नेमकिपा अराजकताविरोधी पार्टी
- आश्विन १, २०८२
पैतीस वर्षयता सरकारमा गएका दलहरूले युवालाई स्वदेशमै रोजगारी दिने काम गरेनन् । रेमिट्यान्स्बाट देश चलाउने सपना देखेका सरकारहरूलाई अहिले गतिलै झापड लागेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालीहरूलाई भिजिट भिसा र वर्किङ भिसा नदिएको सार्वजनिक भयो । कामका लागि यूएईमा पु¥याएका ८ लाख नेपाली युवामध्ये ७० हजार भिजिट भिसामार्फत यूएईमा पु¥याइएको सार्वजनिक भयो ।
नेपाली महिला घरेलु कामदारको रूपमा खाडीलगायत मुलुकमा बेचिएका छन् । दलाल म्यानपावर कम्पनीहरूले महिलालाई भिजिट भिसामा यूएई पु¥याएर घरेलु कामदारमा लगाएका छन् । यूएईबाट कुवेत, ओमान, बहराइनलगायतका देशमा नेपाली महिला कामदार पठाउन ठुलै गिरोह सक्रिय रहेका छन् । भिजिट भिसामा बिचौलियादेखि मन्त्री, प्रधानमन्त्रीसम्मको संलग्न रहेको यसअघि नै सार्वजनिक भएको हो ।
भदौ २३ र २४ गतेको आन्दोलनमा १३ हजारभन्दा बढी कैदी जेलबाट छोडिएको हुँदा यूएईले नेपाली युवालाई भिजिट भिसा नदिएको अनुमान गरिएको छ । नेपालमा लागुपदार्थ दुव्र्यसन र आपराधिक गतिविधि बढ्दै गइरहेको सार्वजनिक भएसँगै यूएईले भिजिट भिसामा रोक लगाएको सार्वजनिक भयो ।
दलालहरूले नेपाली युवाहरूलाई नेपाल र भारतको बाटो हुँदै खाडी मुलुक पु¥याउने गरिएको यसअघि नै सार्वजनिक भएको हो । रौतहट र बागलुङका दुई जना युवालाई एक महिनाको भिजिट भिसामा ६ महिनाअघि भारतको बाटो भएर युक्रेन पु¥याइयो । अध्यागमन कानुन उल्लङ्घनको आरोपमा ती दुवै युक्रेनको हिरासतमा परे र एनआरएनए जर्मनीको समन्वयमा उनीहरूलाई उद्धार गरी हालै नेपाल पठाइएको छ ।
नेपाली युवालाई वैदेशिक रोजगारीको नाममा विभिन्न देशमा बेच्ने काममा नेपालीसँगै भारतीय र अन्य विदेशी दलाल लागेको सार्वजनिक भइरहेको छ । शासक दलकै कार्यकर्ताहरू म्यानपावर कम्पनी खोलेर नेपालीलाई विदेशमा बेच्न उद्यत छन् । युवाहरूको पछिल्लो आन्दोलन भ्रष्टाचारको विरोधसँगै नेपालमै काम पाउनको लागि हो । तर, यही बन्दोबस्तमा नेपाली युवालाई स्वदेशमै काम मिल्ने अवस्था छैन ।
भदौ २३ र २४ गते क्षति भएको संरचना निर्माणदेखि अन्य कामका लागि अहिलेको सरकारले निजी क्षेत्रलाई राहत प्याकेजको घोषणा त ग¥यो तर नेपाली युवालाई स्वदेशमै काम दिने योजना ल्याएन । पुँजीपतिवर्गलाई सहुलियत कर्जा दिन ९ अर्ब ८० करोड निकासा गर्ने सरकारले सार्वजनिक उद्योग स्थापना र सञ्चालन किन गरेन ?
उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादमा मात्र सबै समस्या समाधान हुने यथार्थबारे नेपाली जनताले जानकारीमा राख्नु जरुरी छ ।
Leave a Reply