विदेशी चलखेलदेखि सावधान
- आश्विन २३, २०८२
‘जेन जेड’ भनिएको नयाँ पुस्ताले भ्रष्टाचारशून्य र ‘नेपोटिज्म’
(नातावाद–कृपावाद) मुक्त देशको लागि भनेर आन्दोलन गरेको थियो । स्वाभाविक र सामान्य ठानिएको आन्दोलनमाथि सरकारी दमन भयो । त्यसक्रममा ७६ जनाको मृत्यु र साढे दुईहजार घाइते भए । अझै २५–३० जना उपचाररत छन् ।
नयाँ सरकार !
एकातिर दमन भयो अर्कोतिर ठुलो परिमाणमा देशको सम्पत्ति पनि विनाश भयो । उपलब्धि भनेको नयाँ सरकार बन्यो, मध्यावधि चुनाव हुने भयो ।
जहाँसम्म नयाँ सरकारको कुरा छ, ओली सरकारविरुद्ध नेकाका सांसदहरू चलमलाउन थालिसकेका थिए, गठबन्धनभित्र बेमेल र असन्तुष्टिका भुसको आगो बलिसकेको थियो । केही समयपछि संसद् र संविधानभित्रबाट सरकार परिवर्तन हुने राजनैतिक वृत्तले आकलन गरिसकेको थियो । तर, देश र जनताको अवस्थामा कुनै परिवर्तन नहुने पनि निश्चित थियो । केवल सीसीको ‘लेबल’ मात्र फेरिने थियो ।
अहिले ‘लेबल’ होइन संसद् र संविधान बाहिरबाट सीसी नै फेरिएको छ । वर्तमान वा भूतपूर्व प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने संवैधानिक बन्दोबस्तविपरीत पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई ‘आवश्यकताको सिद्धान्त’ ले प्रधानमन्त्री बनाइएको छ । त्यसको साछी शपथग्रहण कार्यक्रममा वर्तमान प्रधानन्यायाधीशको उपस्थिति रहेको छ । न्यायाधीशहरूले नबुझेको संविधान र पैmसला कसले बुभ्mने होला ?
हो, देशको प्रथम महिला प्रधानन्यायाधीश नै प्रथम महिला प्रधानमन्त्री भएर सुशीला कार्कीले असंवैधानिक रूपमा व्यक्तिगत इतिहास बनाएका छन् । कतिपटक प्रम भयो वा प्रथमले होइन देश र जनताको हितमा गरेको कार्यले मात्र इतिहास बनाउँछ । हिजो दलका प्रमहरूले जसरी आफ्नो र आफ्नाका लागि नियम–कानुनलाई धोती लगाएका थिए अहिले पनि आफ्नो लागि जे पनि गर्ने विकृतिले निरन्तरता पाएको छ भन्दा अत्युक्ति नहोला । के ‘जेन जेड’ को आन्दोलनको उद्देश्य विकृतिको निरन्तरता हो ? दलका नेताले मनपरी गर्न पाउँदैन, तर अरूले गर्न पाइन्छ भन्ने नयाँ अभ्यास हो ? अन्यथा संविधान यथावत रहेको अवस्थामा पूर्वप्रधानन्यायाधीशकोे सट्टा अन्य कुनै व्यक्तिलाई प्रममा ल्याउन सकिन्थ्यो– संवैधानिक गाईजात्रा गर्नु नै आन्दोलनको उपलब्धि देखिएको छ ।
बालेनको “नेपोटिज्म”
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह ‘छुपे रुस्तम’ रहेछन् । उनी ‘जेन जेड’ आन्दोलनबाट ‘किङ मेकर’ देखिएका छन्– एउटा स्थानीय पालिकाको प्रमुखमात्र होइन । उनका बारेमा धेरै विवादास्पद कुराहरू पत्रपत्रिकामा आएका छन् ।
‘जेन जेड’ का अभियन्ताहरूले ‘नेपोटिज्म’ अर्थात् नातावाद–कृपावादको चर्को विरोध गरेका छन् । ‘नेपोटिज्म’ पद र शक्तिमा पुगेकाले आप्mना नजिककालाई अवसर र सुविधा दिने नातावाद–कृपावादबारे देश आक्रान्त छ । हिजो सत्ता र पदमा पुगेकाहरूले नातावाद–कृपावादलाई निकै मलजल गरेकोमा नयाँपुस्ताको आक्रोश थियो । आन्दोलनको एउटा उद्देश्य नातावाद–कृपावादको अन्त्य पनि थियो । तर, ‘किङ मेकर’ को हैसियत बनाएका बालेनले नातावाद–कृपावादलाई निरन्तरता दिएका छन् ।
हिजो विभिन्न दलले काठमाडौँमा जुलुस प्रदर्शन गरेको बेला नगर फोहोर पारेको भन्दै बालेनको काठमाडौँ महानपाले रकम तोकेर ‘जरिवाना’ गरेको थियो । कुनै दलले रकम तिरेको पनि समाचार आएको थियो ।
अहिले ‘जेन जेड’को आन्दोलनमा त्यसबेलाभन्दा धेरै फोहोर, प्रदूषण, विध्वंश भएको छ । आन्दोलनकारीले गरोस् या घुसपैठ भएकाले त्यो नपाको चासोको विषय होइन – फोहोर, प्रदूषण भएको यथार्थ हो । तर, कामपाले त्यस्तो ‘जरिवाना’ गराएको छैन, उच्चारण पनि गरेको छैन । यसको सोझो अर्थ ‘जेन जेड’ आन्दोलनको सञ्चालक स्वयं बालेन भएको अर्थ उनको व्यवहार र आन्दोलनकारीको गतिविधिले सङ्केत गर्छ । हिजो भ्रष्टाचारीलाई ज्यान सजायको कुरा उठ्दा सत्ताधारीहरूले सुनेको थिएन किनभने आफ्नै खुट्टामा बन्चरो हान्न कोही अघि सर्दैन भन्ने अनुभव गरिएको थियो । त्यसैले, कामपालाई आफ्ना मान्छेले गरेको वायु त्याग पनि सुगन्ध भएको अर्थ लागेको छ ।
यहाँ पनि आफ्ना र पराइको अर्थात् ‘नेपोटिज्म’ ले निरन्तरता पाएको अनुभव सर्वत्र गरिएको छ ।
रवि लामिछानेलाई पक्षपात
नातावाद–कृपावादको चर्चा गर्दै गर्दा रास्वपाका रवि लामिछानेको सन्दर्भ पनि जोडिन आउँछ ।
लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको वा ठगीको आरोप छ । बिना कुनै प्रमाण उनलाई हिरासतमा राखेको भन्ने आधार छैन । त्यसैले उनीमाथि अन्याय भयो भनी ठोकुवा गर्न सकिन्न । तर, पक्षपात भएको भने यथार्थ देखिन्छ । आरोपको छानबिन गरी निक्र्यौलमा पुग्न हिरासतमा राखिनु स्वाभाविक कानुनी प्रक्रिया हो ।
लामिछानेको जस्तै सहकारी रकमको अपचलन र ठगी गरेको काण्डका थुप्रै आरोपीहरू सतहमा आइसकेका छन् । तीमध्ये धेरै आरोपीहरूलाई प्रक्रियाको नाटक गरी धरौटीमा छोडेका छन् । एकैप्रकारका आरोपीमध्ये कसैलाई हिरासतमा राख्ने कसैलाई धरौटीमा छोड्ने गर्दा नातावाद–कृपावादको दुर्गन्ध सर्वत्र फैलिएको छ । ‘जेन जेड’ को आन्दोलनबाट गठन भएको भनिएको सरकारको कुर्सी तातिसकेको छ परन्तु ‘नेपोटिज्म’ ले निरन्तरता पाइरहेको देखिन्छ । नातावाद–कृपावादले धरौटीमा छुटेका सबैको धरौटी फिर्ता दिएर आरोपीहरूलाई हिरासतमा राख्न यो सरकारले पहलसम्म गरेको छैन । यसको अर्थ ‘जेन जेड’ हरू ‘नेपोटिज्म’ को विरोध सडकमा गरिरहने उता सरकारले नातावाद–कृपावादलाई निरन्तरता दिइरहेको छैन कसरी भन्ने ?
“नेपोटिज्म” माथि प्रहार
सहकारी ठगीमात्र होइन, भ्रष्टाचारशून्य देशको लागि आवाज उठाउने नयाँ पुस्ताको भावनालाई सम्मान गर्न विभिन्न भ्रष्टाचार काण्डमा प्रमाण देखिएका अन्य सबै आरोपीलाई पनि धरौटी रकम फिर्ता गरी हिरासतमा राखेर छानबिन र अदालती कारबाही गर्नुपर्छ, गर्न सक्नुपर्छ । अन्यथा, ६ महिने सरकार पनि विगतका सरकारहरूझैँ जनता भ्रष्टाचारको विरोध गरिरहने सरकार कानमा तेल हालेर बस्नेकै निरन्तरता हुनेछ ।
हिजो सत्तामा जान तीन हातको ¥याल चुहाउने दलहरूले घोषणापत्रको चैचै देखाएर जनतालाई दिएको वचन बिर्सेजसरी भ्रष्टाचारशून्य र ‘नेपोटिज्म’ विरुद्धको आन्दोलनबाट गठन भएको भनिएको सरकार र आन्दोलनकारीहरूले बिर्से जनताको अर्को आक्रोशको सामना गर्नुपर्ने छैन भनी कसले ठोकुवा गर्नसक्छ ?
Leave a Reply