शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
काठमाडौँ, ३० असोज । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग बिहीबार अन्तरक्रिया कार्यक्रम आफ्नै सभाकक्षमा सम्पन्न ग¥यो । फागुन २१ गते हुने निर्वाचनको तयारीबारे जानकारी दिने र राजनीतिक दलहरूको सुझाव लिने उद्देश्यका साथ आयोजित सो कार्यक्रममा २९ दलको सहभागिता रह्यो । निर्वाचनको मिति घोषणापश्चात् दलहरूसँग निर्वाचन आयोगले राखेको यो पहिलो बैठक हो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले ३५ वर्षमा भएका सम्पूर्ण निर्वाचनको गम्भीरतापूर्वक समीक्षा गरी विगतका कमी कमजोरी दोहो¥याउन नहुने विचार राख्दै विगतमा स्वतन्त्र र निष्पक्ष धाँधलीरहित भनिएको निर्वाचन शब्दजाल मात्र भएको व्यवहारबाट पुष्टि भएको बताउनुभयो ।
नेमकिपाले निर्वाचन विचार र सिद्धान्तको आधारमा लड्ने सङ्घर्ष र घोषणापत्रको लडाइँ हो भन्ने मान्यता राख्दै उपयोग गर्दै आएको बताउँदै उहाँले निर्वाचनमा घोषणापत्रको छलफलसमेत नगर्दा र जितेर गएपछि घोषणापत्रको भावनाविपरीत काम गर्दा आजको सङ्कटपूर्ण परिस्थिति आएको विचार व्यक्त गर्नुभयो ।
उहाँले देशप्रति जिम्मेवार तथा बफादार नभएकालाई यो या त्योको नाउँमा अधिकार दिनु गलत हुने धारणा राख्दै केन्द्रीय सदस्य गोसाईले अधिकार पाउन कर्तव्य पनि पालन गरेको हुनुपर्छ भन्नुभयो ।
उहाँले प्रतिनिधिसभाको सम्मुखमा अन्य निर्वाचन गर्नु उपयुक्त नहुने नेमकिपाको बुझाइ रहेको स्पष्ट पार्नुभयो ।
नेपालको इतिहासमै विदेशी हस्तक्षेप भइरहेको तर्फ सबै सचेत हुनुपर्ने धारणा राख्दै उहाँले विदेशीको भर लिएर निर्वाचन गरिए प्रत्युत्पादक हुनेछ भन्नुभयो ।
उहाँले निर्वाचनलाई एउटा प्रजातान्त्रिक अभ्यास बनाउने हो भने व्यापक जनतालाई शिक्षित बनाउने अवसरको रूपमा लिनुपर्छ भन्नुभयो । उहाँले नेमकिपाले निर्वाचन उपयोगको नीति लिएको स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो ।
सो बैठकमा विभिन्न दलका प्रतिनिधिहरूले शान्ति सुरक्षा सुनिश्चित गर्न आवश्यक भएको बताउनुभयो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले फागुन २१ को आकस्मिक निर्वाचन भएको प्रस्ट पार्दै प्रधानमन्त्री कार्कीलाई दलहरूसँग समन्वय गर्न आग्रह गरेको बताउनुभयो ।
Leave a Reply