अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
पृष्ठभूमि :
हालको लुम्बिनी प्रदेशस्थित रूपन्देही जिल्लामा अवस्थित पवित्र पावन भूमि लुम्बिनीमा ई.पू.६२३ को वैशाख पूर्णिमा, पुष्प पूर्णिमाको दिन माता मायादेवीको कोखबाट बोधिसत्व राजकुमार सिद्धार्थको जन्म भयो । गत वैशाख पूर्णिमाबाट बोधिसत्व सिद्धार्थ गौतम जन्मनुभएको २६४९ वर्ष भयो । उहाँ ३५ वर्षको उमेरमा अर्थात् ई.पू. ५८८ वैशाख पूर्णिमाको दिन बुद्धगयामा सम्बोधि लाभ गरी ‘सम्यक सम्बुद्ध’ हुनुभयो । यसरी गत वैशाख पूर्णिमादेखि उहाँ ‘सम्यक सम्बुद्ध’ हुनुभएको २६१४ वर्ष भयो । सोही वर्षको असार पूर्णिमाको दिन भारतको सारनाथमा पञ्चभद्र वर्गीयहरूलाई प्रथमपल्ट धर्मोपदेश गरी ‘गुरु’ हुनुभएकोले सो पूर्णिमा ‘गुरु पूर्णिमा’ भनी प्रसिद्ध हुन गयो । यसरी पञ्चभद्र वर्गीयहरूलाई प्रथमपल्ट धर्मोपदेश भएको घटनालाई बौद्ध जगत् र साहित्यमा ‘धम्मचक्कप्पवत्तन दिवस’ अर्थात् ‘धर्मचक्र प्रवर्तन दिवस’ भनी प्रसिद्ध भयो । यसरी शान्तिका महानायक, महाकारुणिक, लोक गुरु, महापुरुष, युगपुरुष तथागत गौतम बुद्ध ४५ वर्षसम्म धर्म प्रचारप्रसार गरी ८० वर्षको उमेरमा भारतको कुशिनगर भन्ने मल्ल राजाहरूको शाल वनमा संसारबाट सदाको निम्ति बिदा भई महापरिनिर्वाण हुनुभयो । बुद्धको महापरिनिर्वाण भएको २५६९ वर्ष भइसक्यो गत वैशाख पूर्णिमा (वि.सं. २०८२) बाट । वैशाख पूर्णिमा, बुद्ध पूर्णिमाको दिन बुद्धको जन्म, सम्बोधि लाभ र महापरिनिर्वाणजस्ता तीनवटा संयोग जुरेको हुनाले बौद्ध साहित्यमा ‘त्रिवेणी सङ्गम’ भएको दिवसको रूपमा लिइन्छ । त्यसैगरी, असार पूर्णिमा, गुरु पूर्णिमाको दिन ‘पञ्च सङ्गम दिवसको’ रूपमा मनाउँदै आएको पाइन्छ ।
विश्व मानचित्रमा ‘नेपाल’ एक सानो मुलुक भए तापनि २८ जना मानव बुद्धमध्ये ४ चार जना बुद्ध जन्मेको पवित्र पावन भूमि हो । हालको लुम्बिनी प्रदेशकै कपिलवस्तु र रूपन्देही क्षेत्रमा चार जना बुद्धहरू क्रकुच्छन्द बुद्ध , कनकमुनि बुद्ध , काश्यप बुद्ध र गौतम बुद्धहरूको जन्मथलो भएको नेपाल एक बुद्ध भूमि हो । तर, नेपाल सरकार र सम्बन्धित निकायको ध्यान नपुगेकोले हालसम्म नेपालको संविधान २०७२ मा ‘धर्म निरपेक्ष राष्ट्र नेपाल’ भनी उल्लेख भए तापनि पूर्णता हासिल गर्नसकेका छैनन् । वास्तवमा सानो देश नेपालबाट नै शान्तिको सन्देश विश्वमा प्रवाह गर्नुपर्ने थियो । त्यो सही तवरले हुन सकेको छैन ।
बुद्ध भूमि नेपालमा जन्मनुभएका शान्तिका महानायक, महाकारुणिक, तथागत बुद्धद्वारा प्रतिपादित ‘चतुब्र्रह्म विहार’ अर्थात् ‘मैत्री, करुणा, मुदिता र उपेक्षा’ जस्ता विषयमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने हो, जुन विषयलाई बौद्ध साहित्यमा विशेष ढङ्गले अध्ययन गरिन्छ । बुद्धले जन्मदाता आमाबुबामा मैत्री, करुणा, मुदिता र उपेक्षाजस्ता चतुब्र्रह्म विहार रहने विषयमा धर्मोपदेश गर्नुभएको छ । बुद्धले आमाबुबालाई ‘प्रथम गुरु’ नै मान्नुभएको छ । यसलाई पालि भाषामा ‘पुब्बाचरिय’ भनिन्छ । हामीलाई जन्माउने, सृष्टि गर्ने हाम्रै आमाबुबा हुन् । पालि भाषामा ‘ब्रह्मा’ति माता पितरो’ भनिन्छ । अतः त्यस्ता सुसभ्य, सुसंस्कारित आमाबुबामा आफैले जन्म दिएका सन्तानहरू, छोराछोरीहरूप्रति मैत्री, करुणा, मुदिता र उपेक्षाभाव हुन्छ नै, हुनु पनि पर्दछ ।
१. मैत्री (Friendshipness) : आफ्नो सन्तानप्रति, आफ्नो छोरा छोरीप्रति जस्तो मैत्रीभाव अरुमा हुनु कठीन छ, आफ्नो सन्तानप्रति मैत्री राखी सदा उन्नति, प्रगति, ज्ञानी, गुणी होस् भनी सदा कामना गर्छन् आमाबुबाले । ‘मैत्री’ भन्नु नै दया र मित्र भावले गर्ने क्रियाकलाप हो । मित्रता भावको विपरीत अमैत्री भाव, शत्रुता भाव, वैरी भाव हो । मैत्री भावले सम्बन्ध जोडिन्छ र झन् कसिन्छ भने शत्रु भावले तोडिन्छ । तसर्थ, तपाईँ हामी सबैले सदा मैत्री भाव राखी कुरा गर्ने, कार्य गर्ने गर्दा तपाईँ हामीबिच श्रद्धा जाग्छ, विश्वास पैदा हुन्छ र सहृदयता प्रकट हुन्छ । त्यसको विपरीत कार्यले सम्बन्धमा कट्टरता हुन्छ, वैरि भाव र शत्रु भाव प्रकट हुन्छ । बदला लिने, हत्या, हिंसा हुनेसम्मको अकुशल कर्म हुन पुग्छ । विश्व इतिहास अध्ययन गरेको खण्डमा दुईपटक त विश्वयुद्ध भइसकेको छ भने पाँच हजार वर्षको इतिहासमा पन्ध्र हजारपल्ट लडाइँ र युद्ध भइसकेका छन् । हाल पनि युक्रेन–रुस युद्ध, भारत–पाकिस्तान युद्ध, इजरायल–प्यालेस्टिन युद्ध, इरान–इराक, इरान–सिरिया युद्ध भएको र भर्खरै थाइल्यान्ड– कम्बोडिया (कम्पुचिया) मा युद्ध भई मानव विनाश भइरहेको छ । यो सबै अकुशल कर्महरू अमैत्रीको कारणले हुन गइरहेको छ । युद्ध र लडाइँले कसैलाई पनि लाभ हुँदैन । बरु क्षतिमात्र हुन्छ† द्वेष पैदा हुन्छ† हत्या, हिंसा हुन्छ । अमैत्रीले कट्टूता पैदा हुन्छ । प्रतिस्पर्धा पैदा हुन्छ, मानवीय क्षति र धनजनको क्षति हुन्छ । अमङ्गल कार्य हुन्छ । अन्ततः सन्धि सम्झौता हुन्छ, मैत्री कायम हुन्छ । तसर्थ, महामानव बुद्ध भन्नुुहुन्छ, “वैरले वैर शान्त हुँदैन, अवैरले, मित्रता भावले मात्र वैरभाव, शत्रुभाव शान्त हुन्छ ।” आज विश्वमा कहीँ पनि शान्ति छैन, जहाँतहीँ युद्ध, कलह मात्रै छ । शान्ति कायम गर्नु छ भने बुद्धको मार्ग अनुशरण गर्नु सख्त आवश्यक छ । मैत्री भावलाई उजागर हुने गरी भारतको विद्वान् प्र.म. जवाहरलाल नेहरू भन्नुहुन्थ्यो, यस संसारमा दुई कुरोलाई रोज्नु छ, “बुद्ध या युद्ध ।” बुद्ध रोज्दा विश्व रहन्छ, स्थायी हुन्छ, युद्ध रोजे भने संसार विनाश हुन्छ । यी जम्मै तपाईँ हाम्रो हातमा छ । तसर्थ, मैत्री कामना गरौँ ! भवतु सब्ब मङ्गल ! सबैको भलो होस् ! सबैको मङ्गल होस्् ! कल्याण होस् !
२. करुणा (Sympathy) : करुण चित्त या भाव मनबाट प्रकट हुन्छ । एउटै घटना, दुघर्टनामा पनि सबैको उही करुणा हुँदैन । करुणा चित्तमा फरक हुनसक्छ । आमाबुबाले आफ्नो सन्तान छोराछोरीप्रति सदा करुण चित्त वा भाव राखिरहन्छ । आफ्नो सन्तानप्रति केही समस्या भएमा सबभन्दा पहिले करुण चित्तबाट आमाबुबाले व्यवहार गर्छन् । उनीहरू करुणामयी भावद्वारा हेर्छन् । आफ्ना सन्तानप्रति कोही कसैलाई घाउ चोट लागी रगत बगेको देखापर्नासाथ हामीमा करुण चित्त जागिहाल्छ, उसको दुःखप्रति हामी सहानुभूति देखाइहाल्छौँ र सक्दो आवश्यक सहयोग गर्छौँ, पु¥याउँछौँ । इजरायल–प्यालेस्टिन युद्धमा भएको हत्या, हिंसा, बम बर्साइ दृश्य मोबाइलमा देख्दा पनि मन दुख्छ, केही सघाउ पु¥याउन पाए हुन्थ्यो । तर, दूरदराजको घटना भएकोले चित्त दुखाइ त्यहाँसम्म त गर्न नहुने भनी भाव विहवल हुन्छौँ । युक्रेनको लडाइँमा सिपाहीहरू खटी जाँदा लडाइँमा मरेको, बेपत्ता भएको खबर सुन्दा, पढ्दा हामी भावविह्वल हुन्छौँ । त्यो पक्कै करुणा भाव, करुणा चित्तले उनको विपत्ति, दुःखमा सहानुभूति प्रकट गर्दछौँ । त्यो करुणा हो । बुद्धले बिहान सबेरै दिनको एकपल्ट आज कसलाई उपकार गरुँ भनी ‘महाकरुणा समापति ध्यान’ द्वारा हेर्नु भई उपकार, सेवा कार्य गर्नुहुन्थ्यो । बुद्धले करुणा दृष्टिबाट यस अनित्य दुःखमयी संसारबाट पार लगाउने कार्य गर्नुहुन्थ्यो । त्यसैले, हामी बुद्धलाई ‘महाकरुणावान् , महाकारुणिक, लोकगुरु’ भन्ने गर्छौँ ।
३. मुदिता (Happiness) : मुदिता भाव भनेकै जो कोही आफ्नो बन्धुहरूको उन्नति र प्रगतिमा खुसी हुने, प्रमुदित हुने कार्य हो । आफ्नो सन्तानको उन्नति र प्रगतिमा सबभन्दा बढी खुसी हुने भनेको आमाबाबु र आफन्त नै हुन् । साथीभाइ छरछिमेकको उन्नति, प्रगतिमा हामी खुसी हुन्छौँ । यो खुसी भनेको अन्तरहृदयबाट प्रकट हुने प्रमुदीत अवस्था हो । हामी एक अर्काबिच उन्नति र प्रगतिमा खुसी व्यक्त गर्दा हामीमा मैत्री र करुणा जाग्छ । मैत्री र करुणाले मित्रताको सम्बन्ध कसिलो हुन्छ । हृदयमा पवित्र भावना जाग्छ । यस्तो भावनाले शान्ति सुख पैदा गर्नमा ठोस सघाउ पु¥याउँछ । तर, यसको विपरीत क्रियाकलापले इष्र्या, द्वेष, अहमताले अकुशल कार्यमा ठोस सघाउ पु¥याउँछ । एक देशले अर्को देशको उन्नति, प्रगतिमा इष्र्या, डाह गरी, असमझदारी कायम गरी, द्वेष भाव प्रकट गरी, वाक्युद्ध गरी अन्ततः नरसंहारकारी युद्धमा परिणत गर्ने कार्य हुन्छ । मुदिता भाव कायम गरी कार्य गर्नु अति नै बुद्धिमानीपूर्ण कार्य ठहर्छ । सदा मुदिता भावमा रहन सक्यो र जान्यो भने उसको जीवन चर्या सुमधुर हुन्छ, सुखी हुन्छ । हामी सुखी भयौँ भने मुलुक समृद्धिमा जान्छ भनी रहनु आवश्यक छैन ।
४. उपेक्षा : आफ्नो सन्तानको अवन्नतिमा मन राखी धैर्य गर्न सिकाउँछ आमाबुबाले । यसपटक नोक्सानी भए तापनि अझै मेहनत गरी साहस जगाई कार्य गर्नु ! अर्कोपल्ट ठीक हुन्छ भनी ढाडस दिई कार्य गर्ने भावको नाम नै ‘उपेक्षा’ हो । उपेक्षा भावको अर्को नाम तटस्थ भाव हो । मानिसको जीवन भनेकै सुख दुःखरूपी घाम छायाँको जीवन हो । जीवनमा कहिले सुख हुन्छ त कहिले दुःख हुन्छ । ‘सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु’ भन्ने नेपाली उखान नै छ । उपेक्षा भाव राखी जीवन यापन गर्नु वास्तवमा बुद्धिमान ठहर्छ । अन्तमा, आमाबाबुदेखि व्यक्ति, समाज, मुलुक, राष्ट्रले समेत मैत्री, करुणा, मुदिता, उपेक्षाजस्ता चतुब्र्रह्म विहारमा विहरण गर्न जानेमा जीवन सुखदायी, करुणामयी र मुदितामयी हुन जान्छ । मैत्रीमयी चित्तले करुणामयी भावना जगाई, मुदितामयी वातावरण कायम गर्न सकेमा साँचो अर्थमा शान्तिपथमा लम्केका आमाबुबा, व्यक्ति, समाज र मुलुक नै ठहर्न आउँछ । भवतु सब्व मङ्गल !
Leave a Reply