भर्खरै :

काण्डै काण्डको इतिहास रच्नेहरू

काण्डै काण्डको इतिहास रच्नेहरू

शासक पार्टी सबै हेर
कुर्सीमै टाँसिरहन व्यस्त
पदीय दायित्व दुरूपयोग गरी
धन कमाउनमै व्यस्त ।।

काण्डै काण्ड धमिजा, चेज एयर काण्ड
लाउडा काण्ड, चिनी काण्ड
पजेरो काण्ड, सुरासुन्दरी काण्ड
शासकहरूको करामत ।।

मल काण्ड, सुन काण्ड,
टेरामेक्स प्रविधि खरिद काण्ड,
दोहोरो नगरिकता अभियोग काण्ड,
सहकारीको खर्बाैँ लुट काण्ड ।।

सेना समायोजन काण्ड, सेरा दरबार काण्ड
खराब ठेकेदार काखी च्यापी राख्ने
कमिसनमा डुबिरहने मन्त्री, प्रम
सबै विदेशीको दलाल ।।

नेपाली नागरिकता विदेशीलाई दिने
देशघाती सन्धि गर्ने
प्रजातान्त्रिक सरकार
सबै देशघाती ।।

गिरीबन्धु चिया बगानमा
देउवामात्र होइन
ओली पनि जोडे रे
सुशासनको नारा दिएर ।।

ललिता निवास जग्गा काण्ड
नेता, कार्यकर्ता, मन्त्री, प्रधानमन्त्री
भूमाफिया हेर
ओलीको प्रिय पात्र ।।

कोभिडको समय भ्रमण वर्षमा
सामान खरिद गर्दा
पोखरेल, ढकाल, भट्टराई, अर्याल
अर्बाैँको भ्रष्टाचारी
बालमन्दिर, गोकर्ण रिसोर्ट
जग्गा बहाल काण्डमा
सरकारमा बस्ने नेताहरू ।।

अग्रपङ्क्तिमा नक्कली भुटानी शरणार्थी काण्ड
क्विन्टल क्विन्टल सुन काण्ड
भिजिट भिसा काण्डहरू
किन चुपचाप ?

पोखराको १३५ रोपनी जग्गा
स्वार्थी समूहलाई दर्ता गर्न
७८ लाख लिने गुप्ता पनि
अभियुक्त देखिए ।।

‘कम्युनिस्ट’ भूमि व्यवस्था मन्त्री
बलराम अधिकारी
३२ लाख घुस लिएको
अडियो छताछुल्ल भयो ।।

शासक पार्टीका नेता कार्यकर्ता
मन्त्री प्रधानमन्त्रीहरू
देशको ढुकुटी ब्रह्मलुट गर्ने
काण्डै काण्डका इतिहास रच्नेहरू !

Leave a Reply

Your email address will not be published. Required fields are marked *