सम्पदाको संरक्षण र संवद्र्धन गर्न हामी नै सक्षम हुनुपर्छ
- बैशाख ५, २०८३
सामान्यतः कुनै पनि दलभित्रको आन्तरिक द्वन्द्व अरु दलको निम्ति चासोको विषय हुँदैन । तर, प्रश्न उठ्छ, आन्तरिक द्वन्द्व केको निम्ति या आन्तरिक द्वन्द्व किन ? अहिले सरकारमा रहेका नेका, एमाले र सत्ताबाट च्युत भएका माओवादी केन्द्रभित्र पार्टी नेतृत्व हाँक्ने विषयमा द्वन्द्व चर्किएको छ । विशेषतः यस्ता द्वन्द्वहरू पार्टीको सम्मेलन या महाधिवेशनमा हुन्छ । सत्तासीन दलको भ्रातृ सङ्गठनहरूमा त नेतृत्वको निम्ति मारपिट र मेच हानाहान नै हुन्छ । सत्तासीन पार्टीमा नेतृत्वको निम्ति भएको होडबाजीले गर्दा दलभित्र गुट उपगुट देखिएको छ । पार्टी नेतृत्वको निम्ति अहिले एमाले र नेकाभित्रको आन्तरिक द्वन्द्व सतहमा आएको छ । सत्तासीन ठुला दलका नेताहरू पदको निम्ति किन तँछाडमछाड गर्छन् ? के उनीहरूको होडबाजी देश विकास गर्न र जनताको सेवा गर्न हो ? समाज परिवर्तनको निम्ति उनीहरूको होडबाजी हो ?
पार्टी नेतृत्व गर्ने सन्दर्भमा अहिले एमालेभित्र ओली पक्ष र विद्यादेवी भण्डारी पक्ष देखिएको छ । हालका पार्टी अध्यक्ष केपी ओली नेतृत्व नछोड्ने अडानमा छ भने पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा लागेर पार्टी अध्यक्ष बन्ने चाहना छ । एमालेको हालै बसेको बैठकले उक्त कुरा पुष्टि गरेको छ । सचिवालय बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने पहिलेको निर्णयलाई संशोधन गरेको छ । यसबाट एमाले अध्यक्ष केपी ओलीले आफू पुनःअध्यक्ष र प्रधानमन्त्री पदमा दुई कार्यकालको व्यवस्था योजनाबद्ध रूपमा संशोधन गर्न लागेको स्पष्ट छ ।
पार्टीले कुनै निर्णयमा सुधार गर्नु स्वाभाविक हो । प्रश्न उठ्छ, हिजो किन ७० वर्षे उमेरहद राख्ने र दुई कार्यकाल मात्र पार्टीको नेतृत्व गर्न पाउने निर्णय ग¥यो ? अहिले किन संशोधन ? यसले एमालेका नेताहरू दूरदर्शी नभएको थाहा हुन्छ । हिजो कुन नेतालाई फाल्न या हटाउन उमेरहद र दुई कार्यकालको निर्णय भयो ? हिजो उमेरहद ठीक, आज कसरी बेठीक भयो ? हो, पार्टीको नेतृत्व गर्ने सवालमा उमेरहद तोक्नु उपयुक्त होइन; न त दुई कार्यकाल तोक्नु नै ठीक हो ? कसैलाई राख्न र हटाउनको निम्ति उमेरहद राख्ने काम उपयुक्त मानिँदैन । पार्टीको नेतृत्व कसैको रहर र लहडमा ल्याइने होइन । त्यो पार्टीको आवश्यकताअनुसार हुन्छ ।
कुनै व्यक्ति पदमा रहँदा पदअनुसार दायित्व निर्वाह गर्नु स्वाभाविक हो । पदमा रहुञ्जेल राष्ट्रपतिले राष्ट्रपतिको र सभामुखले सभामुखको जिम्मेवारी बहन गर्नु अन्यथा होइन । त्यसबेला राष्ट्रपति र सभामुखले कुनै दलको स्वार्थमा काम गर्नु हुँदैन । कुनै दलमुखी भएर अभिव्यक्ति दिनु हुँदैन । यस्तो अनुभूति अरु दल र दलका सांसदहरूलाई दिन हुँदैन । तर, कति सभामुखहरू सत्तारुढ दलको पक्षमा उभिएका हुन्छन्† सरकारले ल्याएको विधेयक गलत भए पनि पास गर्नेतर्फ लाग्छन् । सभामुखले सरकारमा नरहेका दलका नेता तथा सांसदहरूको कुरा त्यति सुन्दैनन् ।
माथिल्लो पदमा पुगेका कुनै नेता तथा कार्यकर्ता के त्यो पद या जिम्मेवारी पूरा भएपछि तल्लो पदमा रहेर काम गर्न मिल्दैन ? पार्टीले निर्णय गरेर आवश्यकताअनुसार उपयुक्त ठाउँमा राख्न सक्छ । एक समय सांसद भएका व्यक्ति नगर प्रमुख बन्न सक्छ; नगर प्रमुख भएका व्यक्ति वडाध्यक्ष बन्न सक्छ । गाउँपालिका अध्यक्ष भएका व्यक्ति वडा सदस्य बन्न सक्छ । माथिल्लो तहको व्यक्ति तल्लो पदमा बसेपछि इज्जत जान्छ भन्ने कुरा होइन । बरु उसको इज्जत बढ्छ । यसले जनताको सेवा गर्न या जनताबिच भिज्न अरु थप सहयोग गर्छ ।
नेतृत्वको सवालमा नेकाभित्र पनि आन्तरिक मतभेद सुरु भएको छ । नेतृत्वकै विषयमा चर्चा परिचर्चा भएसँगै एक दलका नेताहरू अर्काे दलका नेताहरूसँग भएको भेटघाटले पनि दलभित्र आशङ्का बढेको देखिन्छ । नेकाको नेतृत्व शेखर कोइरालाले गर्ने चर्चा छ । नेकामा उपगुटमा लागेका नेकाका नेताहरूलाई पाखा लगाएपछि आन्तरिक विवाद चर्केको देखिन्छ । एमालेका अध्यक्ष ओली आफ्नो कार्यकाल सकेलगत्तै देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने कुरा फुकिरहेको बेला नेकाका अर्का नेता प्रम हुने चर्चाले नेकाभित्र पनि रडाको मच्चिएको छ ।
हरेक राजनीतिक दलका नेताहरू दूरदर्शी हुनुपर्छ । सिद्धान्त र विचारको राजनीतिमा लाग्नुपर्छ । कुनै व्यक्तिको स्वार्थको निम्ति दलले छिनछिनमा नीति फेर्ने या संशोधन गर्ने बुद्धिमानी होइन । दलभित्र नेताहरूको आन्तरिक द्वन्द्व पद र पैसाको निम्ति हुनुहुँदैन । कुनै दलका नेताले सिद्धान्त र विचार छोड्छ, लात मार्छ भने समयमै खबरदारी गर्नुपर्छ । दलका शीर्ष नेताहरू नै भागबन्डाको राजनीतिमा लागेर, अवसरवादी भएर पद र पैसामा भुलेका हुन् । यसले नेता तथा कार्यकर्ताहरूमा गलत सन्देश जानेछ । नेता तथा कार्यकर्ता अन्योलमा पर्छ; दुविधामा पर्छ । द्वैधचरित्रका नेता, कार्यकर्ताहरूले सही दिशा निर्देश गर्न सक्दैनन्; स्पष्ट विचार जनतामाझ लान सक्दैनन् । यसले समाज पछि पर्छ; समाज परिवर्तनमा बाधा पर्छ ।
Leave a Reply