भर्खरै :

तःमुंज्या सफल पार्न इन्जिनियरहरूको भेला

तःमुंज्या सफल पार्न इन्जिनियरहरूको भेला

भक्तपुर, ३ असोज । ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम आयोजक समितिको आयोजनामा शुक्रबार इन्जिनियरहरूको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी भनसका सदस्य पुरुषोत्तम तमखुले पेसागतरूपमा सफल मानिसले सामाजिक तथा व्यवहारिक ज्ञानमा उत्तिकै ध्यान दिए मात्र वास्तविक सफलता हात पार्ने भएकोले समाजलाई योगदान दिनुपर्ने बताउनुभयो ।
उहाँले तःमुंज्याको दबु वास्तविक मजदुर र किसानवर्गको लागि भएकोले यसको सदुपयोग पनि त्यही वर्गबाट आएका परिवार र जनताले गर्नुपर्ने आँैल्याउनुभयो । हामीले समाजलाई अगाडि बढाउन सेवा भाव हुनुपर्ने बताउँदै राजनीतिकरूपमा सचेत मानिसले असल योगदान गर्न सकिने बताउनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका सचिव तथा इन्जिनियर समाज नेपालका अध्यक्ष नरेश खत्रीले तःमुंज्या सफल पार्न आर्थिक, भौतिक तथा नैतिक सहयोगको लागि आग्रह गर्दै प्राविधिकहरूले पनि देशको भूराजनीतिक अवस्थालाई बुझ्नुपर्ने र त्यहीअनुसार देश विकासमा योगदान पु¥याउनुपर्ने बताउनुभयो ।
४५ औँ नेपालभाषा साहित्य तःमुंज्याका उपाध्यक्ष श्यामसुन्दर मातांले तःमुंज्या जनताको लागि खुला विश्वविद्यालय भएकोले मजदुर किसानवर्गले यसको उपयोग गर्नुपर्ने बताउनुभयो । आयोजक समितिका सचिव राजन जतिले अहिलेसम्म भएका प्रगतिबारे जानकारी दिनुभयो ।
कार्यक्रममा इन्जिनियरिङ समाज नेपाल भनपा वडा नं. २ का अध्यक्ष विजय जति र सविन बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *