वाग्मती प्रदेश प्रमुख देवकोटा भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकनमा
- जेष्ठ २९, २०८३
शक्तिखोर, १४ भदौ । नेपाल मजदुर किसान पार्टी, कालिका नगर समितिको आयोजनामा भक्तपुर काण्ड (कालो दिन) को विरोध एवम् भत्र्सना तथा अध्ययन गोष्ठी कार्यक्रम शक्तिखोरमा शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपा जिल्ला समिति, चितवनका अध्यक्ष हरिप्रसाद दुवालले हिजोका पञ्चहरू नेका, एमाले, माओवादीलगायतमा पसेका कारण नेमकिपालाई हेर्ने आँखा फरक नभएको बताउँदै फेरि पनि फरक ढङ्गबाट षड्यन्त्र हुनसक्ने भएकोले सतर्क रहनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला अध्यक्ष दुवालले नेमकिपाले स्थापनाकालदेखि नै किसान र मजदुरको पक्षमा गतिविधिहरू गर्दै आएको र निर्वाचनमार्फत पञ्चायतभित्र पसेर पञ्चायतकै विरोधमा जनतालाई सचेत र सङ्गठित पारेको कारण भक्तपुर काण्डको षड्यन्त्रमा पार्टीलाई फसाएको बताउनुभयो ।
उहाँले सङ्कटको बेला नै कार्यकर्ताको परीक्षण हुने भन्दै भक्तपुर काण्डको बेला पढेका र जानेका कार्यकर्ताहरू पञ्चायतको अगाडि आत्मसमर्पण गर्दा सङ्गठनलाई धेरै क्षति पुगेको र कम पढेका त्यागी र इमानदार कार्यकर्ताहरूले सङ्गठनलाई जोगाएको स्पष्ट पार्नुभयो ।
उहाँले नेमकिपाका नयाँ पुस्तालाई विभिन्न विकृति, विसङ्गतिमा लगाउनु, विभिन्न कुलतमा फसाउनु पनि षड्यन्त्र भएकोले सदा सचेत र सतर्क रहनु पर्ने बताउनुभयो ।
उहाँले कार्यकर्ताहरूले पार्टी प्रकाशनहरू अध्ययन गरी नियमित छलफल र अध्ययन गोष्ठी सञ्चालन भए सङ्गठन विस्तार गर्न टेवा पुग्ने र विभिन्न षड्यन्त्रहरूबाट बच्न सफल हुने बताउनुभयो ।
कार्यक्रममा योगिता चेपाङ, दीपेश प्रजा, मोहन चपाङ, सुमित्रा महतो, मोहनबहादुर प्रजा, लक्ष्मी चेपाङ, ज्ञानेद्र प्रजा, विष्णु शर्मालगायतले भक्तपुर काण्डको विरोध एवम् भत्सर्ना गर्नुको साथै जेलका चिठीहरू पुस्तकको अध्ययन सार प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply