भर्खरै :

विश्वका जनतासँग माफी माग्नू !

विश्वका जनतासँग माफी माग्नू !

रुसको पूर्वभूमि हो, अलास्का
रुसका जारहरूले बेचेका थिए, सन् १८६७ मा
अमेरिकालाई सत्तरी लाख डलरमा
त्यही भूमिमा राति
२०८२ साउन ३० गते
ट्रम्प र पुटिनको भेटवार्ता भयो ।
वार्ताको विषय थियो, युक्रेन
तर लुकेको विषय थियो,
अमेरिकी भन्सार शुल्क र
ट्रम्पलाई नोवेल शान्ति पुुरस्कार

ट्रम्प,
तिमी इजरायललाई हतियार बेच्ने
युक्रेनलाई पनि बेच्ने
पुटिनसँग शान्ति मागेर कहाँ पाउँछौ ?
रुससँग इन्धन किनेका भारत र चीनलाई
चर्को भन्सार शुल्क लगाउने
नोवेल शान्ति पुरस्कार कसरी पाउँछौ ?
नर्र्वेका मन्त्रीलाई धम्की दिएर हुन्छ र ?

ट्रम्प,
नोवेल शान्ति पुरस्कार पाउने भए
हतियार उत्पादन र बिक्री बन्द गर्नू !
संसारका ९०२ ठाउँमा रहेका
अमेरिकी सैन्य शिविर फिर्ता गर्नू !
प्यालेस्टिनी जनतासँग माफी माग्नू !
रुस, भारत, चीनसँग माफी माग्नू !
विश्वका जनतासँग माफी माग्नू !
२०८२ भदौ ५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *