वाग्मती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा नेमकिपाबाट ढुकुछु र महर्जनद्वारा उम्मेदवारी दर्ता
- पुष २३, २०८२
भक्तपुर, ३१ असार । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित १०० शøयाको ख्वप अस्पतालको मङ्गलबार अनुगमन गर्नुभयो । मन्त्री थापामगरलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालमा स्वागत गर्नुभएको थियो । अनुगमनका क्रममा मन्त्री थापामगरले अस्पतालको अवस्था र अस्पतालबाट प्रवाहित उपचार सेवाबारे स्थलगत अनुगमन गरी सेवाग्राहीसँग जानकारी लिनुभयो ।
अनुगमनपश्चात् आयोजित कार्यक्रममा मन्त्री थापामगरले भक्तपुर नगरपालिका शिक्षा र स्वास्थ्यमा जनतालाई सर्वसुलभ ढङ्गले सेवा प्रदान गर्दै आएको देशकै नमुना नगरपालिका भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल व्यवस्थितरूपमा सञ्चालन भइरहेको बताउँदै उहाँले भक्तपुर नपाले देशैभरिका बिरामीहरूको सेवा गरिरहेको छ, ख्वप अस्पतालको विकास र प्रगतिको लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार सदा तत्पर रहने बताउनुभयो ।
उहाँले भक्तपुरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै मन्त्री थापामगरले वाग्मती प्रदेशभित्रका अस्पतालहरू स्तरीय बन्दै जानु प्रदेश सरकारको लागि गौरवको विषय हो भन्नुभयो ।
मन्त्री थापामगरले प्रदेश सरकारअन्तर्गत सञ्चालित अस्पतालहरूको भौतिक पूर्वाधारहरूको विकास गर्ने कार्य भइरहेको चर्चा गर्दै प्रदेश सरकारले सीमित स्रोतसाधनको अधिकत्तम सदुपयोग गरी प्रदेशका नागरिकलाई सस्तो र सुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार कटिबद्ध रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले नगरवासीको भावनाअनुसार कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउँदै ख्वप अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन निरन्तर लागिरहने र यस कार्यमा सबै सरोकारवालाबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
ख्वप अस्पतालले वर्षको ३६५ दिन ११ घण्टा ओपीडी सेवा प्रदान गर्दै आइरहेको अवगत गराउँदै भक्तपुर नगरपालिकाले ख्वप अस्पतालसँगै श्वासप्रश्वास पुनःस्थापना केन्द्र, जनस्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्रहरूमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
अस्पतालले छिट्टै सिटी स्क्यान सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउँदै प्रमुख प्रजापतिले नेपाल सरकारले स्वास्थ्य बीमा उपचारबापतको रकम समयमै भुक्तानी नदिँदा अस्पताल सञ्चालनलगायतका गतिविधिमा समस्या भएको बताउनुभयो ।
शासकहरूको अदूरदर्शिताले जनताले दुःख पाइरहेको बताउँदै उहाँले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्र महँगो हुँदा गरिब जनता मारमा परिरहेको बताउनुभयो ।
भक्तपुर नपाले नगरवासीहरूको लागि निःशुल्क अक्सिजन वितरण गर्दै आइरहेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले २ वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको पनि सो अवसरमा बताउनुभयो ।
अनुगमनमा प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले वाग्मती प्रदेशअन्तर्गत स्थानीय तहले सञ्चालन गरेको नमुना अस्पतालको रूपमा रहेको ख्वप अस्पताल अनुगमन गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो ।
उहाँले शिक्षा र स्वास्थ्यलाई निःशुल्कसँगै नागरिकको सहज पहुँच र गुणस्तरीय बनाउँदै लानुपर्नेमा जोड दिँदै भक्तपुरले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको काम अन्य स्थानीय तहहरूको लागि अनुकरणीय भएको बताउनुभयो ।
सरकारी सेवा सुविधालाई स्तरीय बनाउने नीतिमा प्रदेश सरकारले जोड दिँदै आएको बताउँदै प्रदेश मातहतका अस्पतालहरूमा विशिष्टिकृत सेवा प्रदान गर्दै लाने बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालले स्वास्थ्य क्षेत्रमा धेरै प्रगति गरिसकेको तथ्याङ्क प्रस्तुत गर्दै अस्पतालको सेवा प्रवाहबारे प्रस्तुतीकरण देखाउनुभयो ।
वि.सं. २०३० सालमा जनस्वास्थ्य सेवा केन्द्रको रूपमा स्थापना भएको उक्त संस्था हाल १०० शøयाको ख्वप अस्पतालको रूपमा सञ्चालनमा रहेको बताउँदै अस्पतालले ३६५ दिन नै ओपीडी सेवा सञ्चालन गर्दै जनतालाई सेवा गर्दै आइरहेको बताउनुभयो ।
मन्त्री थापाले ख्वप अस्पतालका ओपीडी सेवाहरू, अक्सिजन प्लान्ट, आकस्मिक कक्ष, नर्सिङ कलेज, छात्ती पुनःस्थापना केन्द्र, अस्पतालको औषधालय, ल्याब, ख्वप तीलगङ्गा आँखा अस्पताल, ब्रह्मायणीस्थित अन्तरङ्ग सेवामा भर्ना भएका बिरामीको अवस्था, आईसीयूलगायतको अवलोकन गर्नुभयो ।
अनुगमनमा चिकित्सा सेवा महाशाखा प्रमुख डा. खगेश्वर गेलाल, स्वास्थ्य मन्त्रालय कम्युनिटी नर्सिङ यमुना भण्डारी, आर्युवेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँका शल्य चिकित्सक डा. रविन भुषाल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायणबहादुर कार्की, भक्तपुर अस्पतालका नि. अस्पताल निर्देशक डा. सुरेन्द्र भट्ट, वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका विशेषज्ञ चिकित्सक डा. रन्जितकुमार माकजु, प्रदेश जनस्वास्थ्य प्रयोगशाला डा. श्वेता झा, भक्तपुर अस्पतालका नर्सिङ अधिकृत रोशनी श्रेष्ठ, वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत स्वेता मानन्धरलगायतको उपस्थिति रहेको थियो ।
Leave a Reply