भर्खरै :

ख्वप मावि/कलेजमा खेलकुद प्रतियोगिता सुरु

ख्वप मावि/कलेजमा खेलकुद प्रतियोगिता सुरु

भक्तपुर, ८ असोज । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मा.वि., ख्वप कलेज, शारदा क्याम्पस मा.वि. र ख्वप कलेज अफ लमा अध्ययनरत विद्यार्थीबिच भइरहेको खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार दौड प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगिताअन्तर्गत ३००० मिटर छात्र दौडमा विज्ञान १२ का कुशल खड्का पहिलो, व्यवस्थापन १२ का रिजन मचामसी दोस्रो र विज्ञान ११ का मनिष लम्साल तेस्रो हुन सफल भए ।
त्यस्तै, छात्रातर्फ विज्ञान १२ का क्रिस्टिना बासुकला पहिलो, बीएएलएलबीका स्वागता खाइजु दोस्रो र विज्ञान १२ का प्रशंसा अवाल तेस्रो हुन सफल भइन् ।
ख्वप मावि/कलेजले दिएको जानकारीअनुसार बुधबार ब्याडनमिन्टनको क्वाटर फाइनलसम्मका खेलहरू सम्पन्न भए । बिहीबार ब्याडमिन्टनका बाँकी खेलहरू तथा फूटसल, टेबलटेनिस र चेस प्रतियोगिता सुरु हुने र शुक्रबार बास्केटबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *