भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
क) संसारलाई हल्लाएको क्यापिटोलको उपद्रव
२०२१ को जनवरी ६ को अपरान्ह हजारौँ अमेरिकी जनता वासिङ्टन डीसीको क्यापिटोल हिलमा भेला भए र नवनिर्वाचित राष्ट्रपतिको प्रमाणीकरणका लागि बसेको व्यवस्थापिकाको संयुक्त बैठक रोक्न क्यापिटोलका भवनमा धावा बोले । त्यो घटनाले संरा अमेरिकी राष्ट्रपतिको अधिकार हस्तान्तरणको प्रक्रिया रोकियो । घटनामा परी पाँच जना मानिस मारिए । साथै, १४० भन्दा बढी घाइते भए । सन् १८१४ मा बेलायती सेनाले अमेरिकी राष्ट्रपति भवनमा गोली चलाएको घटनायता क्यापिटोल हिलमा भएको त्यो घटना सबभन्दा खराब हिंसात्मक घटना थियो । २ सय वर्षभन्दा लामो समययता क्यापिटोलमाथि पहिलो पटक कब्जा जमाइएको थियो । सिनेटका एक जना रिपब्लिकन नेताले त्यो घटनालाई ‘असफल सत्ताकब्जा’ भनेका छन् । वैदेशिक सम्बन्धबारे संरा अमेरिकी परिषद् (सीएफआर) का एक जना विद्वान्ले संरा अमेरिका धेरै अमेरिकीले सोच्ने गरेजस्तो विशिष्ट नभएकोमा आश्चर्य व्यक्त गर्दै क्यापिटोलको उपद्रवपछि ‘अमेरिका अपवाद भएको, डाँडामाथिको अजम्बरी चहकिलो देश भएको’ सोचाइ सदाको लागि त्यागिनुपर्ने प्रतिक्रिया दिए ।
क्यापिटोल हिलको घटनाले अमेरिकी शैलीको प्रजातन्त्रका तीन प्रमुख जगलाई हल्लाएको छ ।
पहिलो, संरा अमेरिकाको ‘प्रजातन्त्र’ उसले दाबी गरेजस्तो प्रजातान्त्रिक छैन । केही संरा अमेरिकी नेताहरूले मत परिणाम अस्वीकार गर्नु र उनीहरूका समर्थकहरू त्यसैलाई कारण बनाएर क्यापिटोलका भवनहरूमाथि हिंसात्मक रूपमा हुर्रिएर भित्र पस्नु संरा अमेरिकी प्रजातन्त्रको विश्वसनीयतामाथि ठुलो आघात हो ।
दोस्रो, संरा अमेरिकामा ‘स्वतन्त्रता’ उसले भनेजस्तै स्वतन्त्र छैन । ट्वीटर, फेसबुकलगायत अन्य सामाजिक सञ्जालले केही राजनीतिक दलका नेताहरूका व्यक्तिगत खाता नै बन्द ग¥यो । त्यसो गर्नु भनेको सामाजिक सञ्जालमा उनीहरूको ‘हत्या गर्नु’ जस्तै हो । संरा अमेरिकामा ‘अभिव्यक्ति स्वतन्त्रता’ को मिथकलाई यसले छिन्नभिन्न बनाएको छ ।
तेस्रो, संरा अमेरिकामा ‘कानुनी शासन’ उसले दाबी गरेजस्तो कानुनसम्मत छैन । संरा अमेरिकी गृह प्रशासनले ‘ब्ल्याक लात् म्याटर्स (बीएलएम) आन्दोलन’ र क्यापिटोल हिलको उपद्रवका घटना सम्बन्धमा लिएको दोहोरो मापदण्डले संरा अमेरिकी ‘कानुनी शासन’ को वास्तविकता उजागर गरेको छ ।
क्यापिटोल हिल घटनाले अन्तर्राष्ट्रिय समुदायलाई पनि चकित बनायो । हिंसाको भत्र्सना गर्दैगर्दा धेरै मानिसले संरा अमेरिकाप्रति असन्तोष व्यक्त गरे ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीट गरेर संरा अमेरिकामा भएको घटनालाई ‘दुःखद दृश्य’ भनी प्रतिक्रिया जनाएका थिए ।
फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोँले ‘संसारकै सबभन्दा पुरानो प्रजातन्त्रमध्ये एउटामा ‘एक व्यक्ति–एक मत’ को विश्वव्यापी मान्यताको अपमान गरियो’ भने ।
दक्षिण अफ्रिकी राष्ट्रपति सिरेल रामाफोसाले यो घटनाबाट संरा अमेरिकाको प्रजातन्त्रको जग नै हल्लिएको प्रतिक्रिया दिए ।
इन्डोनेसियाका पूर्वराष्ट्रपति सुसिलो बामबाङ युद्धोयोनाले ट्वीट गरेर भने, “संरा अमेरिकी राजनीतिक झूटले विचार गर्न धेरै सामग्री दिएको छ । जब व्यवहारको कुरा आउँछ, संरा अमेरिका पूर्ण प्रजातान्त्रिक कदापि होइन ।”
ख) अन्तरनिहीत जातिवाद
संरा अमेरिकाको प्रजातन्त्रमा जातिवाद एउटा अमिट कालो धब्बा हो । संरा अमेरिकाका संस्थापक पिताहरूले ‘सबै मानिसको रचना समानरूपमा भएको हो’ भन्दै गर्दा सन् १७८९ को संविधानमा दासतालाई भने जस्ताको तस्तै छोडे । आज संरा अमेरिकाले जातीय विभेदलाई कानुनमा उन्मूलन गरे पनि श्वेत सर्वोच्चता भने अझै देशभर व्यापक र गहिरो बन्दै गएको छ । काला अमेरिकी र अन्य जातीय अल्पसङ्ख्यकहरूविरुद्धको विभेद प्रणालीमा निहित प्रक्रिया बनेको छ ।
अमेरिकी समाजले समय–समयमा जातीय विभेदको घाउको दुःखाइ अनुभव गर्दै आएको छ । सन् २०२० को मे २५ मा काला वर्णका अमेरिकी जर्ज फ्लोयडले मिनियासोटामा ज्यान गुमाए । कानुन पालनाको नाममा प्रहरीले गर्ने हिंसाको उनी सिकार बने । “मलाई श्वास फेर्न गा¥हो भयो,” मर्नुअघि जीवन रक्षाको लागि यसरी फ्लोयडले अनुनय गरेका थिए । उनको त्यो अन्तिम वाक्य जनआक्रोशको झिल्कोको रूप लिँदै डढेलोमा परिणत भयो । त्यसपछि संरा अमेरिकाका पचास वटै राज्त्रि झन्डै एक सय सहरमा विरोध प्रदर्शनहरू भए । प्रदर्शनकारीहरूले फ्लोयडलाई न्याय गर्न माग गरेका थिए, जातीय विभेद अन्त्यको माग गरेका थिए । फ्लोयडको हत्या भएको एक सय दिनसम्म लगातार विरोधका गतिविधि भएका थिए ।
जर्ज फ्लोयडको निर्मम हत्या बितेका शताब्दीमा काला अमेरिकीहरूले अमेरिकामा भोगेको वियोगपूर्ण नियतिको उत्कर्षमात्र थियो । अमेरिकी मनोवैज्ञानिक सङ्गठनका पूर्वसभापति सान्द्रा शुलमनले अमेरिकामा ‘जातिवादको महामारी’ रहेको बताइन् । नागरिक अधिकार आन्दोलनका नेता मार्टिन लुथर किङ जुनियरका सपना पूरा भएनन् । भारतको मूलधारको पत्रिका ‘द इन्डियन एक्सप्रेस’ को प्रकाशित सम्पादकीयअनुसार अमेरिकाका सबभन्दा प्रजातान्त्रिक संस्थाहरूलाई पददलित बनाएर अमेरिकी जातिवाद टिकेको छ ।
स्टानफोर्ड विश्वविद्यालयको वेबसाइट ‘स्टानफोर्ड न्यूज’ मा सन् २०२१ को फेब्रुअरीमा प्रकाशित एउटा लेखमा संरा अमेरिकामा जातिवादको व्यवस्थित चिरफार गरिएको छ । सो लेखमा काला समुदायको शिक्षा र युवाहरूप्रति ध्यान दिनुपर्ने, फौजदारी न्याय प्रणालीमा अल्पसङ्ख्यक जाति विशेषतः काला जातिमाथि अनुपयुक्त ढङ्गले निशाना बनाइएको, अर्थतन्त्रदेखि रोजगारीको क्षेत्रमा काममा लिने प्रक्रियादेखि उद्यमीहरूबाट पाउने ज्यालामा समेत काला र अन्य अल्पसङ्ख्यक समुदायलाई विभेद गरिएको उल्लेख छ । उनीहरूमाथि कार्यस्थलमा विभेद भएको पनि त्यो लेखमा लेखिएको छ । वासिङ्टन विश्वविद्यालयको एक अध्ययनअनुसार सन् १९८० देखि २०१८ को बिचमा संरा अमेरिकामा प्रहरी हिंसाबाट मात्र ३० हजार ८ सय मानिस मारिए । सरकारी आकडाको तुलनामा यो सङ्ख्या १७ हजार १ सयले बढी हो । त्यसको अर्थ संरा अमेरिकामा गोरा अमेरिकीहरूको तुलनामा अफ्रिकी अमेरिकीहरू प्रहरी हिंसाबाट मारिने सम्भावना ३.५ गुणाले बढी छ ।
अमेरिकामा अहिले उम्लिरहेको आक्रोश काला समुदायको आक्रोशमात्र होइन । बरु सिङ्गो जातीय समुदायको आक्रोश हो । इजरायलको ‘द जेरुस्लाम पोस्ट’ को वेबसाइटमा प्रकाशित एउटा लेखमा अमेरिकी यहुदीहरू दक्षिणपन्थी यहुदीविरोधी भावना र गोरा सर्वोच्चतावादी समूहहरूले मच्चाउने हिंसाप्रति बढी चिन्तित भएको लेखिएको छ । अमेरिकी यहुदी समितिले हरेक वर्ष गर्दै आएको सर्वेक्षणअनुसार सन् २०२० मा एक वर्षअघिको समत्न्दा ४३ प्रतिशत संरा अमेरिकी यहुदीहरूले असुरक्षा अनुभव गरेको देखियो । सन् २०१७ मा ४१ प्रतिशत अमेरिकी यहुदीहरूले संरा अमेरिकामा यहुदीवादविरोधी भावना गम्भीर समस्या भएको बताएका थिए । सन् २०१५ र २०१६ मा त्यसो भन्नेहरू २१ प्रतिशत र सन् २०१३ मा १४ प्रतिशत थिए ।
एसियाली मूलका अमेरिकीहरूमा कुटपिट र अभद्र व्यवहारको क्रम पनि बढ्दो छ । कोभिड–१९ फैलिएयता एसियाली – अमेरिकीहरूमाथि सार्वजनिक थलोमा अपमान र हमला गर्ने क्रम बढेको छ । संरा अमेरिकी सङ्घीय अनुसन्धान विभागको तथ्याङ्कअनुसार सन् २०२० मा संरा अमेरिकामा एसियाली मूलका जनताविरुद्ध घृणामा आधारित अपराध ७६ प्रतिशतले बढेको छ । सन् २०२० को मार्चदेखि सन् २०२१ को जूनसम्ममा ‘एसियाली – अमेरिकी र प्रशान्त टापुका अमेरिकीहरूलाई घृणा बन्द गर’ सङ्गठनमा ९ हजारभन्दा बढी त्यस्ता घटना दर्ता भएको थियो । राष्ट्रिय प्रसारण कम्पनी
(एनबीसी) ले युवा एसियाली – अमेरिकीहरूबिच गरेको सर्वेक्षणले गत वर्ष एकचौथाइ युवा एसियाली– अमेरिकीहरूलाई जातीय घृणामा आधारित कुटपिट र अपमानको सिकार बनाइएको देखाएको छ । झन्डै आधाभन्दा बढी उत्तरदाताले आफ्नो अवस्थाप्रति निराशा पोखेका थिए । एकचौथाइ उत्तरदाताले आफ्नो र परिवारको अवस्था देखेर डराएको उत्तर दिए ।
ग) कोभिड–१९ महामारीको खराब व्यवस्थापन
संरा अमेरिकाले आफूसँग संसारकै सर्वोत्कृष्ट स्वास्थ्य र औषधि उपचारको स्रोत भएको दाबी गर्छ । तर, कोभिड प्रतिरोधको समयमा त्यहाँको स्वास्थ्य क्षेत्र पूर्णतः भद्रगोल देखियो । संरा अमेरिका संसारकै सबभन्दा बढी कोभिड सङ्क्रमण फैलिएको र त्यही कारण मानिसको निधन भएको देश बन्यो ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गर्दै आएको तथ्याङ्कअनुसार सन् २०२१ को नोभेम्बर महिनाको मसान्तसम्ममा संरा अमेरिकामा कोभिड–१९ को सङ्क्रमण भएका मानिसको सङ्ख्या ४ करोड ८० लाख नाघ्यो । कोभिडको कारण मर्नेको सङ्ख्या ७ लाख ७० हजार नाघ्यो । यो दुवै सङ्ख्या संसारकै सबभन्दा उच्च हो ।
सन् २०२१ को जनवरी ८ मा एकै दिन ३ लाख ७ सय ७७ जना अमेरिकीलाई कोभिडको सङ्क्रमण पुष्टि भयो । संरा अमेरिकामा कोभिड–१९ को सङ्क्रमण फैलिएयता एकै दिनमा यति धेरै सङ्ख्यामा सङ्क्रमण भएको यो सबभन्दा उच्च सङ्ख्या थियो । त्यस्तै, जनवरी १३ मा एकै दिन कोभिड–१९ को सङ्क्रमणबाट ४ हजार १ सय ७० जना अमेरिकीले ज्यान गुमाए । सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्कवादी हमलामा समेत त्यति सङ्ख्यामा मानिसले ज्यान गुमाएका थिएनन् ।
नोभेम्बर महिनाको मसान्तसम्ममा संरा अमेरिकामा दैनिक औसत कोभिड सङ्क्रमणको दर बढेर ७० हजार पुगेको थियो भने दैनिक मर्नेको औसत सङ्ख्या बढेर ७ सय पुगेको थियो ।
हरेक ५ सय जना अमेरिकीमध्ये एक जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ । अहिलेसम्म कोभिड–१९ को कारण संरा अमेरिकामा मर्नेको सङ्ख्या सन् १९१९ को इन्फ्लुयन्जा महामारीमा मर्नेको सङ्ख्याभन्दा बढी पुगेको छ । त्यस्तै, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, कोरिया युद्ध, भियतनाम युद्ध, इराक युद्ध र अफगान युद्ध सबैमा मारिने अमेरिकीको कुल सङ्ख्यालाई कोभिडको कारण मर्नेको सङ्ख्याले उछिनिसकेको छ ।
संरा अमेरिकाले विज्ञानमा आधारित भएर महामारीको प्रतिरोध गरेको भए धेरै मानिसको जीवन जोगाउन सकिन्थ्यो । सरुवा रोग विशेषज्ञ तथा संरा अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका पूर्वप्रमुख विलियम फोइजले महामारीमा भएको मृत्युलाई ‘हत्या’ को संज्ञा दिएका छन् ।
महामारीको कारण संरा अमेरिकी अर्थतन्त्रले ठुलो नोक्सानी व्यहोरेको छ । त्यहाँ बन्द भएका व्यापार र बेरोजगारीको दर कल्पनाभन्दा बाहिर छ । ठुलो सङ्ख्यामा अमेरिकीहरूले रोजगारी गुमाएका छन् । सामाजिक अस्थिरता बढ्दा मानिसका चिन्ता र कमजोर भावना अझ गहिरो बनेको छ ।
संरा अमेरिकी बजेट तथा नीति प्राथमिकता केन्द्रले सन् २०२१ को जुलाई २९ मा सार्वजनिक गरेको कोभिड कठिनाइ पर्यवेक्षण (कोभिड हार्डसीप वाच) अनुसार सन् २०२० को डिसेम्बरको तुलनामा अवस्थामा सुधार भए पनि अमेरिकी जनताको कठिनाइ सन् २०२१ को पहिलो छ महिनामा अझ बढेको थियो । आफ्नै घरमा बस्दै आएका झन्डै २ करोड अमेरिकीलाई खानलाई समेत धौ धौ भयो । १ करोड १४ लाख अमेरिकीहरू भाडामा बस्छन् । उनीहरूले कोठा भाडा तिर्न सकेका छैनन् । भाडा तिर्न नसकेकाले उनीहरू कुनै पनि बेला कोठाबाट निकालिन सक्छन् ।
संरा अमेरिकी तथ्याङ्क विभागले सार्वजनिक गरेको तथ्याङ्कले देखाएअनुसार सन् २०२१ को जुलाईसम्ममा घरमा कम उमेरका आफैले कमाउन नसक्ने बालबालिका भएका २२ प्रतिशत घर परिवारको कम्तीमा एक जना मानिसले आम्दानीको स्रोत गुमाएको छ ।
संरा अमेरिकी उपभोक्ताहरूको आत्मविश्वास नराम्ररी भत्किएको छ । रोजगार बजारको पुनःस्थापना प्रगतिशून्य छ । गोल्डम्यान सच्स, मोर्गन स्टान्ले र अक्सफोर्ड इकोनोमिक्सजस्ता संस्थाहरूले संरा अमेरिकी अर्थतन्त्रमा हुने वृद्धिको पूर्वानुमानमाथि पुनःविचार गरेका छन् । यही बेला तीन चरणको बृहत् आर्थिक प्रोत्साहन योजना लागु भएपछि अन्य धेरै कुरासँगै सामान आपूर्ति ठप्प छ । जसले मुद्रास्फीति दर अझ अकाशिएको छ । यो वर्ष सन् २०२१ को अक्टोबर महिनामा संरा अमेरिकी उपभोक्ता मूल्य सूचाङ्क (सीपीआई) अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशतले बढेको छ । त्यसपछिका ६ महिना लगातार सीपीआई कम्तीमा ५ प्रतिशतले बढेको छ । सन् २००८ यता यो सीपीआईमा सबभन्दा ठुलो वृद्धि हो ।
संरा अमेरिकामा कोरोना भाइरस लगातार फैलिनुको मूल कारण विज्ञानको कमी होइन, बरु विज्ञानमा विश्वास र भर पर्न नचाहेर हो । चुनावमा जित्न केही राजनीतिक नेताहरूले देशको हितभन्दा माथि आफ्नो दलको हितलाई राखे । महामारीको प्रतिरोधलाई राजनीतीकरण गरियो । अनि, एकअर्कालाई दोषारोपण गर्दै बसे । सङ्घ र राज्य सरकारहरूले आपसमा मिलेर महामारीको प्रतिरोधमा मूर्त कामलाई प्रभावकारी बनाउन सकेनन् । बरु, एकआपसमा झगडा गरेर समय खेर फाले । फलतः महामारी प्रतिरोध र रोकथामको कामको निकै राजनीतीकरण गरियो । खोप र मास्क लगाउने विषयलाई पार्टीहरूले जनताबिच झगडाको विषय बनाइदिए । संरा अमेरिकामा बौद्धिकताको विरोधको लहर नै उठ्यो ।
फ्रान्सको अखबार ‘Le Monde’ मा प्रकाशित समाचारमा कोभिड–१९ सङ्कटको खराब व्यवस्थापनले संरा अमेरिकी प्रजातन्त्रको खराबी वा कमजोरी उजागर गरेको उल्लेख छ । धनीमानीको लागि मात्र उपचार गर्नसक्ने ज्यादै महँगो स्वास्थ्य प्रणालीले गरिब जनतालाई सामाजिक सुरक्षाबाट वञ्चित बनायो । अझै पनि संसारकै विकसितमध्येको त्यो देश सामाजिक अन्यायको खाल्डोमा धकेलिएको छ । यो प्रजातान्त्रिक क्षयको विशेष अवस्था हो जसले सङ्कटको प्रभावकारी व्यवस्थापनलाई असम्भव बनाएको छ ।
स्टानफोर्ड न्युजले जनस्वास्थ्यको क्षेत्रमा कोभिड–१९ महामारीले काला तथा अन्य अल्पसङ्ख्यक समुदायमाथि असमानुपातिक प्रभाव पारेको छ । काला, गोरा र अन्य समुदायको स्वास्थ्यमा विभेदलाई सतहमा ल्याएको छ ।
स्रोत : संरा अमेरिकाको प्रजातन्त्र
Leave a Reply