भर्खरै :

पालैपालो सरकारमा गएका दलहरूले देश र जनताको सेवा गरेनन्

पालैपालो सरकारमा गएका दलहरूले देश र जनताको सेवा गरेनन्

काठमाडौँ, २५ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा मौसमसम्बन्धी पूर्वसूचनाबारे सरकारबाट बेवास्ता हुँदा रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट जनधनको क्षति भएको उल्लेख गर्दै ३५ वर्षयता पालैपालो सरकारमा गएका दलहरूले नेपाली जनताको लागि रासायनिक मल, विद्युत्, रोजगारीको व्यवस्था गर्न नसकेको बताउनुभयो ।
नेकाका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा र राप्रपाको संसद् बहिष्कार अपरिपक्वता भएको उल्लेख गर्दै रास्वपाका नेताहरू भारतको प्रभुत्व स्वीकार गर्ने वा भुटानजस्तो अवस्थालाई मान्ने भएर मुनरो डक्ट्रिनको विषय संसद्मा उठाएको रास्वपाको कुनै पनि सैद्धान्तिक दृष्टिकोण नभएको बताउनुभयो ।
सांसद घिमिरेले राप्रपाका राजालाई गद्दी होइन उद्योग–व्यापार चाहेको उल्लेख गर्दै जनता पुनः रैती नबन्ने बताउनुभयो ।
कृषिमन्त्री रामनाथ अधिकारीले देशमा मलको आवश्यकता वार्षिक ८ लाख टन भएको र यसमध्ये अनुदान ४.५ लाख टनलाई अनुदान उपलब्ध हुने र भण्डारमा रहेको ९१ हजार टन मल सहकारी संस्थामार्फत वितरण गरिने बताउनुभयो ।
गृहमन्त्री रमेश लेखकले समसामयिक विषयमा जानकारी गराउँदै भोतेकोसीमा आएको बाढीमा रसुवागढीको सुख्खा बन्दरगाहको अधिकांश भाग बगाएको, भन्सार, जलविद्युत् र निजी आवासमा समेत क्षति भएको बताउनुभयो ।
गृहमन्त्री लेखकले रास्वपाका नेता रवि लामिछाने भिजिट भिसामा अमेरिका पुगेर उतैको नागरिकता लिएको उल्लेख गर्दै रास्वपाका कार्यकर्ताहरूले अरूलाई नैतिकताको पाठ सिकाउन नपर्ने बताउनुभयो ।
माओवादीका सांसद महिन्द्र राय यादवले तराई मधेसमा ४२ ओटा खोलानाला भएको तर जनताका तटबन्ध र हुलाकी राजमार्गको काम सुस्त भएको बताउनुभयो ।
एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले रास्वपाका सांसद सोविता गौतमले प्रम केपी शर्मा ओलीको स्पेन भ्रमणको बेला भिजिट भिसामा गएका नेपाली उतै बसेको जस्ता हावादारी विषय उठाएको बताउनुभयो ।
रास्वपा र राप्रपाले बैठक बहिष्कार गरे भने संवैधानिक परिषद्को संशोधन विधेयक निर्णयार्थ पेस हुँदा सांसद सुवालले विपक्षमा मत दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *