भजन गायन प्रदर्शनी
- जेष्ठ १५, २०८३
मलाई थाहा छ,
आवाज रोकियो
हात चल्यो
तपाईँको
एउटै मुक्कामा बादशाह ढल्यो
देश जल्यो ।
राष्ट्र रक्ताम्य छ
जनता समस्यामा छन्
राज्य लथालिङ्ग छ
राज्य नै लथालिङ्ग भएपछि
सबैतिर लथालिङ्ग छ ।
जे जस्तो भए पनि
आजको प्रविधि, सुशासन समृद्धिको म्यारथुनमा
हजारौँ कोषपछि परेको मेरो देशलाई
सकी नसकी अगाडि बढाउनु छ ।
नत्र त यो राष्ट्र,राष्ट्रियता, स्वाभिमान, स्तन्त्रताजस्ता
यावत खेलबाट सदाको लागि निकालिनु छ ।
शिक्षाको कुरा छ
स्वास्थ्यको कुरा छ
रोजगारको कुरा छ
सहिदको सपनाको कुरा छ ।
अब एउटै प्रश्न छ तपाईँका ती
वरिष्ठ हातहरूलाई ।
के उसलाई उतै फर्काउन सक्नुहुन्छ ?
यस्तो भयानक अप्ठ्रोमा
जसले देशको सीमा मिच्दै मिच्दै आइरहेको छ ।
Leave a Reply