भर्खरै :

विद्यार्थी निकेतनमा ‘जेलका चिट्ठीहरू’ को अध्ययन गोष्ठी

विद्यार्थी निकेतनमा ‘जेलका चिट्ठीहरू’ को अध्ययन गोष्ठी

भक्तपुर, असोज ३ । शिक्षकको व्यक्तित्वले विद्यार्थीहरूको अनुशासन र व्यवहारमा फरक पर्ने भएकोले अध्ययनशील शिक्षकहरूले पढाएका विद्यार्थी पनि अध्ययन अनुसन्धानमा जागरुक हुने गर्दछ । चाडपर्वलाई रमाइलो गर्ने र मिठो खानेकुराको अवसरको रूपमा मात्र नहेरी अध्ययन अनुसन्धान गर्ने सिर्जनशील समयको रूपमा बिताउनु आवश्यक छ ।
उक्त विचार विद्यार्थी निकेतन माध्यमिक विद्यालय, साकोठामा नेक्राशिसङ्घ, एकाइ समितिको आयोजनामा भएको ‘जेलका चिट्ठीहरू’ पुस्तकमाथिको चर्चा कार्यक्रममा भक्तपुर नगरपालिका वडा ५ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले व्यक्त गर्नुभएको हो ।
उहाँले ‘जेलका चिट्ठीहरू’ एउटा पतिले पत्नीको लागि मात्र लेखेको सामान्य चिट्ठीको रूपमा नहेरी एक साहित्यकार एवं राजनीतिक बन्दीका रूपमा रहेका रोहितले देशको राजनीति, संस्कृति, भूगोल, कूटनीतिक सन्दर्भहरूसमेत उल्लेख गरी प्रस्तुत गरिएको पुस्तक हो भन्नुभयो ।
उक्त कार्यक्रममा ४५ औँ नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष रवीन्द्र खर्बुजाले अध्यक्ष रोहितले जनप्रतिनिधिहरूलाई पुरानो युगबाट नयाँ पुस्ताको सेवा गर्न निर्देश दिनुभएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक न्हुछेबहादुर खाताखोले शिक्षकहरूले विद्यालयको विकासको लागि गर्ने अतिरिक्त समयको योगदान विद्यालयको लागि पँुजी हुने भएकोले विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि शिक्षकहरू हरपल चिन्तन गर्नु आवश्यक हुने कुरामा जोड दिनुभयो ।
उक्त कार्यक्रममा ‘जेलका चिठीहरू’ र ‘लेटर्स फ्रम द जेल’ माथि शिक्षकहरू प्रभाकुमारी मिश्र, राज्यश्वरी गाइँजु, के.पी. छुस्याकीले चर्चा गर्नुभएको थियो ।
शिक्षिका रुपकेशरी उलकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षकद्वय उद्धव दाहाल र अम्बर दली श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *