बौद्ध विशेषतायुक्त लाओ समाजवाद
- आश्विन ७, २०८२
सियोल, ८ असोज (एएफपी) । दक्षिण कोरियाले बुधबार महाभियोगमा परेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन हीविरुद्ध आपराधिक मुद्दा दायर गरेको छ । मार्सल लगाएर जनअधिकार खोसेपछि संसद्ले महाअभियोग लगाई पूर्वराष्ट्रपति युनलाई पदबाट हटाइएपछि पहिलोपटक पूर्व प्रथम महिलाले अदालतमा मुद्दाको सामना गरेकी हुन् ।
किमलाई गत अगस्टमा स्टक हेरफेर र भ्रष्टाचारलगायतका आरोपमा पक्राउ गरिएको थियो । उनी गार्डहरूको बिचमा सियोल केन्द्रीय जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । गाढा सूटमा, कपाल पछाडि बाँधिएको, छातीमा कैदी नम्बर ४३९८ लेखिएको ब्याजसहित उनी अदालतमा देखिएकी थिइन् । पहिचान र पेसा पुष्टि गर्ने क्रममा उनले सङ्क्षिप्त जवाफ दिइन्, “म बेरोजगार छु ।” उनले जन्म मिति दिए पनि जूरी ट्रायलको अनुरोध अस्वीकार गरिन् ।
यो मुद्दाले दक्षिण कोरियामा पहिलोपटक पूर्वराष्ट्रपति र पूर्व प्रथम महिलालाई एकैसाथ आपराधिक कारबाहीमा ल्याएको हो । विशेषगरी स्टक हेरफेरमा संलग्नता र सन् २०२२ मा युनिफिकेसन चर्चका प्रमुख हानहानजसँग डायर ह्यान्डब्याग लिएको विवादपछि किम लामो समयदेखि अनुसन्धानको दायरामा हुनुहुन्छ । उनीमाथि युनको पार्टीको सांसद चयन प्रक्रियामा हस्तक्षेप गरेको र निर्वाचन कानुन उल्लङ्घन गरेको आरोपसमेत छ । कानुनी विज्ञहरूका अनुसार यो मुद्दाले दुवैलाई संसदीय चुनावमा प्रभाव पार्ने भूमिकाका लागि जवाफदेही बनाउन सक्छ ।
राष्ट्रपतिको हैसियतमा युनले संसद्ले पारित गरेका किमविरुद्धका तीन विशेष अनुसन्धान विधेयकलाई भिटो गरेका थिए । अन्तिम भिटो नोभेम्बरमा जारी गरेपछि एक सातामै उनले मार्सल ल घोषणा गरेका थिए ।
Leave a Reply