लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
कम्युनिस्ट पार्टीप्रति आस्था बढ्नु र विश्वास बढ्नु राम्रो हो । कम्युनिस्टप्रति आस्था र विश्वास बढ्ने क्रियाकलाप पनि गर्नुपर्छ । तर, कम्युनिस्ट पार्टीको मूल्य र मान्यताविपरीत कम्युनिस्ट पार्टीहरू नै लागेका हुनाले कम्युनिस्ट पार्टीप्रति विश्वास भएर पनि श्रमजीवी जनता असन्तुष्ट छन् । निर्वाचनमा जित्ने नाउँमा जुनसुकै दलसँग गठबन्धन गर्दा र सरकारको नेतृत्व या सरकारमा जाने नाउँमा गठबन्धन गर्दा कम्युनिस्ट पार्टीहरू बदनाम भए; सिद्धान्त र विचारलाई तिलाञ्जली दिए । यसको कारण नेपालको कम्युनिस्ट आन्दोलन अघि नबढेको हो । तर, यसको दोष नेपालका सबै कम्युनिस्ट पार्टीलाई दिनु सही हुँदैन । कुनै सत्तासीन दल या अन्य ठुला दलले धोका दिँदैमा, विचार छोड्दैमा सबैले सबैलाई उही दृष्टिले हेर्नु मनासिब हुँदैन ।
कति कम्युनिस्ट भन्ने पार्टीहरू घोषणापत्रअनुसार अघि बढेनन्् । घोषणापत्रमा एकथरी र व्यवहारमा अर्कोथरी गर्ने कम्युनिस्टहरू पनि देखिए । मानौँ कम्युनिस्ट पार्टी भनेकै जसरी भए पनि निर्वाचनमा जित्ने हो† जितेर सरकारमा जाने हो । आफ्नो दलप्रति जनताको विश्वास कति छ थाहा भएन । सरकारको नेतृत्व गरेपछि दलले आफ्नो लक्ष्य नै भुलेको खबर पनि प्रकाशमा आयो । आफ्नो विचार नमिल्ने दलसँग साँठगाँठ गरेर, दलको घोषणापत्रविपरीत काम गरेपछि जनताको विश्वास कसरी जित्छ ? यसको दोष अर्को दलमाथि लगाएर आफूलाई निर्दोष ठान्ने कोशिश गर्नु हुँदैन । देशमा माक्र्सवादी लेनिनवादी सिद्धान्तअनुसार काम गर्ने कम्युनिस्ट पार्टी पनि छ । नेपाल मजदुर किसान पार्टी यसको एक दृष्टान्त हो । कम्युनिस्ट पार्टी सरकारमा गएर बिग्रियो भन्ने एकथरीको मत छ । त्यो असत्य होइन ।
हरेक कम्युनिस्ट पार्टीले समाजवादी आन्दोलन छेड्नै पर्छ । पुँजीवादी सरकारको नेतृत्व गर्ने दलले कम्युनिस्ट आन्दोलन छेड्दैन । सरकारभित्र पसेका एमाले, माओवादी र एकीकृत समाजवादीले गाउँ–गाउँ र बस्ती बस्तीमा पुगेर कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार प्रचारप्रसार गरेका भए जनता सचेत र सङ्गठित हुन्थे । उनीहरूको कम्युनिस्ट पार्टीप्रति आस्था र विश्वास हुन्थ्यो । कम्युनिस्टहरू सबभन्दा दूरदर्शी, दृढ र देशभक्त हुन्छन् भनी त्यसै भनिएको होइन । कम्युनिस्टहरू बहुमत जनताप्रति समर्पित हुन्छन्; उनीहरूकै हक हितको निम्ति लड्छन् । प्रश्न उठ्छ, एमाले र माओवादीले बहुमत जनताको सेवाको निम्ति के गरेका छन् ? बरु ती दलका नेताहरूले बहुमत जनताको अहित हुने काम गरे । कम्युनिस्ट जनतासित एकगठ हुनुपर्छ । उनीहरू जनताभित्र भिज्नुपर्छ, जनतामै फुल्नुपर्छ । सत्तामा पुगेका कम्युनिस्टहरू कामदार जनताको मत लिन्छन् तर उनीहरूको हितमा काम गर्दैनन् । त्यसो भनेर देशका कुनै कम्युनिस्ट पार्टीले कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्दैन; परिवर्तनको बाटोमा लाग्दैन भनेर खोक्नु हुँदैन । कति राजनीतिज्ञ, लेखकहरू सबै कम्युनिस्ट पार्टीलाई एउटै दृष्टिले हेर्छन् । यो उनीहरूको दृष्टिदोष हो ।
हो, कम्युनिस्टहरू बीउझैँ हुनुपर्छ । प्रत्येक कम्युनिस्ट कार्यकर्ता असल हुनुपर्छ† जनतालाई बाटो देखाउने अगुवा हुनुपर्छ । असल कम्युनिस्ट कार्यकर्ताले जनताको दुःख सुख बुझेको हुन्छ । किनभने, उनीहरू जनतामाझबाटै हुर्कन्छन्† भिज्छन् र दुःख सुख बुझेरै काम गरेका हुन्छन् ? कम्युनिस्ट पार्टीमा लागेर काम गर्दा अनेक चुनौती र समस्यासँग जुट्नुपर्ने हुन्छ† जुध्ने आँट गर्नुपर्छ । परिवर्तन कहिले हुने हो ? समाजवाद कहिले स्थापना हुने हो भनी निरास हुन थाल्यो, वाक्कदिक्क हुन थाल्यो भने परिवर्तन कहिल्यै हुनेछैन । यसकारण, कम्युनिस्टहरू देश र जनताको निम्ति काम गर्न थाक्दैनन् । कति कम्युनिस्ट पार्टीका नेताहरूले पञ्चायती व्यवस्था ढाल्नै नसक्ने बताएका थिए । कति कम्युनिस्ट नेताहरू पञ्चायततिर ढल्के । तर, आन्दोलन भयो; आन्दोलन उत्कर्षमा पुग्यो र पञ्चायती सरकार अन्त्य भयो ।
व्यवस्था परिवर्तन गर्न सजिलो छैन । परिवर्तनको निम्ति समय लाग्छ । तर, निरास हुनुहुँदैन; हतारिनु हुँदैन । कम्युनिस्ट पार्टीले आफ्नो दृष्टिकोण र विचारलाई लुकाउनु हुँदैन । समाजवादी क्रान्तिको निम्ति निरन्तर मेहनत गर्नु आवश्यक छ† राजनीतिक सिद्धान्त र विचार जनतामाझ पु¥याइरहनुपर्छ† समाजवादी आन्दोलन र समाजवादी शिक्षा गाउँ–गाउँमा पु¥याइरहनुपर्छ । आन्दोलनको क्रममा अन्तर्राष्ट्रिय स्थितिको पनि सहयोग आवश्यक हुन्छ । आन्दोलन सफल पार्न आन्तरिक र बाह्य परिस्थिति मिल्नुपर्छ त्यसै भनिएको होइन । अतः कम्युनिस्ट पार्टीका नेताहरू विचारहीन र सिद्धान्तहीन हुनु हुँदैन । नेताहरूले कम्युनिस्ट आन्दोलनलाई धराशायी होइन† अझ मजबुत बनाएर, जनतालाई सचेत र सङ्गठित बनाएर अघि बढ्नुपर्छ । नेपालमा धेरै कम्युनिस्ट भएर पनि कम्युनिस्ट आन्दोलन पछि पर्नुको कारण कम्युनिस्टहरू पुँजीवादी सत्तामा जानु हो; पुँजीवादी भासमा फस्नु हो† पुँजीवादी व्यवस्थाको वरिपरि रमेर दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्नु हो । तर, सबै कम्युनिस्ट पार्टीहरू पुँजीवादी बाटोमा लागेका छैनन्; पुँजीवादी सरकारमा गएका छैनन् । यो कुराको ख्याल राजनीतिक विश्लेषक र लेखकहरूले गर्नुपर्छ; आफ्नो विश्लेषणात्मक लेखमा त्यस्तो कुरा उल्लेख हुनुपर्छ । नेता, राजनीतिक विश्लेषक र लेखकहरू सुख सुविधामा रम्न थाले, विलासी जीवन बिताउन थाले, कमाइधन्दामा लागेर राजनीति गर्न छाडे भने कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टी अघि बढ्दैन । अतः देशका सबै कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार अघि बढ्नुपर्छ ।
Leave a Reply