भर्खरै :

जेलका चिठीहरू

जेलका चिठीहरू

शोभा झिसमिसेसँगै उठ्छिन् । घर बढार्र्दै कुरा खेलाउँछिन्, “आज जेलका बन्दीहरूसँग आफन्तलाई भेट्न दिने दिन छ ।” राज्य नै लागेर भक्तपुर काण्डको षड्यन्त्रको जालोमा अरु कैयौँ नेता कार्यकर्तासँगै फसाइएका आफ्ना श्रीमान्लाई भेट्न साना दुई छोराहरूलाई सँगै छेउमा बसाएर श्रीमान् जेलको दण्डी खापाभित्र र शोभा आफू बाहिर उभिन् । तिनले घरबाट भनिन्, “षड्यन्त्रकारी, अत्याचारी, पापीहरूले तपाईँलाई पनि धेरै शारीरिक मानसिक यातना दिए होला । अहिले तपार्इँलाई कस्तो छ ?
दुबै छोरा अगाडि आएर बा भन्दै तोलाएर बसे । छोराहरूको गाला, कपाल सुम्सुम्याएर तिमीहरू ज्ञानी भएर राप्रोसँग पढ्नुपर्छ । भोलि असल मान्छे बनेर देशको निःस्वार्थ सेवा गर्नुपर्छ है ¤ शोभालाई पनि सान्त्वना दिँदै श्रीमान्ले भने, “ शोभा यस्तो बेला आँसु बगाउने, रुन्ने होइन बरु लड्ने हो । मलाई तिमीले सोचेजस्तै त्यस्तो खासै शारीरिक र मानसिक यातना दिएन । भित्र किसान भाइहरूलाई हुनसम्मको यातना दिन्थ्यो । तर, शोभा, मलाई ती भाइहरूदेखि खुसी र गर्व लाग्छ । ती भाइहरू राज्यको अगाडि झुकेनन् । संसारमा साम्राज्यवादी उपनिवेशवादी, विस्तारवादी, सामन्त, पुँजीवादी राज्यसत्ताले देशभक्त कम्युनिस्ट नेता, कार्यकर्ता र दललाई डुबाउन यस्तो षड्यन्त्रको हतियार प्रयोग गरेको धेरै इतिहास पाइन्छ । यो षड्यन्त्रको भण्डाफोर गर्न सबैको सहयोगमा सत्यतथ्य कुरा जनतालाई बताउनुपर्छ । यसबाट उनीहरू जनता र विश्वमाझ नाङ्गिन्छन् । यो चिठी घरमा लगेर राम्रोसित पढ्नू । यो चिठीले तिमीलाई ऊर्जा मिल्नेछ । जेलका चिठीहरू लिँदै श्रीमान्सँग बिदा लिएर शोभा छोराहरूसँगै घर फर्किन् ।
घरमा साँझको भान्छा सकिएपछि जेलका चिठीहरू शोभाले खोलेर पढिन्,“प्रिय शोभा ¤ मधुर सम्झना ¤ मेरो स्वास्थ्य झन्झन् राम्रो हुँदै आएको छ । घरमा आमा, छोराहरूको स्वास्थ्यमा ख्याल राख्नू । यो जेलको चिठीले तिमीलाई उत्साह र प्रेरणा दिने नै छ । यी चिठीहरूले तिमीलाई समाज, देश अनि विश्वको कला, संस्कृति दर्शन सम्यता, अर्थशास्त्र, नागरिकशास्त्र, कूटनीति, भूगोल, राजनीति, इतिहास, क्रान्तिसँग परिचित गराउनेछ । शोभा घरको काम छोराहरूसँगै घरबाट जेलमा र जेलबाट घर फर्किँदा थाकिएकीले बाँकी अरु जेलका चिठीहरू पछि पढ्ने मनमा अठोट लिइन् । जेलका चिठीहरूलाई सिरानीमुनि राखेर शोभा छोराहरूसँगै सुतिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *