भर्खरै :

पुण्त्ूमिका सर्वगुणी पिता !

  • भाद्र ६, २०८२
  • न्हुछेरत्न वुद्धाचार्य
  • साहित्य
पुण्त्ूमिका सर्वगुणी पिता !

सदियौँदेखि यो पवित्र भूमिमा
अपार महिमाले भरिपूर्ण योगदान दिएर
एक कलिलो हँसिलो संसारको न्वारान गरेर
सङ्घर्षमयी जीवन चक्रमा बाँचिरहेका सहयोगी पिता

अनेकौँ रोग ब्याधिले पीडित भएर
पातलो जीर्ण शरीर लिएर
निधारभरि चाउरिएको अनुहार बोकेर
हुर्कदै, ढल्कँदै समय बिताइरहेका अनुभवी अग्रज

यो अत्यासलाग्दो पथमा
आफ्नो प्रत्येक परिश्रमको इतिहास
आफ्नै पौरखले स्वाभिमानी भएर पाइला चाल्ने
सामाजिक परिवर्तनको लागि जीवन अर्पण गर्ने साहसी मानव

यो नवयुगको आकासमा
प्रत्येक कर्तव्यनिष्ट पिताको अतीतको सेवा र तपस्या
आफ्नै शक्ति, आफ्नै भक्तिले अघि बढिरहेका ज्येष्ठ नागरिक
यो ज्ञानभूमिका उपकारी, समाजवादी, सत्यवादी हुन्

तर, तिम्रो आशा, तिम्रो भरोसा
कहीँ निरासामा छन्, कहीँ बेसहारामा छन्
यस्तै असजिलो परिस्थितिमा
कष्टपूर्ण जीवन बिताइरहेका
यो पुष्पभूमिका सर्वगुणी पिता
(सन्दर्भ : कुशे औँसी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *