लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, २९ साउन । निजामति सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ प्रावधानमा भएको छलछामबारे ‘राजनीतिक र नैतिक जिम्मेवारी बोध’ गरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले पदबाट राजिनामा दिनुभयो । ‘राजनीतिक परम्परा र नैतिक रूपले’ राजिनामा दिएको भन्नु आफूले अपराध गरेको अनुभव गरी पश्चाताप गरेको अर्थ लागेको होइन र ? समिति सभापतिले आफ्नो कमजोरी स्वीकार गर्नुभयो, तर छलछाम गर्नेहरू किटान गर्नु भएन, किटान गर्नु जरुरी छ ।
नेपाली जनताको घर घरमा अहिले प्रश्न उठिरहेको छ, ‘कम्युनिस्ट दाबी गरेका सरकारमा गएका पार्टीहरूभित्र ‘अन्तरद्वन्द्व’ चर्किएपछि तिनका नेताहरू वार कि पारको स्थितिमा पुगे र ‘वाम एकता’ खोक्दै छन्’ । यतिबेला शासक दल र तिनका नेताहरूलाई देश बनाउने फुर्सद कहाँ हुन्छ ? देशको आयस्रोतमा आँखा गाड्ने तथा भ्रष्टाचारी एवम् अपराधीहरूलाई संरक्षण गर्ने शासक दलका नेताहरूको ध्यान देश विकासमा कहिले जाने हो ? आफ्नो देशको कारखाना निजीकरण गर्ने, देशका युवा र विद्यार्थीलाई विदेशको रोजगारी र अध्ययनमा पठाउने शासक दलहरू देश विकासमा अघि बढ्लान र ?
सरकारमा गएका दलमा देशभक्ति तथा निःस्वार्थ एवम् इमानदारीका साथ देश र जनताको सेवा गर्ने भावनाको अभाव भयो । दल ठुलो हुनु वा सरकारको नेतृत्व गर्नु वा मन्त्री हुनु नै दलको मापन होइन । दल ठुला वा पुरानो वा नयाँ भए पनि सरकारको नेतृत्व पटक पटक गरे पनि देशभक्त र इमानदार नेताहरूको अभाव यथावत रहेको ३५ वर्ष लामो बहुदल, लोकतन्त्र, गणतन्त्रबाट पुष्टि भयो । यतिबेला देशमा बिचौलियाको रजगज यथावत छ । शासक दलहरूले निःस्वार्थ रूपमा राजनीति गरेको सन्देश दिने कहिले ? देशको मुहार फेर्नेतर्फ शासकहरू कहिले लाग्ने ?
२०८१ साउन ९ गते भएको सौर्य विमान दुर्घटनाबारे गठित छानबिन समितिले झन्डै १ वर्ष लगाएर तयार पारेको प्रतिवेदनमा दुर्घटनामा निधन भएका विमानका सहचालकलाई दोषी देखाइएको छ । यसबारे एउटा न्यायिक छानबिन समिति बनाएर दोषीलाई कारबाही गर्न र हवाइ सेवा सुरक्षित एवम् सुनिश्चित गर्नतर्फ सरकार लाग्नु आवश्यक छ ।
सरकारले वर्षा मौसमको बिजुली भारतलाई बेच्ने होइन नेपाली जनतालाई घरेलु उपयोगको लागि सस्तोमा दिनु पर्दछ र ग्यास, तेल आयातमा भइरहेको देशको व्यापार घाटा घटाउनुपर्दछ ।
गत महिना प्रकाशित भएको एसईई नतिजामा सरकारको गम्भीर त्रुटी भएको यथार्थ २७,३१५ विद्यार्थीको पुनर्याेग निवेदन दर्ता र सोमध्ये ८६० जनाको ग्रेड हेरेफेर भएबाट पुष्टि हुन्छ ।
झापामा २९ बिघा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउने अधिकारीहरूमाथि के कस्तो कारवाही भइरहेको छ ? वैदेशिक रोजगारीको नाममा सरकारले युद्धभूमि इजरायल पठाएका २५ सय जना नेपालीसँग भारत सरकारको पासपोर्ट कसरी भयो ? नेपालीलाई लाखौँ खर्च गराएर भारतीय राहदानी किन लिन लगाइयो ? नेपालीलाई श्रीलङ्का, थाइल्याण्ड, रोमानिया, मोल्डोभा, साइप्रस हुँदै इजरायल रोजगारीमा किन पठाइयो ? यसबारे सरकारले स्पष्ट जवाफ दिनु आवश्यक छ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८२ साउन २९ गते प्रतिनिधिसभाको शून्य समयमा व्यक्त गर्नुभएको मन्तव्यको सार : सं)
Leave a Reply