नेपालमा मिस्र (इजिप्ट) को इतिहास दोहोरिन सक्छ ?
- भाद्र २५, २०८२
वैदेशिक रोजगार बोर्डले विदेश काम गर्न गएका नेपालीहरूबाट उनीहरूकै हितको निम्ति भन्दै प्रतिवर्ष केही रकम उठाउने गर्छ । बोर्डले आर्थिक वर्ष २०८०/८१ मा विदेशमा काम गरिरहेका ७ लाख २९ हजार ३ सय ९६ जना नेपाली कामदारबाट रु. १५०० का दरले १ अर्ब ९ करोड ४० लाख ९४ हजार रुपैयाँ उठायो । तर,बोर्डले सो आम्दानीको स्रेस्ता कागजात तयार नपारी रकम हिनामिना गरेको खुलासा भयो । वैदेशिक रोजगार बोर्डले आर्थिक वर्ष २०८०/८१ र २०८१÷८२ मा त्यसरी उठाएको रकममध्ये करिब २० करोडभन्दा बढी रकम विदेश भ्रमण, विलासी गाडी खरिद र अनावश्यक कार्यक्रममा खर्च गरेको सार्वजनिक भयो । अहिले महालेखा परीक्षकको कार्यालयले अनियमितता गरेको आशङ्कामा वैदेशिक रोजगार बोर्डमाथि प्रश्न उठाएको छ ।
विदेश रहेका नेपाली कामदारबाट उठाएको रकम उनीहरूकै हितमा खर्च गर्नुपर्छ । सो रकम विदेश काममा जाने कामदारलाई सीपमूलक तालिम दिने, विदेशमा अलपत्र परेकालाई उद्धार गरेर नेपाल फर्काउने, विदेशमा मृत्यु भएका कामदारको शव नेपाल ल्याउने, विदेशमा मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिनेलगायत प्रयोजनमा खर्च गर्नुपर्छ । तर, बिदेसिएका नेपाली युवाको श्रम पसिनाबाट जोहो गरिएको रकममा बोर्डका पदाधिकारी तथा कर्मचारीहरू रजाइँ गर्दै छन् ।
नेपालमा सार्वजनिक वित्त व्यवस्थापनको प्रभावकारिता परीक्षण गर्न व्यवस्थापिका संसद्अन्तर्गत रहने गरी ःष्लष् एबचष्बिmभलत को रूपमा सार्वजनिक लेखा समितिको बन्दोवस्त गरिएको छ । यो समितिले पेश गरेको प्रतिवेदन, २०८२ मा वैदेशिक रोजगारीमा गएका नेपालीहरूमध्ये २८.१७ प्रतिशत कामदार गएको साउदी अरेवियासँग नेपाल सरकारले श्रम सम्झौता नै नगरेको उल्लेख छ । श्रम सम्झौता नै नभएको मुलुकमा नेपाली युवालाई रोजगारको निम्ति कसरी पठाइयो ?
सरकारले ‘फ्रि भिसा’ र ‘फ्रि टिकट’ को रटान लगाइरहेको छ । तर, निःशुल्क भिसा र टिकट भनिए पनि म्यानपावर कम्पनीका दलालहरूले नेपाली कामदारसँग चर्को शुल्क लिइरहेका छन् । नेपाली युवालाई भिजिट भिसा र अध्ययनको नाममा पनि दलालहरूले विदेशी भूमिमा पु¥याइरहेका छन् । वैदेशिक रोजगार व्यवसाय सञ्चालनको अनुमति नलिएका धेरै दलाल कम्पनीहरू पनि नेपालमा क्रियाशील छन् । यो वर्ष वैदेशिक रोजगार व्यवसाय सञ्चालनको इजाजतपत्र नलिएका तथा शैक्षिक परामर्श सेवा र भाषा शिक्षणको अनुमति मात्र लिएका ३ परामर्शदाताले १८३ जना नेपालीबाट रु. ५९ करोड ५६ लाख रुपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागको विवरणमा उल्लेख छ ।
सरकारले नेपाली युवालाई न सीप दियो न भाषा सिकायो । विगत पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका २२ लाख ८८ हजार २६ जना नेपालीमध्ये पाँच वर्षको औसत प्रवृत्तिलाई विश्लेषण गर्दा उच्च दक्षतायुक्त ०.०३ प्रतिशत, पेशाविद् ०.१३ प्रतिशत, अर्धदक्ष ८.७५ प्रतिशत, दक्ष ३६.५१ प्रतिशत र अदक्ष कामदार ५४.५८ प्रतिशत रहेका छन् । यसरी सीपबिना विदेशी भूमि पुगेका नेपाली युवा त्यहाँका स्थानीयले नरुचाएका, गाह्रो, फोहोर र खतरा काम गर्न बाध्य छन् । कतिपय नेपाली युवा काम गर्दागर्दै कार्यस्थलमै थला पर्छन् । कतिपय नेपाली युवाको लास बाकसमा प्याक भएर नेपाल भित्रिरहेको छ । भाषिक समस्याले नेपाली युवा विदेशी भूमिमा अलमलमा पर्छन् । कतिपय नेपाली युवा विदेशी जेलमा समेत परेका छन् ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले २०७३ चैत ५ देखि १४ गतेसम्म खाडीका ४ देश साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्समा स्थलगत भ्रमण गरेको थियो । समितिको प्रतिवेदनअनुसार करिब ९ लाखभन्दा बढी नेपाली महिला खाडी मुलुकमा घरेलु श्रमिक बनेर काम गर्दै छन् । दलालहरूले नेपाली चेलीलाई भिजिट भिसामार्फत विभिन्न मुलुक पु¥याएर बेचबिखनसमेत गरिरहेका छन् । कतिपय नेपाली चेलीहरूलाई नक्कली भारतीय कागजात बनाएर भारतबाट खाडी पु¥याइएको छ । घरेलु कामदारका रूपमा पुगेका नेपाली चेलीहरूले घरमालिकको यातना सहन नसकेर आत्महत्यासमेत गरेका छन् । विदेशी भूमिमा नेपाली चेलीहरू कष्टसाध्य काम गर्न बाध्य छन् ।
समितिले सम्बन्धित मुलुकले घरेलु श्रमिकसम्बन्धी ठोस कानुन नबनाएसम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगरेसम्म खाडी मुलुकमा नेपाली श्रमिक पठाउने कार्य पूर्णतः बन्द गर्न मन्त्रिपरिषद्लाई निर्देशन दिएको थियो । तर, पनि सरकारले अवैध तवरले जाने श्रमिकलाई रोक्ने प्रयास गरेन । उल्टो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित, मर्यादित र श्रमिकको हितअनुकूल बनाउने बहानामा थप देशसँग श्रम सम्झौता गर्ने कार्यलाई अगाडि बढाउने निर्णय ग¥यो । सरकार जसरी पनि नेपाली युवालाई विदेश पठाउने प्रपञ्च गर्दै छ । यसले नेपालको हित गर्दैन ।
दलाल म्यानपावर कम्पनीबाट कमिशन खान पल्केका शासकहरूले “नेपालमा केही छैन, यहाँ केही गर्न सकिँदैन, आफ्नो भविष्य बनाउन विदेश जानुपर्छ” भन्ने विचार नेपाली युवाहरूको मस्तिष्कमा भर्दै छन् । साम्राज्यवादी तथा पुँजीवादी देशका बहुराष्ट्रिय कम्पनीहरूलाई सस्तो ज्यामी चाहिन्छ । यसकारण, नेपालजस्ता विकासमा पछाडि परेका मुलुकका युवाहरूको दिमागमा उनीहरूले यो विचार भर्दै छन् । नेपाली युवा लर्को लागेर विदेशी भूमिमा जानुको तात्पर्य यही हो । आम्दानी नभएका, हातमुख जोर्न धौ धौ परेका र रोजीरोटीको कुनै उपाय नभएकाहरू भारत र खाडी मुलुक पुग्छन् । नेपालमा राम्रो घर भएका, मनग्ये जग्गा जमिन भएका र आम्दानी राम्रै भएकाहरू पनि विदेश भासिँदै छन् । उनीहरूको रोजाइमा युरोप, अमेरिका, अस्ट्रेलिया, जापानजस्ता देश पर्छन् ।
हिमाल, पहाड, तराई समेटिएको नेपाल प्राकृतिक सम्पदाले सुन्दर र सम्पन्न छ । जलस्रोतको अपार भण्डार, मनग्ये आम्दानी गर्न सकिने कृषि भूमि, जडीबुटीको भण्डार, पर्यटक लोभ्याउने मनमोहक दृश्य नेपालको प्रगतिका आधार स्तम्भ हुन् । यस्तो देश नेपालका युवालाई शासकहरूले विदेशीको चाकरीमा समर्पण गर्दै छन् । नेपाली युवा विदेश मोह त्यागेर आत्मनिर्भर नेपाल निर्माणमा लाग्नु जरुरी छ ।
२०८२ साउन २४
Leave a Reply