विचार
- बैशाख ११, २०८३
सुरुमा वाग्मती अञ्चलमा मात्रै कार्यान्वयन हुने गरी, सरकारले २०७४ भदौदेखि इम्बोस्ड नम्बर प्लेटको अवधारणा ल्याएको थियो । यसबिचमा धेरैको विरोध र सर्वोच्चमा परेको रिट विचाराधीन रहँदारहँदै पनि आगामी असोज १ देखि यसलाई देशभरिका सबै सवारी साधनमा अनिवार्य रूपमा जडान गर्न भनिएको छ । यस्तो प्लेट लगाउँदा सवारी साधन प्रविधि मैत्री हुने र चोरीबाट पनि जोगिने बताइन्छ । तर, नीतिगत भ्रष्टाचार, खुलेआम भ्रष्टाचार र कमिसनमा बदनाम भएको सरकारले राम्रै काम गरे पनि पत्याउन गा¥हो हुने अवस्थामा ‘प्राविधिक भाषा’ सँग जोडिएका यस्ता ‘सरकारी कुरा’ सर्वसाधारणले सहज रूपमा बुझ्न, विश्वास गर्न र स्वीकार्न सकिरहेका छैनन् । सवारी साधनको लाइसेन्स दिन नै यतिका वर्ष लागिरहेको छ भने यो इम्बोस्ड नम्बर प्लेटको प्रक्रिया पूरा गर्न कति वर्ष लाग्ने हो ¤ सरकारलाई, के कसरी हुन्छ जनताबाट कर/राजस्व लिन पाए भइहाल्ने हो ?
लामो प्रयासपछि नेपाली भाषाले भारतीय संविधानको अनुसूचीमा मान्यता पाएको छ । यो हामी नेपालीका लागि गौरवको कुरा हो । पछिल्लो दशकमा आएर आफ्नै देशमा नेपाली भाषाको हुर्मत लिने काम भयो । यस क्रममा, सजिलो हुन्छ भनेर संयुक्त अक्षरलाई टुक्राटुक्रा बनाउने, एउटै ‘स’ को प्रयोग गर्ने, पदयोगका ठाउँमा वियोग गर्ने इत्यादि ‘नियम’ ल्याइयो । कतिपय स्कूलका विद्यार्थीले नेपालीमा बोले भने सजाय पाउने भए ! हाम्रा अधिकांश विद्यार्थी नेपाली विषयमा कमजोर छन् । “नेपालीमा त जे लेखे पनि बुझिए भइगयो नि, किन शुद्ध चाहियो ?” भन्ने खालको धारणा आइसक्यो । नेपाली शिक्षकले नेपाली शुद्धलेखनका कुरा ग¥यो भने कतिपय विद्यार्थी, “विदेश जानेले किन शुद्ध नेपाली जान्नुप¥यो !” भन्छन् । त्यस्तो सुन्दा मनै चसक्क हुन्छ । नेपाली शब्दको अर्थ बुझाउनुपर्दा ‘इङलिश वर्ड’ को सहारा लिनुुपर्ने अवस्था छ । हुँदाहुँदा आजकलका विद्यार्थी नेपालीबाट सयसम्म गन्न पनि नजान्ने भइसके ! यो अवस्थामा हामीले राष्ट्रभाषा नेपाली भाषाको महत्व, शुद्धता र एकरूपतामा थप ध्यान दिनुपर्ने हो ।
नेपाली भाषा देवनागरी भाषामा लेखिन्छ । यसको माउभाषा संस्कृत हो । संस्कृत देवभाषा हो । जीवन र जगत्का सारा ज्ञान यही भाषामा लेखिएको छ । तिनै पढेर हामी सुसंस्कृत हुन सक्छौँ । हाम्रो जीवन नै यसैद्वारा निर्देशित छ । संस्कृतमै अनेक शक्तिका मन्त्र बने । तर यो पुण्त्ूमिमा आज यन्त्रलाई व्यवस्थित गर्न अङ्ग्रेजी भाषाको प्रयोगलाई अनिवार्य गर्न खोजिँदै छ ।
देशभरिमा विभिन्न थरीका ५० हजार सवारी साधन भएको बताइन्छ । असोज १ गतेसम्म ती सबैमा अङ्ग्रेजी भाषाका इम्बोस्ड नम्बर प्लेट लगाएर ‘सवारी साधनमा नेपाली भाषामुक्त’ बनाएपछि बडो हर्षोल्लासका साथ हामी नेपालीले यो सालको बडादशैँ, तिहार, छठ मनाउन सकिएला त ?
Leave a Reply