भर्खरै :

तःमुंज्या

तःमुंज्या

तःमुंज्यामा दर्शक स्रोताहरू भरिभराउ थिए । मञ्चको अगाडि प्रतिष्ठित दिग्गज, विज्ञ, जानकार अतिथि पाहुनाहरू लहरै थिए । उनीहरू कोही लेखक, साहित्यकार कोही अर्थशास्त्र, कोही इन्जिनियर, कोही चिकित्सक, कोही भूगोल,जलस्रोत, कोही कूटनीति, कोही सुरक्षा, कोही संस्कृति, कोही इतिहास, कोही राजनीति आदिका विज्ञ या जानकार थिए ।
दुईजना साथी सिम्रिका र सिम्रिक सँगै बसेर विज्ञ, जानकार अतिथि वक्ताहरूको मन्तव्य, विचार अभिरुचिपूर्वक सुनिरहेका थिए । सिम्रिका कानुनका विद्यार्थी, सिम्रिक इन्जिनियरका विद्यार्थी थिए । यो तःमुंज्याको सम्मेलनमा बस्दा, सुन्दा विश्वविद्यालयको कक्षामा बसिरहेको जस्तो अनुभव भयो । रसियन बहादुर छोरी जोया, भियतनामी योद्धा क्युयेन–न्युगेन, क्लारा जेटकिन, यानकाई हुई, अन्ना लुइस्ट्रङ आदिको कुरा सुन्दा सारै घटलाग्यो । नेपालको आन्तरिक मामलामा भारत र अमेरिकी हस्तक्षेप, उनका पिछलगू दलालहरूको कुरा सुन्दा मनमा आक्रोशको ज्वाला नै बल्यो । हामीले पहिला थाहा नभएर, सहभागी हुन नपाउँदा गल्ती ग¥यौँ जस्तो लाग्यो । यतिका विज्ञहरूको विचार, सोच, अनुभव पस्किने काम अन्त कहीँ हुँदैन होला है ¤ सुन्दा मलाई त सबै हिसाबले हाम्रो देश अनि विश्वमै घुमेजस्तोे, कक्षामा बसिरहेजस्तो अनुभव भयो ।
साथी सिम्रिकाको कुरा सोह्रै आना सही हो भन्दै सिम्रिकले पनि आफ्नो अनुभव सुनाए – वर्ग रहेसम्म शान्ति हुँदैन, शोषितवर्गका जनता सङ्गठित भएर शोषकवर्गको विरुद्ध लड्नुको विकल्प छैन । देशको स्वाभिमान अनि पुर्खाको रगतले कोरिएको देशको सिमाना, भूमि कुनै देशको भूमिसित, साट्नु हुँदैन । देशको लागि विदेशीको लोभ, डरमा फस्नु हुँदैन, झुक्ने होइन, वीरतापूर्वक लड्ने हो । प्यालेस्टिनी जनता यसरी नै लड्दै छन् । अर्थतन्त्र, विज्ञान, सुरक्षामा अगाडि बढिरहेको चीन अमेरिकासँग लड्दै छ । उत्तर कोरियाले साम्राज्यवादका नाइके अमेरिकालाई शान्ति भए शान्ति, युद्ध भए युद्ध तर उत्तर कोरिया युद्ध चाहँदैन भनी हाँक दिँदै छ । ६ सय पटक मारिनबाट बच्न बाँच्न सफल योद्धा फिडेल क्यास्त्रोले समाजवाद या मृत्यु भनेर जीवनभर साम्राज्यवादीहरूसँगै लडेर समाजवादलाई जोगाइरहेको कुरा सुन्दा हामी युवा विद्यार्थी पनि देशको रक्षा र समाजवादको लागि लड्नै पर्ने रहेछ भन्ने लाग्यो । यो आज तःमुंज्याबाट पाएको ज्ञान, विचार, अनुभव अरु हाम्रा साथीहरूलाई पनि भेला गराएर बाँड्नुपर्छ है सिम्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *