छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सम्पन्न “साहित्यले मानिसलाई विनम्रता, शिष्टतापूर्वक बोल्ने भाषिक सिप प्रदान गर्छ”
- कार्तिक ९, २०८३
अन्याय, अत्याचार भ्रष्टाचार
शोषण र दमन
युगौँ युग भइरह्यो यहाँ
सिमानाविहीन ।
उच्चपदस्थ कर्मचारी पनि
भरौटेको हालीमुहाली
कमिसनखोरी ठगहरू
भू–माफिया दलाली ।
उकुसमुकुस असह्य पीडा
तुच्छ बोलीको परिणाम
अहङ्कारी विवेकहीनहरू त
अब हेर गुमनाम ।
अठोटका साथ लागे हेर
नयाँ पुस्ताहरू
विध्वंस गर्न घुसपैठ गरे
अनेक पातकीहरू ।
बिनाउद्देश्यहीन ।
देशैभरि नै छिनभरमै
सार्वजनिक सम्पत्ति भष्म
सिंहदरबार संसद् सर्वोच्च
प्रमाण सबै नष्ट ।
देशभक्त जनजनको मन
थाम्नै सकिन्न छाती
कुबुद्धिहरूको बेथिति त
भुल्नै छैन ती ।
नयाँ युग नयाँ व्यवस्था
अठोट भयो झूटा
नयाँ पुस्ताको यो बलिदान त
भए माछा माछा भ्यागुतो ।
Leave a Reply