भर्खरै :

सबै हेर्दै बसेका….

सबै हेर्दै बसेका….

अलि राम्रो जेल बनाउनु
मैले सुझाएकै हो
मानेनौ अब बस्नु त्यसरी
जसरी हिजो अरु बसे
भ्रष्टहरूको
अखडा बनाएकै हो
भर्तीकेन्द्र
बनाएकै हो
भागबन्डा गरेर
बन्दाकोपीझँै
पत्र पत्र निकालेर
खोक्रो त पारेकै हो ।

अब त देश
पूरा जेल भएको छ
त्यसैले होइन अब त
एक घर एक
बङ्कर बनाउनुपर्छ
यहाँ लेन्दुप दोर्जेको
बोलवाला बढेको छ
सायद जन गण मन
गाउने दिन गन्न थालेको छ
जेलेन्सकीको नयाँ अवतारले
देश सायद
युक्रेनको दिशामा बढेको छ ।
९÷११ मा
ट्विन टावर ढलेको थियो
यहाँ त्यही दिन
मान्छे ढाले
त्यही दिनदेखि
सायद भित्रभित्रै
सिंहदरबार जलेको थियो
सिंहदरबार हेर्नेले पनि
जलेको हेरेरै बसे
सायद खरानीको व्यापार
फस्टाउने देखे
खरानी पनि कुरेरै बसे ।

न्यायालय बाल्दानी
आँखा सेकेर बसे
गाजाको हविगत
नबनुन्जेल सायद
हेर्दै बस्ने भएका छन्
कठपुतलीझैँ ननाचेसम्म
नचाएर पठाएकाहरूले
सत्ताको बागडोर
सम्हाल्ने भएका छन्
अब संसद् भवन जलोस्
कि नारायणहिटी
हेर्नुपर्ने नियति बन्ने पक्का भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *