‘जस्तोसुकै बाधा व्यवधानबिच पनि हामी निरन्तर जनताको सेवामा समर्पित भएर अघि बढिरहनेछौँ
- कार्तिक १०, २०८३
भक्तपुर, १२ असोज । प्रभात इङ्गलिश सेकेन्डरी स्कूलमा शुभकामना आदाप्रदान कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “कर्मचारीको तलब र पेन्सनसमेतको लागि विदेशीसँग ऋण लिनुपर्ने नेपालको आर्थिक अवस्था छ । सरकारहरूले नेपाललाई २७ खर्ब सार्वजनिक ऋण, वार्षिक १५ खर्ब व्यापार घाटा, १२ खर्ब बेरूजु, ४ खर्ब असुल गर्नुपर्ने बेरूजु रहेको अवस्थामा पु¥याए भने करोडौँ नेपालीलाई वैदेशिक रोजगारीमा पठाइरहेका छन् ।”
मानिसको लवाइ खवाइ, भेषभूषा, बानी व्यहोरा संस्कृतिसँग जोडिएको हुने धारणा राख्दै उहाँले दसैँलगायत चाडपर्व हाम्रो संस्कृति भएकोले चाडपर्वलाई अन्धविश्वासको रूपमा मनाउन नहुने बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “बेलायतको अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धानमा धेरै वर्षसम्म दैनिकरूपमा मासु खानेलाई ६ प्रकारका गम्भीर रोग लाग्ने गरेको सार्वजनिक भयो । यो अनुसन्धानले हप्तामा २०० ग्रामसम्म मासु खान सिफारिस गरेको छ । दसैँमा यो अनुसन्धानलाई पनि मनन गरी सन्तुलित भोजन गर्नु जरूरी हुन्छ ।”
“नयाँ पुस्ताको असन्तुष्टिसँगै सरकार परिवर्तन भयो । देश र जनताको निःस्वार्थरूपमा सेवा नगर्ने नेका, एमाले, माओवादीहरूको सरकार जनअसन्तोषको कारक हो । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण हुने कानुनी व्यवस्था जरूरी छ । आगजनीले उपलब्धि हुँदैन ।” उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “पुरानो बन्दोबस्तमा प्रधानमन्त्री र मन्त्री फेरिँदैमा देश र जनताको समस्या समाधान हुनेछैन† उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गरिए मात्र व्यापक जनताको हित हुनेछ । विद्यालय र कलेजका शिक्षक शिक्षिकाहरूले नयाँ पुस्तालाई देश र विदेशको राजनीतिक र आर्थिक विषय, पुँजीवादी व्यवस्थाको नकारात्मक पक्षबारे जानकारी गराएमा समाज सुसंस्कृत बनाउन मद्दत पुग्नेछ ।”
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं वाग्मती प्रदेश सदस्य सृजना सैँजूले यस वर्षको दसैँ राजनीतिक रूपमा विषम परिस्थितिमा रहेकोले सबैजना आ–आफ्नो ठाउँबाट सचेत रहन र कुनै अवाञ्छित घटना भए सञ्चार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “गत भदौ २३÷२४ गते आन्दोलन गर्ने नयाँ पुस्तामा अन्तर्राष्ट्रिय राजनीतिको भेउ नहुनुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय इतिहासको ज्ञान र भूराजनीतिको विषयवस्तुमा राम्रो ज्ञान नभएको कारण नेपालको सयौँ वर्ष इतिहास र दस्ताबेजहरू जलाउन उद्यत हुन पुगेको देखिन्छ ।”
विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मीभक्त बासुकलाले हरेक विद्यार्थीहरूलाई आफ्नो सांस्कृतिक सम्पदाहरूबारे जानकारी गराउनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मीभक्त लासिवाले स्वास्थ्यलाई मुख्य ध्यान दिएर दसैँ मनाउन सुझाव दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवाले देश कृषिमा आत्मनिर्भरता घट्दै जाँदा झन्झन् समस्या बढेकोले देशलाई आत्मनिर्भर बनाउन सही दृष्टिकोण, लगाव र अनुशासन जरुरी भएको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू रोशनमैयाँ सुवाल, अनिता जधारी, हरिप्रसाद बासुकला, गणेशप्रसाद सुवाल, मुना बासुकला, अजयन्द्रकुमार लघु, कृष्णराम पहीलगायतले आ–आफ्नो विचार व्यक्त गरी शुुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्राचार्य बदनकेशरी प्रजापति र शिक्षिका तारा न्यौपानेले पनि बोल्नुभएको थियो ।
Leave a Reply