हेल्भेटासका प्रतिनिधिहरूद्वारा भक्तपुर नगरपालिका भ्रमण
- कार्तिक २६, २०८२

दैलेख, ६ असोज । नेपाल मजदुर किसान पार्टी चामुण्डा विन्द्रासैनीको आयोजनामा सोमबार वर्तमान देशको राजनीतिक परिस्थितिको जानकारी दिने उद्देश्यले जम्बुकाँधमा जनसभा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले अहिले देशको असहज परिस्थिति आउनुको कारण शासक दलको गैरजिम्मेवारी भएको बताउनुभयो । नेमकिपाले दिएको सुझावलाई नमान्ने शासकहरू अहिले पछुताइरहेका होलान्, उहाँले भन्नुभयो ।
देशका सार्वजनिक र ऐतिहासिक पुराना भवन जलेकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसबारे छानबिन हुन जरुरी छ भन्नुभयो ।
नेमकिपाले स्थापनाकालदेखि नै गरिब जनताको हित हुने ऐनकानुन, शिक्षा र स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारको बन्दोबस्त गर्नुपर्ने विचार राखिरहेको चर्चा उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाको उद्देश्य आमूल परिवर्तन हो । आमूल परिवर्तन सङ्घर्षले मात्र सम्भव हुन्छ । यसको लागि जनता राजनीतिक, सैद्धान्तिक र वैचारिक रूपले सुसूचित हुनुपर्छ ।”
नेमकिपाका केन्द्रीय सदस्य केशेन्द्रप्रकाश कार्कीले शासकहरूले भ्रष्टाचार गरेको र गरिब जनताको बारेमा नसोचेकै कारण जेन–जी आन्दोलन भएको हो भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बखत थापाले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूमि रहेको चर्चा गर्नुभयो ।
नेपाली भूमि जोगाउन नेपाल सरकार नै अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले नेमकिपाले सुरुदेखि नै नेपाली भूमि जोगाउन सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला उपाध्यक्ष लक्ष्मीकुमार विकले भन्नुभयो, “समाज परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण हुन्छ । हरेक युवा राजनीतिकरूपमा सक्रिय हुनुपर्छ ।”
नेमकिपा चामुण्डा विन्द्रासैनीका अध्यक्ष निरकबहादुर शाहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लवराज ढकाल र महेश न्यौपानेले पनि बोल्नुभएको थियो ।
Leave a Reply