सम्पदाको संरक्षण र संवद्र्धन गर्न हामी नै सक्षम हुनुपर्छ
- बैशाख ५, २०८३
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिकी लग्दाको मानव बेचबिखनविरूद्धको मुद्दा अहिले पनि टुङ्गो लागेको छैन । घटना यथार्थ भए पनि अहिलेसम्म अपराधीहरूमाथि किन कारबाही हुँदैन ? अभियोग लागेको आधारमा पक्राउ गर्नुमात्रै सजाय होइन । अभियोगअनुसार उनीहरू कारबाहीमा पर्नुपर्छ† कारबाही गर्न सरकार अघि बढ्नुपर्छ । तर, सरकार मौन छ । उक्त घटना सेलाउन नपाउँदै नेपालीलाई भारतीय नागरिक बनाएर हङकङको तस्करी बनाउन लागेको खबर प्रकाशमा आयो । नेपालीलाई भारतीय राहदानी बनाइदिएर हङकङ उडाएबापत ३ देखि ५ लाखसम्म असुली गरेको खबर पनि छापामा आयो । मानव तस्करी र चेलिबेटी बेचबिखनविरूद्ध विभिन्न गैरसरकारी संस्था पूर्वी सीमा काँकडाभिट्टामा रहे पनि, नेपाल–भारत सीमा नाकामा प्रहरी पोस्ट भए पनि सात युवती र दुई युवा मेची नदी पार गरी भारत छिरे । ती युवतीहरूलाई हङकङ पठाउने तयारी थियो । १६ देखि २१ वर्षका ती युवतीहरूसँग भारतीय राहदानी थियो । अहिले उनीहरूको अनुसन्धान भइरहेको छ । उनीहरूलाई भारतीय नागरिक बनाएर हङकङतिर लान खोजेको कुरा प्रस्ट छ । यो अर्को मानव बेचबिखनको पछिल्लो दृष्टान्त हो । यसमा युवतीसँगै रहेका दुई युवाहरूको मात्र होइन अन्य ठुलाबडा वा शासक दलका मान्छेहरूको हात हुने सम्भावना नकार्न सकिँदैन । यस्ता घटनाहरू बारम्बार दोहोरिरहेका छन् ।
नेपाल–भारत खुला सीमाको कारण भारतीय आपराधिक व्यक्तिहरू नेपालमा र नेपालका आपराधिक व्यक्तिहरू भारततिर छिरिरहेका छन् । नेपाल–भारत सीमा व्यवस्थित नभएको हुँदा महिला बेखबिखन बढ्दो छ† बालबालिका बेपत्ता पार्ने, लोभ देखाएर महिलालाई बेश्यालय पु¥याउने, भारत लगी बेहोस पारेर मृगौला लिने घटनाले त्यस्तै गिरोहका पेशेवरहरू सक्रिय भइरहेको थाहा हुन्छ । यसले भारतको सिलिगुडी, बागडोगरालगायत क्षेत्रमा नक्कली आधार कार्ड र राहदानी बनाउने गिरोहहरू सक्रिय भइरहेको थाहा हुन्छ । यस्ता गिरोहले मोटो रकम लिएर भारतीय कागजात तयार गरेको थाहा हुन्छ । मानव तस्करीमा संलग्न गिरोहले भारतीय राहदानीसहित हङकङ उदाएबापत प्रतिव्यक्ति ३ देखि ५ लाख रूपैयाँसम्म असुल्ने गरेको चर्चा छ ।
नेपाली नागरिकले दुई देशको परिचयपत्र वा राहदानी राख्न नपाउने व्यवस्था छ । विदेशी नागरिकको हकमा विदेशी नागरिकलाई देश निकाला गर्न सकिने बन्दोबस्त छ । सम्भवतः त्यही प्रावधानअनुसार कति नेपालीलाई हत्कडी लगाएर विदेशबाट स्वदेश पठाइरहेको तस्बिर सामाजिक सञ्जालमा आएको थियो । मानव बेचबिखनका यस्ता अमानवीय क्रियाकलाप नियन्त्रण गर्ने या हतोत्साही पार्ने सरकारको केही अभियान छैन । कहिले बालबालिका चोर्ने, कहिले बेपत्ता पारेर लाखौँ रकम असुल्ने त कहिले बेश्यालय पु¥याएर कष्टकर जीवन बिताउने महिलाको व्यथा र पीडा सरकारले कहिले बुझ्ने ? आजभोलि नक्कली जोगी बनेर ठग्ने, विदेशमा राम्रो जागिर पाउँछ भनेर विदेश लगी बेच्ने र विदेशमा पुगेपछि शारीरिक र मानसिक यातना भोग्न बाध्य महिलाहरूको दुःख कष्टको स्वर हामीले विभिन्न सामाजिक सञ्जालमा पाउँछौँ, देखिरहेका छौँ । अनेक प्रलोभनमा भारतीय नागरिकले नेपाली नागरिकसँग बिहे गरेर सडकमा ल्याएर भारतीय पतिले नेपाली पत्नीलाई शारीरिक यातना दिएर बेहोस पार्दै छोडेको, युवाहरू मिलेर नेपालीलाई कुटपिट गरी मारेको घटना पनि हामी सञ्चारमाध्यममार्फत देखिरहेका छौँ । यी यावत घटनाबाट नेपाली युवा र महिलाहरू प्रताडित छन् । के यी नेपालीहरूको समस्याबारे सरकारले चासो लिनुपर्दैन ? यस्ता घटना दोहोरिन नदिन आवश्यक प्रक्रिया अघि बढाउनुपर्दैन ?
अतः नेपाल सरकारले नेपाल–भारत खुला सीमा व्यवस्थापन गर्नुपर्छ । आपराधिक घटनाहरू दोहोरिन नदिन जनजागरण अभियान सञ्चालन गर्नुपर्छ । भ्रष्टाचारी, कमिसनखोर, अपराधीहरूलाई कडा कारबाही गर्नुपर्छ । तर, विडम्बना ! शासकहरू अपराधीहरू मुक्त गर्न लाग्छन् । कहिले के जन्मोत्सव र संविधान दिवस भनी थुनामा परेका डाँका, ज्यानमारा, चोर या त्यस्तै अन्य अपराधमा मुछेका व्यक्तिहरूलाई छोड्छन् । अनि उही सरकार विधिको सरकार, सुशासनको निम्ति लागेको भनी फुक्छ । यसैबिच दिल्ली हुँदै खाडी मुलुक पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार गरिएको खबर पनि छापामा आयो । थाहा नपाएको या प्रचारमा नआएका यस्ता घटना कति छन् कति ? यसले थाहा हुन्छ, मानव तस्कर भइरहेको छ; मानव बेचबिखन भइरहेको छ । यसको रोकथाम गर्न सरकार लाग्नुपर्छ ।
Leave a Reply