जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६
- असार १२, २०८३
भक्तपुर, २९ भदौ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा आइतबार शिक्षक भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “बहुदलीय व्यवस्था पुनःस्थापनायता सरकारमा गएका नेताहरूले नातावाद, पक्षपात र अन्य अनियमितता गरेको हुँदा व्यापक जनतामा असन्तुष्टि बढेको हो । वर्गीय समाजमा शान्तिको अपेक्षा राख्न सकिँदैन ।”
भूकम्प, नाकाबन्दी, कोभिडलगायत सङ्कटको बेला शासक दलका नेताहरूको संरक्षणमा भ्रष्टाचार कमिसनखोर बढेको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “शासकहरू भ्रष्टाचार र कमिसनकै लागि खराब मानिसहरूलाई काखी च्याप्छन् । अमेरिकी सरकार मन्त्रालयकै नाम युद्ध मन्त्रालय राख्ने तयारी गर्दै छ ।”
शिक्षकहरूले नयाँ पुस्तालाई पाठ्यपुस्तकसँगसँगै देश र विदेशबारे पढाउनु जरूरी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “शिक्षक राम्रो भए नयाँ पुस्ता राम्रो हुनेछ । अहिले नेपालमा गणित, विज्ञान र अङ्ग्रेजीका शिक्षकहरू अभाव भएको सार्वजनिक भयो । नयाँ पुस्तालाई राम्रो शिक्षक भएर सेवा गर्न उत्साहित गर्नु आवश्यक छ ।”
सचिव सुवालले भन्नुभयो, “ठुला भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण हुने, शिक्षा–स्वास्थ्य निःशुल्क हुने, उत्पादनका साधन र सेवा सामाजिकीकरण हुने, व्यक्तित्व विकासमा समान अवसर हुने कानुनी व्यवस्थाको लागि राष्ट्रपतिले समयमै कदम उठाएको भए अहिलेको जनधनको क्षति नहुने यथार्थलाई अस्वीकार गर्न मिल्दैन ।”
पुँजीवादी पार्टी र नेताहरूको पछि लाग्ने बुद्धिजीवीहरू मूर्ख हुन्छन् । यो यथार्थलाई पनि आमूल परिवर्तन चाहने बुद्धिजीवीहरूले आत्मसात गर्नु आवश्यक छ । शिक्षकहरूले नयाँ पुस्तालाई सुसंस्कृत बनाउनु जरूरी छ । निर्वाचन जनताको चेतनास्तर नाप्ने व्यारोमिटरजस्तै हुने यथार्थबारे नयाँ पुस्तालाई सचेत गराउनु आवश्यक छ, उहाँले थप्नुभयो ।
भेलामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले युवा पुस्ताका भावनालाई प्रतिक्रियावादीहरूले उपयोग गर्न सक्नेतर्फ सचेत हुन आवश्यक छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष गणेशराम थुसाको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजन लाखाले पनि बोल्नुभएको थियो ।
Leave a Reply