भर्खरै :

उमा महेश्वर मन्दिरको पुनः निर्माण गर्नु आवश्यक

उमा महेश्वर मन्दिरको पुनः निर्माण गर्नु आवश्यक

पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिलाई सार्थक बनाउन भक्तपुर नगरपालिका र नगरवासी सबै एक भएर लागेमा एक दिन अवश्य पूरा हुन्छ । भक्तपुरका मूर्त अर्मूत सम्पदाहरू मठ, मन्दिर, पाटी, पौवा, सत्तल, पाटी आदिको पुनःनिर्माण, मर्मत सम्भार गर्नु, नाचगानको संरक्षण गर्नु नगरवासी र भक्तपुर नगरपालिकाको दायित्व हो । भक्तपुर नगरपालिकाले आफ्नो आर्थिक स्रोतले भ्याएसम्म पुनः निर्मण र जीर्णोद्धार गर्दै आएको हो । यसको लागि भ.न.पा. लाई मुरीमुरी धन्यवाद छ । भक्तपुर नगरपालिकाले च्यासीं मन्दिर, लक्ष्मी नरसिंह मन्दिर, सिलु महादेव मन्दिर, रानी पोखरी, न्हु पुखु आदि पुनःनिर्माण तथा मर्मत सम्भार गरेको सबैलाई थाहा भएकै विषय हो । भक्तपुर नगरपालिका वडा नं. ७ स्थित हनुमन्ते खोलासँगैको पहिलेको परोपकार संस्था रहेको हाल बाल सेवक आधारभूत विद्यालय सञ्चालनमा रहेको स्थानमा उमा महेश्वरको तीनतले मन्दिर रहेको अग्रजहरूको भनाइ छ । उक्त मन्दिरको नक्सा र अभिलेख श्रीमान कर्माचार्यसँग रहेको ज्येष्ठ नागरिकहरूको भनाइ छ । २०२१ साल अगाडिसम्म उक्त मन्दिर भएको बुझिएको छ । उक्त स्थानमा लामो समयसम्म परोपकारको नाममा सञ्चालन भएको थियो । परोपकार सञ्चालन नभएपछि बालसेवक आधारभूत स्कूल सञ्चालन भइरहेको छ ।
परोपकार भवनको बिचमा अहिले पनि उमा–महेश्वरको मूर्ति यथावत छ । तर, पहिलाको जस्तो तीनतले उमा महेश्वरको मन्दिर छैन । पुरानै शैलीमा उक्त मन्दिर पुनः निर्माण गर्न पाए सुनमा सुगन्ध हुनेछ । उक्त स्थल आफैमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक रूपले महत्वपूर्ण छ ।
– तीर्थमान दुमरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *