कवि र कविताबारे
- फाल्गुन १९, २०८२
प्राचीनकालमा म युपिग्राम नामले प्रसिद्ध थिएँ
‘ललितपुरको प्रतिस्थापना गर्ने बरदेब थिएँ
सर्वप्रथम मलाई स्वतन्त्र राज्य बनाउने विष्णुसिंह थिए
अनि सबैको आस्थामा थिएँ, हृदयमा थिएँ
श्रमदानको इतिहास सिर्जना गरेर
यो पुण्त्ूमिमा शिखर शैलीको कृष्ण मन्दिर निर्माण गर्ने
मजबुत कलाकृति धार्मिक सम्पदालाई
सम्पूर्ण जगतमा फैलाउने सिद्धिनरसिंह मल्ल
निर्माण गरियो कलापूर्ण प्रसिद्ध भीमसेन मन्दिर
‘नेपालेश्वर’ नामले परिचित निवास मल्लले
राष्ट्रको संस्कृति पहिचान गर्न माणिमण्डप बनाएर
आफ्नो मुद्रामा सङ्गीत पारगत लेख्ने योगनरेन्द्र मल्ल
ऐतिहासिक कला साधनाका स्मारकहरू
यो श्रमभूमिका श्रमिकहरूको मेहनतको फल हुन्
मेरो यो प्रत्येक मन्दिरका टल्केका गजुरहरूभित्र
प्राचीन संस्कृति झल्किरहन्छन् ।
बचाइराख्यो मल्लकालीन संस्कृति
मेरो सांस्कृतिक नगरका परिश्रमिकहरूले
हरेक गल्लीभित्र मेरो रमणीय चोक छ
जहाँ लोकगीत लोकनाच प्रदर्शन हुन्छ ।
कति गौरव लाग्छ, मलाई यो भूमण्डलको
प्रसिद्ध लामो मच्छिन्द्रनाथको जात्राको शान
कति महत्व छ जावलाखेलको चिडियाखानाको करामत
प्रत्येक आगन्तुक दर्शकहरूलाई मन्द मुस्कान गराउँछ ।
आउँछन् विश्वका पर्यटकहरू मेरो आँगनमा
मोहित हुन्छन् इँटको कलापूर्ण महाबौद्ध मन्दिर अवलोकन गरेछ
यो नवयुगको आकाशमा यो सहर प्रगतिपथमा लम्किरहेको छ
सामाजिक परिवर्तनको जागरणतिर बढिरहेको छ
कुशल कालीगडहरूको सहर भने चिनिन्छ विश्वमा
एक ऐतिहासिक उपमहानगरपालिका भनेर परिचित हुँ म
नौलो सिर्जना, नौलो अभियानको आह्वानले गुञ्जिरहेको बस्ती
श्रमिकहरूको त्याग, तपस्या, योगदान गरेको पवित्रभूमि हो ललितपुर ।
Leave a Reply