिक यात्रापछि उनी अमेरिगोसँगै घर फर्केनन् । उनले सामुद्रिक यात्रामा कति धेरै काम गरिसकेका थिए भने धेरैको अनुरोध र आग्रहमा उनले ‘मास्टर अमेरिगो’ को अनुमति पत्र पाए तथा अन्तिम यात्राको अन्तमा जर्मनीको एउटा नगर गुलिक (Gulike) मा रहेका २३ यात्रीहरूमध्ये एक बने । उनी आफ्नै इच्छाले गुलिकहरूसँग बसे । उनी मर्नुभन्दा यात्रामा बढी ध्यान पु¥याउँथे तथा उनको मुखमा सधैँ यी शब्दहरू झुन्डिएको हुन्थ्यो, “उनको चिहान आकाशले ढाकेको हुन्छ र स्वर्गको बाटो अनन्त फैलिएको छ– ईश्वर उनको हाम्रो मित्र नभए पनि उनी उनका प्रिय जरुर हुन् ।”
Leave a Reply