अभिभावक सङ्घद्वारा सूर्यविनायक र चाँगुनारायणमा पनि ज्ञापन पत्र
- बैशाख ३, २०८३
भक्तपुर, १२ असोज । कटुञ्जे सामुदायिक सिकाइ केन्द्रको आयोजनामा आइतबार शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य अनुराधा थापामगरले चाड–पर्वलाई भौतिकवादी दृष्टिकोणका साथ रचनात्मक ढङ्गले मनाउन सुझाव दिनुभयो ।
अहिलेको राजनीतिक स्थिति आउनुमा कामदार वर्गमाथि शासक पार्टीहरूको हेपाहा प्रवृत्ति प्रमुख रूपमा दोषी भएको धारणा राख्दै उहाँले भदौ २३–२४ को घटना शासक पार्टीहरू विरूद्धको विद्रोहको स्वर हो भन्नुभयो ।
केन्द्रीय सदस्य थापामगरले भन्नुभयो, “नेमकिपाले धेरै पहिलेदेखि उपत्यकालाई सांस्कृतिक नगर बनाउन सुझाव दिएको थियो ।
देशमा भद्रगोल स्थिति सृजना नहोस्, काठमाडौँ उपत्यका ठग–गुण्डा–अपराधीहरू लुक्ने ठाउँ नहोस् भनेर जिल्ला जिल्लामा व्यवस्थित सहर विस्तार गरी देशको सन्तुलित विकास गर्न नेमकिपाले दिएको सुझाव शासक पार्टीहरूले नमान्दा काठमाडौँ उपत्यका आज प्रदूषित सहर भइरहेको छ ।”
जेलबाट भागेका अपराधीहरूको कारण थप अपराध हुन सक्नेमा उहाँले सचेत गराउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका श्याम बिसुन्केले चाडपर्वलाई मितव्ययी ढङ्गले मनाउन सुझाव दिनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका राजेन्द्र बखुन्छेले युवाहरूलाई राजनीतिकरूपमा सचेत र सङ्गठित गरी समाजवाद र पुँजीवादको फरकबारे जानकारी गराउनुपर्ने बताउनुभयो ।
छिकोङ व्यायामका प्रशिक्षक मुना बासुकलाले व्यायाम र सन्तुलित भोजनको महत्वबारे जानकारी गराउनुभयो ।
सिकाइ केन्द्रका अध्यक्ष महेन्द्र बखुन्छेको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामकृष्ण बखुन्छेँ र चनमती खुलिमुलीले पनि बोल्नुभएको थियो ।
Leave a Reply