दसैँ बिदाको सही सदुपयोग गर्नुपर्ने
- आश्विन १०, २०८२
भक्तपुर, ३१ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा शनिबार एक समारोहबिच अभिभावक प्राध्यापक भेटघाट कार्यक्रम सम्पन्न भयो ।
कलेजको सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पदेखि हालसम्म भक्तपुरका १६९ वटा सम्पदाहरूको पुनर्निर्माण कुनै पनि विदेशी दातृ निकायको सहयोगविना भक्तपुरकै जनताको राजश्व र मेहेनतले सम्पन्न भइसकेको बताउँदै यो एक प्रकारको सांस्कृतिक क्रान्ति हो भन्नुभयो । सन् २००१ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले घोषणा गर्नुभएको ‘एक घर एक स्नातक’ नीतिको आधारमा वि.सं २०५६ सालमा ख्वप उच्च माध्यमिक विद्यालयको स्थापना भई हाल भक्तपुर नगरपालिकाले सात वटा शैक्षिक सस्थाहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो । देश र जनताको सेवामा यी संस्थाहरूबाट उत्पादित जनशक्तिहरूले इमानदारीपूर्वक सेवा गरिरहेको चर्चा गर्नुभयो ।
सन् २०१९ को कोरोना महामारीको समयमा भक्तपुर नगरपालिकाद्वारा अक्सिजन प्लान्ट स्थापना गरेको र उक्त अक्सिजन प्लान्ट स्थापनाको लागि जनताले आर्थिक र नैतिकरुपमा सहयोग गरेको चर्चा गर्दै हाल ख्वप अस्पतालमार्फत निःशुल्क अक्सिजन वितरण र नगरवासीलाई रगत पनि निःशुल्क वितरण गर्दै आइरहेको बताउनुभयो । देशको लागि अति महत्वपूर्ण इतिहास, भूगोल, राजनीतिशास्त्रलगायतका विषयमा हालसम्म २५० जना विद्यार्थीहरूलाई विद्यावारिधि अध्ययनको लागि भक्तपुर नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको बताउनुभयो । हाल देशमा उत्पादित डाक्टर, इन्जिनियर, नर्सलगायतका बौद्धिक वर्ग विदेश पलायन भइरहेको चर्चा गर्दै देशभरका सामुदायिक कलेजहरूमध्ये अधिकांश कलेजमा विद्यार्थी अभावले बन्द हुने स्थितिमा पुगेको चर्चा गर्नुभयो । राम्रा शिक्षक एवं दक्ष जनशक्ति सबै विदेश पलायन भएपछि देश भविष्य कस्तो होला ? उहाँले प्रश्न गर्नुभयो । सरकारले देश र जनताको हितमा ऐन कानुन नबनाउँदा ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा एक वर्ष नर्सिङको पढाइ नै रोक्नुपरेको स्मरण गर्दै अझ मेडिकल कलेज सञ्चालन गर्न ३ सय बेडको आफ्नै अस्पताल हुनुपर्ने प्रावधान रहेको, हाल भक्तपुर नगरपालिकाले १०० बेडको अस्पताल सञ्चालन गर्दै आइरहेको र थप स्तरीय बनाउँदै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका उपाध्यक्ष एवं भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूले केबल प्रमाणपत्रको लागि मात्र अध्ययन अध्यापन नगराई विद्यार्थीलाई सामाजिक तथा नैतिक ज्ञान पनि दिँदै आएको बताउनुभयो । हालका नयाँ पुस्तालाई किताबी ज्ञान मात्रले नपुग्ने हुँदा विविध विषयमा ज्ञान उपलब्ध गराउनुपर्ने बताउनुभयो । पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने नारालाई मार्गदिर्नेशक मानेर नगरको सम्पदा संरक्षणमा नगरपालिका अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्य एवं भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले भक्तपुरलाई शैक्षिक गन्तव्यस्थल बनाउने उद्देश्यले शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आइरहेको बताउँदै देश र समाजप्रति समर्पित दक्ष जनशक्ति तयार गर्ने र समाजलाई बुद्धिजिवीकरण गर्ने कार्यमा अगाडि बढिरहेको बताउनुभयो । भक्तपुर नगरको विकास एवं सम्पदा संरक्षणमा इन्जिनियरिङ कलेजले खोलेको भूमिकाबारे चर्चा गर्दै कलेजले कम शुल्कमा अध्ययन अध्यापन गराउँदै छात्रवृत्तिलगायत शैक्षिक ऋणको बन्दोबस्तसमेत गरेको बताउनुभयो ।
उक्त कार्यक्रममा कलेजको परीक्षा शाखाका प्रमुख प्रा.डा. चन्द्रकिरण कवांले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानद्वारा लिइने सेमेष्टर परीक्षाका नतिजाहरूको विश्लेषणसहितको प्रस्तुति दिनुभयो भने प्रशासन शाखाका प्रमुख सन्जय मानन्धरले अभिभावक प्राध्यापक भेलाको औतित्यमाथि प्रकाश पार्नुभयो ।
औपचारिक कार्यक्रमपश्चात् सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ शैक्षिक कार्यक्रमका विद्यार्थीका अभिभावकहरूसँग प्राध्यापक र कर्मचारीको छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित अभिभावकहरूले कलेज विकासको लागि विभिन्न सुझावहरू पनि दिनुभयो ।
Leave a Reply