भर्खरै :

वल्र्ड युथ सभात च्याम्पियनशिपमा नेपालका बसिल त्वायनालाई रजत पदक

वल्र्ड युथ सभात च्याम्पियनशिपमा नेपालका बसिल त्वायनालाई रजत पदक

काठमाडौँ, ११ साउन । उज्बेकिस्तानको ताशकन्ट सहरमा जुलाई २३ देखि २७ सम्म आयोजना भएको वल्र्ड युथ सभात च्याम्पियनशिपमा नेपालका बसिल त्वायनाले रजत पदक जित्नुभएको छ ।
प्रतियोगिताको दोस्रो दिन ८०–८५ केजी तौल समूहमा उज्बेकिस्तान, फ्रान्स, अजरबैजान र नेपालका खेलाडीबिच लीग चरणमा खेलाइएको खेलमा नेपालका बसिलले पहिलो खेलमा आयोजक उज्बेकिस्तानका खेलाडी जीदीरोभ मोहम्मदलाई हराई ३ अङ्क हासिल गर्नुभयो, दोस्रो खेलमा अजरबैजानको खिलाडी मेहमेद सुलेमनोभलाई पराजित गरी ६ अङ्क बटुली तेस्रो खेलमा फ्रान्सका खिलाडी मलभिन पेरीईले वाकओवर दिँदा ९ अङ्क बटुली उहाँ फाइनलमा प्रवेश गर्नुभएको थियो ।
७ अङ्क बटुली फाइनल प्रवेश गरेका फ्रान्सकै खेलाडी मलभिन पेरीईबिच तेस्रो दिन भएको फाइनल खेलमा नेपालका बसिल पराजित भई रजत पदकमा चित्त बुझाउनुपरेको थियो । करिब दुइ वर्षअगाडि मात्र नेपाल भित्रिएको यस सभात खेलको विश्व प्रतियोगितामा आफ्नो खेलाडीले सभातको पावर हाउस मानिने देशहरूलाई पराजित गरी सभात खेलको जन्मदाता देश फ्रान्सको खेलाडीसँग फाइनलमा उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । नेपाल साभातका संस्थापक अध्यक्ष तथा टीम कोच एवं एसियन सभात कन्फिडेरेसनका कार्यकारी सदस्यसमेत रहेका लक्ष्मण बस्नेत बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *