“नेपालको पर्यटन प्रवद्र्धनमा सांस्कृतिक नगर भक्तपुरको उच्च स्थान रहेको छ”
- भाद्र २२, २०८२
काठमाडौँ, ४ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले बुधबार बालबालिकासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा भाग लिनुभयो । उक्त बैठकमा सांसद सुवालले राख्नुभएको मन्तव्यको सार– सं.
बालबालिकाको सर्वोतम हित, बाल न्याय, बाल अधिकार कायम गर्न विधेयकको उद्देश्यमा उल्लेख छ । चीनका ल्युहुलान १३ वर्षको उमेरमा जापानी साम्राज्यवादविरोधी देशभक्तिपूर्ण प्रशिक्षणमा बस्नुभएको थियो । रुसको साहित्यकार पुस्कीनले १५ वर्षको उमेरमा लेख्नुभएको कृति त्यसबेलाको विश्वविख्यात प्रकाशन ‘दी मेसेन्जर’ मा प्रकाशित भएको थियो ।
अस्ट्रियाका मोजार्टले १० वर्षमा लन्डन, पेरिस, बर्लिन, जेनेभामा सङ्गीत प्रस्तुत गर्नुभएको थियो । २ सय वर्षअगाडि नै रुसका अभिभावकहरूले आफ्ना १५ वर्षका छोराछोरीलाई ५ ओटा विदेशी भाषामा पोख्त बनाउने र इतिहास, भूगोल, चित्रकला, नृत्य, सङ्गीत घोडचडी, तरवारबाजीमा पनि चाख राख्न दिने व्यवस्था गरेका थिए ।
नेपालमा गत वर्ष मर्मतको लागि उडाइएको सौर्य विमानमा सरकारी निकाय क्यानले नेपाल नागरिक उड्डयन प्राधिकरणले बच्चालाई समेत वयस्क बनाएर उडान अनुमति दिएको फौजदारी ऐन आकर्षित हुने विज्ञहरू बताउँदै छन् । देशको खुला सीमामा बालबालिका बेचबिखनमा दुवै देशबाट खतरा बढ्दो छ ।
विधेयकमा आमाको मृत्यु भएमा परिवारको अन्य सदस्यले जन्म दर्ता गराउने, बालबालिकालाई अधिकतम ७ वर्षभन्दा बढी सजाय नहुने, अदालतको आदेशबमोजिम बालबालिकाले जरिवाना तिर्न नसके बाल सुधार गृहमा राख्ने, बाल सुधार गृहमा प्रहरीले न्यूनतम बल प्रयोग गरी सुरक्षा कारबाही गर्न मिल्ने, उच्च अदालतको सट्टा बाल अदालत राख्ने विषय पनि विधेयकमा उल्लेख छ ।
वर्गीय समाजमा सबै बालबालिकाको सर्वोत्तम हित, बालमैत्री, बाल अधिकार कायम हुने अवस्था देखावटी मात्र हुनेछ । बाल कल्याण परिषद्को व्यवस्था होइन विधेयकमा कक्षा १२ सम्म विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, उत्पादन श्रमसँग जोडिएको कलेज शिक्षा अनिवार्य गरिएमा बाल अधिकार कायम गर्न सजिलो हुनेछ । प्रत्येक पालिकाका टोल टोलमा शिशुस्याहार तथा बाल उद्यान सञ्चालन गर्नु जरूरी हुन्छ । यसले महिलाहरूको श्रम शक्तिसमेत बढ्ने छ । सरकारका कार्यालयहरूको लागि दरबारभन्दा पनि ७५३ ओटै पालिकामा बालबालिकाको लागि खेल्ने, सिक्ने, केटाकेटीको दरबार बनाउनु उपयुक्त हुन्छ ।
कतिपय देशमा विद्यार्थी र केटाकेटी दरबारमा खेलकुद, वाद्यवादन, सांस्कृतिक कार्यक्रमसमेत हुने कोठा, विद्यालयबाट फर्किएपछि साँझ बालबालिकाहरूलाई आफ्नो रूचिअनुसार खेलाउने, सिकाउने व्यवस्था गरिएको छ । बाल दरबारमा, पुराना पुस्ताका योगदानसँग सम्बन्धित सिनेमा हेर्ने र अध्ययनका लागि हजारौँ पुस्तकहरू राखिएका हुन्छन् । केटाकेटीको दरबार वा बाल दरबारको मुख्य काम विद्यालय र कलेजको शिक्षामा सहयोग गर्ने र बालबालिकाको सांस्कृतिक स्तर माथि उठाउने हो । यस्तो व्यवस्था यो विधेयकमा हुनु आवश्यक छ । यो एउटा नेपाल जतिकै भूगोल र जनसङ्ख्या भएको प्रजग कोरियाको केटाकेटीको दरबारको तस्बिर हो । यस्ता दरबारहरू सरकारले नेपालको ठाउँठाउँमा बनाउनुपर्दछ । त्यसपछि बालबालिकाहरू यथार्थमै भविष्यका कर्णधार हुनेछन् ।
Leave a Reply