जारशाही संसद्मा बोल्शेभिक सांसद – ८
- कार्तिक २६, २०८२

शेख मुजिवर रहमान
बङ्गलादेशी जनता अवामी लिगको अत्याचार, भ्रष्टाचार र दमनकारी सरकारबाट पार पाउन र प्रजातान्त्रिक अधिकार र न्यायका लागि निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गर्न चाहन्थे । जनताको यस चाहनालाई तिनीहरूले सन् २०१८ जुलाईमा ‘सुरक्षित सडकको नारा’ लिएर हजारौँ जनता सडकमा उतारेको प्रतिबिम्बित हुन्छ । तर, विदेशी शक्ति तथा साम्राज्यवादीहरूको सहयोग र समर्थनमा अवामी लिगले विपक्षको विरोधमा दमन गर्दै गए ।
विद्यार्थी आन्दोलनको पृष्ठभूमि
बङ्गलादेशको सरकारी नोकरीको आरक्षको मुद्दालाई लिएर भएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेपछि सन् २००९ देखि सत्तामा निरन्तर रहेकी आवमी लिगका शेख हसिना वाजेदले देश छोडेर भागे । बङ्गलादेशमा विद्यार्थी आन्दोलन कुनै नौलो घटना मानिँदैन । तर, विगत दुई दशकदेखि अवामी लिगको सरकारको दमनकारी नीतिको कारणले विद्यार्थी आन्दोलन चर्किनुलाई स्वाभाविक मानिन्छ । उच्च शिक्षामा लगाइएको भ्याटविरुद्ध विद्यार्थीहरूले सन् २०१५ मा आन्दोलन गरे । त्यस्तै, सन् २०१८ मा सरकारी जागिरमा आरक्षणमा सुधारको लागि तथा विद्यार्थीहरूको सडक सुरक्षा आन्दोलन भयो । पूर्वी पाकिस्तानबाट स्वतन्त्र भएको बङ्गलादेश निर्माण गर्न सन् १९७१ मा भूमिका खेलेका स्वतन्त्र सेनानी मुक्ति बाहिनीका परिवारलाई बङ्गलादेशको सरकारी जागिरमा ३० प्रतिशतसम्मको आरक्षणको विरोधमा विद्यार्थीहरूले आन्दोलन गर्दै आएका हुन् । उनीहरूको तर्क थियो – स्वतन्त्र सेनानीको नाउँमा विगत ५० वर्ष उनीहरूका सन्तानले सो सुविधा पाउँदै आयो; तर अनन्तकालसम्म यसलाई निरन्तरता दिनु मेधावी विद्यार्थी
जायुर रहमान
माथिको कुठाराघात हो । त्यसैले यो व्यवस्थाको खारेजी हुनुपर्छ । हालको आन्दोलन चर्कदै गएपछि बङ्गलादेशको न्यायालयले सो व्यवस्था खारेजीको घोषणा पनि ग¥यो तर आन्दोलनकारी विद्यार्थीहरूलाई प्रधानमन्त्री शेख हसिनाले ‘रजाकार’ को संज्ञा दिएपश्चात्् उनको राजीनामाको माग गरियो र आन्दोलन चर्कियो । यस बङ्गाली शब्द बङ्गलादेशको स्वतन्त्रताको आन्दोलनको विरोध गर्नेहरूलाई देशद्रोहीको संज्ञा दिन प्रयोग गरिन्थ्यो । (पूर्वी पाकिस्तानको विरोधमा भारतीय सेनाले हस्तक्षेप गरेर ‘बङ्गलादेश’ को नाममा भारतीय पक्षले घोषणा गरेको थियो । भारतीय हस्तक्षेपको विरोधमा सङ्घर्ष गर्ने पक्षलाई भारतीय पक्षले ‘देशद्रोही’ को आरोप लगाएको थियो । बङ्गलादेशमा भारतीय सैनिक हस्तक्षेपको विरोधमा बङ्गलादेशी जनता भित्रभित्र सङ्घर्षरत थिए – सं )
सङ्क्षिप्त राजनैतिक इतिहास
सन् १९७१ सम्म बङ्गलादेश पूर्वी पाकिस्तानको नामले चिनिन्थ्यो । सन् १९७० को निर्वाचनमा प्रमुख पार्टी अवामी लिगका शेख मुजिबर रहमानले अत्यधिक बहुमतले विजय हासिल गरे† मार्च १९७१ मा एकतर्फीरूपमा पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा गरे र देश गृहयुद्धमा धकेलियो । भारतको समर्थनमा बङ्गलादेशको ‘मुक्ति बाहिनी’ नामक विद्रोही समूहले पाकिस्तानी सेनासँग युद्ध ग¥यो । त्यसपश्चात् भारतको सैनिक हस्तक्षेप र अतिक्रमणको नौ महिनापश्चात्् आखिर बङ्गलादेश नामक नयाँ स्वतन्त्र राज्यको स्थापना भयो । शेख मुजिवर रहमान बङ्गलादेशको प्रधानमन्त्री भई दिल्लीबाट ढाका पुगेका थिए । उनले भारतका तात्कालीन प्रम इन्दिरा गान्धीसँग निकट सम्बन्ध राखी आर्थिक सहयोगको लागि मैत्री सन्धि गर्दै सन् १९७२ मा नयाँ संविधान पनि घोषणा गरे । एकातिर प्राकृतिक प्रकोप र अर्कोतिर जनअपेक्षाअनुसा
हुस्सेन मुहमद एरसाड
र उन्नति गर्न असफल हँुदै जाँदा नयाँ र स्वतन्त्र बङ्गलादेश आर्थिक सङ्कटको भूमरीमा फस्दै गयो । त्यसैले मुजिवर रहमानकै कालमा बङ्गलादेशमा वामपन्थी आन्दोलनको पनि सुरुआत भयो । तर, कम्युनिस्टविरोधी रहमान सरकारले निर्ममतापूर्वक कम्युनिस्टहरूको दमन ग¥यो । अन्ततोगत्वा सन् १९७६, १५ अगष्टको एउटा सैनिक ‘कू’ (विद्रोह) मा मुजिवर रहमानको हत्या भयो र देशमा १५ वर्षसम्म सैनिक शासन कायम रह्यो ।
यही अवधिमा जायुर रहमानको काल सन् १९८१ सम्म चल्यो र उनको पनि सन् १९८१ मा हत्या भएपछि जनरल यरसादको शासनकाल सुरु भयो । यस अवधिभित्र कहिले पूर्ण सैनिक शासन लागु भयो त कहिले सेनाको सहयोगमा नागरिक शासन । यही अन्योल राजनैतिक अवस्थाको बिचमा सन् १९९० मा एरसाद सरकारको विरोधमा धेरै पार्टीहरूले मोर्चाबन्दी गरी आन्दोलन गरे । ती पार्टीहरूमा जायुर रहमानकी विधवा श्रीमती खालेदा जिया नेतृत्वको बीएनपी (बङ्गलादेश राष्ट्रिय पार्टी), हत्या गरिएका शेख मुजिबर रहमानकी छोरी शेख हसिना नेतृत्वको बङ्गलादेशी अवामी लिग तथा जमायति ए इस्लामलगायतका पार्टीहरू थिए । दुई महिनासम्मको निरन्तरको आन्दोलनपछि जनरल एरसाद राजीनामा दिन बाध्य भयो र देशमा अन्तरिम शासन हुँदै बङ्गलादेश स्वतन्त्र भएको २० वर्षपछि सन् १९९१, फ्रेबुअरी २७ मा अर्को आम निर्वाचन सम्पन्न भयो । त्यसमा दक्षिणपन्थी बङ्गलादेश राष्ट्रिय पार्टी (बीएनपी) ले बहुमत प्राप्त ग¥यो । बेगम खालिदा जिया प्रधानमन्त्रीमा नियुक्ति भइन् । खालिदा जिया, सन् १९७५ देखि १९८१ सम्म सैनिक शासन चलाउने प्रधानसेनापति जायुर रहमानकी विधवा श्रीमती थिइन् । पार्टीहरूको आपसी खिचातानीले फेरि पनि बङ्गलादेशको राजनीति अन्योलग्रस्त हुन गयो र सन् १९९६ पुनः निर्वाचन भयो जसमा बेगम खालिदा जियाको बीएनपीले फेरि बहुमत प्राप्त ग¥यो । पार्टीहरूको आपसी लुछाचुँडी र वैमनस्यका कारणले फेरि राजनीतिलाई अन्योलग्रस्त पा¥यो । कहिले बीएनपी र कहिले अवामी लिगले पालैपालो सरकार चलाउन थाले । यो अस्थिर अवस्था सन् २००९ सम्मै यथावत रह्यो तर त्यसै वर्ष सम्पन्न भएको आमनिर्वाचनमा अवामी लिगले बहुमत प्राप्त गरी शेख हसिनाको शासनकालको थालनी भयो ।
बेगम खालिडा जिया
प्रतिपक्षप्रति अवामी लीगको दमन
शेख हसिनाको नेतृत्वमा बङ्गलादेश अवामी लिगले विगत १५ वर्षदेखि निरन्तर बङ्गलादेशमा शासन चलाउँदै आएको हो । यस अवधिको हसिनाको शासन मूलरूपमा ‘लहु र लौह नीति’ (गोली र बन्दुकको नीति) को भरमा चल्यो । छरिटो कार्य दस्ता ¥यापिड एक्सन् बटालियन (RAB) भनिने विशेष प्रहरीको जासुसी दस्ताले मुठभेदको नाउँमा हजारौँ विपक्षको हत्या ग¥यो; सयौँलाई बेपत्ता पार्यो† दसौँ हजारलाई राजनैतिक विपक्ष भनी मुद्दा चलायो र जेल सजाय दियो । २९ डिसेम्बर २००८ मा सम्पन्न महानिर्वाचनमा अवामी लिगको नेतृत्वको गठबन्धन अत्यधिक मतले विजय हासिल ग¥यो । यसमा बाह्य शक्तिमा साम्राज्यवादी अमेरिका तथा छिमेक भारत सरकारको हात पनि थियो । तिनीहरूले सुनियोजित तरिकाले जनताको मत राख्ने अधिकारलाई कुण्ठित गर्ने चालाबाजी चलाउँदै गएका थिए । कामचलाउ सरकारले महानिर्वाचन गराउन सक्ने प्रावधानलाई सन् २०११ जून ३० को संविधानको पन्ध्रौँ संशोधन गरेर खारेज ग¥यो । छापामा सरकारविरोधी समाचार तथा विज्ञप्तिहरूलाई कारिब करिब प्रतिबन्धै लगाइयो ।
धेरै टीभी च्यानल, दैनिक पत्रिका तथा म्यागाजिन (पत्रपत्रिका) हरूलाई बन्द गर्न लगाए । सार्वजनिक र निजी संस्थाबाट हुने विज्ञापनहरूलाई समेत नियन्त्रण गर्दै विभिन्न माध्यमहरूले पत्रकार र सञ्चारकर्मीहरूलाई डर, त्रास, धम्की तथा मुद्दा नै राखेर सम्पूर्ण सञ्चार जगतलाई आवमी लिगले पूर्ण नियन्त्रणमा राख्यो । विशेष अधिकार ऐन, आतङ्कवादी विरोधको कानुन, द्रुत मुद्दा छिनोफानो ऐन, अपराधी संहिताको सेक्सन ५४ र विद्युतीय सुरक्षा ऐनलगायतका कानुनको भरमा सरकारको विरोधका कुनै पनि आवाजलाई निस्तेज पार्ने कार्य ग¥यो । यसकै आधारमा सबभन्दा पहिले बीएनपी (बङ्गलादेश राष्ट्रिय पार्टी) को सङ्गठनलाई धुजाधुजा पार्यो । अवामी लिगले सरकार चलाउनुअघि बीएनपी नै सरकारमा थियो । बीएनपीलाई सिध्याउन आफ्नै सरकार रहँदा व्यापकरूपमा भएका भ्रष्टाचार, लुट, चोरी–चकारी, जालसाजी र मारकाट गर्न पनि अवामी लिगलाई सघायो । तर, जसरी पनि शेख हसिनालाई सत्तामा टिकाउन साम्राज्यवादी शक्तिहरू विशेषगरी भारतले अनेक दाउपेच र षड्यन्त्रकारी कार्यहरू गरी नै रहे ।
अवामी लिगले सन् २०१४ जनवरी ५ मा सम्पन्न ‘मतदाताविहीन निर्वाचन’ पछि फेरि सरकार गठन ग¥यो । जम्मा ३०० सीटको राष्ट्रिय संसद्मा ५० सीट सङ्ख्या महिलाहरूको आरक्षणको लागि छुट्याइएको थियो जसको लागि कुनै निर्वाचन गरिएन । त्यस्तै, १५३ निर्वाचन क्षेत्रमा चुनाव नै गरिएन किनभने तीमध्ये जम्मा एकजना मात्र उम्मेदवार थिए । बाँकी १५२ वटा निर्वाचन क्षेत्रमा विभिन्न सरकारी संयन्त्र परिचालन गरी प्रधानमन्त्रीको कार्यालयको ठाडो आदेशमा उम्मेदवारी फिर्ता लिन लगाइएको थि
शेख हसिना
यो । धेरै निर्वाचन क्षेत्रमा अवामी लिगका उम्मेदवारको विरोधमा दर्ता गरिएका उजुरीहरूलाई निवार्चन आयोगले पूरै बेवास्ता गरी जीतको घोषणा ग¥यो । बाँकी निर्वाचन क्षेत्रहरूमा मतदाताले मतदान नै गरेनन् । यसरी नक्कली निर्वाचनको आडमा अवामी लिगले २०१४ को निर्वाचन आफ्नो पक्षमा पा¥यो । योभन्दा उदेकलाग्दो कुरा त डिसेम्बर ३०, २०१८ को निर्वाचनमा गरेका गतिविधि त अझ भयावह थियो । पछिल्लो निर्वाचनको लागि अझै ठुलो षड्यन्त्रकारी योजनाहरू तयार पारिएका थिए । सन् २०१३ देखि नै विपक्षीहरूलाई विभिन्न निहुँमा जेलमा कोच्ने, झूटा मुद्दा लगाउने, धम्काउने, पक्षघात हुने गरी हातखुट्टामा गोली हान्ने कार्यहरूलाई अवामी लिगको सरकारले निरन्तरता दियो ।
निर्वाचनको सँघारमा प्रम कार्यालय आफैले जिल्ला निर्वाचन अधिकृतहरूको नियुक्ति गर्दै उनीहरूलाई निर्वाचन कसरी सम्पन्न गर्ने भनी प्रम कार्यालयमै निर्देशनात्मक आदेश दिइयो । यसका बारेमा प्रमुख निर्वाचन आयुक्तले आफूलाई कुनै जानकारी नभएको बतायो । निर्वाचनको लागि दिइएका करिब ३०८५ उम्मेदवारीमध्ये ती जिल्ला निर्वाचन अधिकृतहरूले ७८६ जनाको उम्मेदवारी दर्ता नै खारेज गरिदिए । ती खारेज गरिएका ७८६ मध्ये अधिकांश प्रतिपक्ष बीएनपीका र यसका गठबन्धनसँग सम्बन्धित उम्मेदवारहरू थिए । यी सबै प्रम कार्यालयमा गरिएको निर्देशात्मक आदेशका आधारमा ती जिल्ला निर्वाचन अधिकृतहरूले गरेका थिए ।
बङ्गलादेशी जनता अवामी लिगको अत्याचार, भ्रष्टाचार र दमनकारी सरकारबाट पार पाउन र प्रजातान्त्रिक अधिकार र न्यायका लागि निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गर्न चाहन्थे । जनताको यस चाहनालाई तिनीहरूले सन् २०१८ जुलाईमा ‘सुरक्षित सडकको नारा’ लिएर हजारौँ जनता सडकमा उतारेको प्रतिबिम्बित हुन्छ । तर, विदेशी शक्ति तथा साम्राज्यवादीहरूको सहयोग र समर्थनमा अवामी लिगले विपक्षको विरोधमा दमन गर्दै गए । बाहिरबाट हेर्दा निर्वाचनमा अत्यधिक मत ल्याएको देखिए पनि अवामी लिगले बुर्जुवा (पुँजीवादी) व्यवस्थाका शासक दलहरूले निर्वाचनमा धाँधली र अनियमितता गरेर कसरी चुनाव जित्छन् भन्ने कुरालाई अझ प्रस्ट्याए । बङ्गलादेशमा स्थापनाकालदेखि नै यस्तो अनियमितता र अव्यवस्था निरन्तर हँुदै आएको देखिन्छ । स्थापनाकालदेखि अवामी लिग प्रजातान्त्रिक मूल्य र मान्यतामा हिँड्ने भन्दा निरङ्कुशताकै पक्षमा रहेको देखिन्छ । सन् १९७३ को त्यो पहिलो निर्वाचनको जितपछि शेख मुजीवर रहमानले बङ्गलादेशको संसद्मा कुनै विपक्ष नभएको घोषणा ग¥यो । त्यस घोषणाले बङ्गलादेशको राजनैतिक चरित्रलाई प्रतिबिम्बित ग¥योे । (अवामी लिग र शेख मजीवर रहमानलाई भारतको सहयोगमा चल्ने पार्टीको रूपमा बङ्गलादेशमा चिनिन्छ – सं.)
बङ्गलादेशको विशेष जासुसी दस्ता (RAB)
नेपालका ठुला दलले सिक्नुपर्ने पाठ
बदलिँदो विश्व भूराजनीतिका सन्तुलनमा आइरहेको परिवर्तनले दक्षिण एसिया पनि पकै अछुटो छैन । आफ्ना छिमेकीहरूलाई आफ्नै करेसाबारी ठान्ने भारतले बङ्गलादेशलाई आजसम्म आफ्नो प्रभावमा राख्न अवामी लिगको अत्याचार र अप्रजातान्त्रिक चरित्रप्रति आँखा चिम्लेकै हो । उदाउँदो छिमेक चीनसँग आर्थिक सम्बन्ध राख्न खोज्ने जोसुकै छिमेकलाई अँठ्याउने नीति लिँदै आएको भारतले टिस्टा नदीको पानीको बाँडफाँडको मुद्दालाई भारतले आलटाल गर्दै आउँदा आर्थिक सहयोगको लागि चीनतर्फ फर्केका हसिनाको सरकारलाई राम्रो नजरले भारतले हेर्ने कुरै भएन । यी छिमेकसँगको नयाँ सम्बन्धको अर्को आयाम त पक्कै होला तर निर्वाचनमा अत्यधिक मतले जितेको देखावटी कामलाई विपक्षी पार्टी र जनताले पचाउन सक्ने भएन । दुई दशक अवामी लिगको दमन सहेर बसेका जनताको लागि विद्यार्थी आन्दोलन एक सुरुआतको रूपमा देखे । जनताको शक्तिलाई न्यून आकलन गर्ने शासकहरूको नियति जे हुनुपथ्र्यो त्यो शेख हसिनाको सरकारले भोग्यो । तर, यसको पाठ नेपालमा ठुला दल भनी डिंगहाक्ने पार्टीहरू जो तीन दशकदेखि सरकारमा गएर देश र जनताको हितमा कुनै काम गर्न नसके पनि उल्टै साना पार्टीहरूको अस्तित्व नै समाप्त गर्न संविधान संशोधनको षड्यन्त्रमा लाग्नेहरूको लागि बङ्गलादेशको घटना ठुलो पाठ हुनसक्छ । नेपाली जनता सदाका लागि हात बाँधेर यी ठुला भनाउँदा दलहरूको गाईजात्रा हेरर अवश्य बस्ने छैनन् ।
‘मजदुर’ दैनिक २२ साउन २०८१ बाट पुनः प्रकाशन
Leave a Reply