भर्खरै :

भक्तपुर काण्ड पञ्चायतको षड्यन्त्र

भक्तपुर काण्ड पञ्चायतको षड्यन्त्र

काठमाडौँ, १४ भदौ । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिका सदस्य एवं नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय सदस्य हरिशरण श्रेष्ठले भक्तपुर काण्ड पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्रको विरोध र भत्र्सना गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर काण्डको विषयमा वास्तविक कुरा नयाँ पुस्तामा पु¥याउनुपर्छ र भक्तपुर काण्डको भ्रम चिर्नको लागि देशैभरि विरोध तथा भत्र्सना कार्यक्रम गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले पार्टीको इतिहासबाट सिकेर जनताको जनपक्षीय गतिविधिमा लाग्न र सङ्गठन निर्माणको लागि पार्टीको प्रकाशनहरू निरन्तर र नियमित अध्ययनमा जोड दिनुपर्ने कुरा राख्नुभयो ।
नेमकिपा टोखा नगर समितिका अध्यक्ष शोभालाल श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा काठमाडाँै जिल्ला समितिका कोषाध्यक्ष श्यामकुमार महर्जन, सदस्य बिन्द्रा महर्जन, नेमकिपा टोखा नगर समितिका उपाध्यक्ष मदन श्रेष्ठ, शैलेश डंगोल, रमेश डंगोल, नेमकिपा टोखा नगर समितिका सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घ टोखा नगर समितिका अध्यक्ष गणेशमाया श्रेष्ठ डंगोल, नेमकिपा कागेश्वरी मनोहरा नगर समितिका रामगोपाल श्रेष्ठ, र नेमकिपा टोखा नगर समितिका सहसचिव नरेश डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *