अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
भक्तपुर नगरपालिकाले नगर सफाई अभियानलाई अझ व्यवस्थित र व्यापक बनाउने हेतुले बाल्टिन वितरण गरेको छ । जथाभावी फोहर फाल्ने गलत बानीमा सुधार गर्न यो कदम प्रशंसनीय हो । नगरपालिकाको यो अभियानले चाँडै अन्य वडामा पनि निरन्तरता पाउने आशा गरौं । तर बाल्टिन वितरण गर्दैमा मात्र नगरबासीले फोहोर जथाभावी फाल्न छोड्ने भने होइन । विगतमा पनि नगरपालिकाकै पहलमा बाल्टिन वितरण गर्ने काम भएको थियो । कुहिने र नकुहिने फोहोर जम्मा गर्न अलग अलग बाल्टिन वितरण भएको थियो । तर नगरपालिकाले ती बाल्टिनको प्रयोजनबारे नगरबासीलाई बुझाउन नसक्दा कतिपय मानिसहरुले ती बाल्टिनलाई अन्य घरायसीमा प्रयोग गरे । कतिले धोएको लुगा राख्न, खेतमा खाजा लान, पानी ओसार्न आदि काममा समेत ती बाल्टिन प्रयोग गरिएको देखियो । फोहोरलाई कुहिने र नकुहिने प्रकारमा अलग अलग राख्न कमै मात्र नगरबासीले सके ।
नगरबासीलाई बाल्टिन वा कुनै पनि भौतिक वस्तुसँगै दिंदा तिनको प्रयोजनबारे पनि जनतालाई राम्ररी बुझाउन सके मात्र यस्ता अभियानको अर्थ रहने गर्दछ । नत्र नगरपालिकाले गर्ने काम पनि कुनै विदेशी दातासँग डोनेशन लिएर काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(आइएनजीओ) का काम जस्तै हुन बेर लाग्दैन । तसर्थ नगरबासीलाई भौतिक वस्तुसँगै सचेतना पनि समान तरिकाबाट दिन जरुरी छ ।
आशा गरौं, भक्तपुर नगरपालिकाले यस विषयमा पनि ध्यान दिनेछ ।
हरिसुन्दर अवाल, महालक्ष्मीस्थान
Leave a Reply